Nepalism.com

Jun 22

नेपाल आईडल सिजन ५ को विजेता बने- करण परियार

Updated: Jun 23

Exclusive: नेपाल आईडल सिजन-५ को विजेता बर्दियाका बीस वर्षिय प्रतिभाशाली गायक करण परियार बनेकाछन्। शुरूवाती (अडिसन) देखिनै सुमधुर गायकीको लागि चर्चा कमाएका प्रतिभाशाली करणले संगितप्रेमी नेपालीहरूबाट पाएको अपार माया र स्वतःस्फूर्त भोट निर्णायक बन्यो। उनी काठमांडूमा संगीत सिक्न आएका थिए तर कमजोर आर्थिक अवस्थाका कारण जीविकोपार्जन गर्न कार्पेट डेलिभरी बोई बनिरहेकै बेला चप्पल र भारी बोक्दा लगाउने पंजा लगाएरै अडिसन दिन आएका थिए। तर उनको बिलक्षण गायन कला र गड गिफ्टेड गलाको कारण नेपाल आईडलको निर्णायकहरू र विश्वभरका श्रोताहरूबाट वाहवाही पाएका थिए। नेपाल आईडलको भोटिंगमा पैसाको खोलो बग्ने गरेकोले आर्थिक अवस्था कमजोर रहेका करणले भोटिंग अवधिमा पैसा खर्च गर्न नसक्दा हार्न सक्ने आँकलन पनि गरिएको थियो तर अन्ततः नेपाली कला र उत्कृष्ट गलाको विजय भयो।

करणलाई प्रशंसकको नौलो उपहार

करणको गायकीको विश्वभरनै प्रशंसकहरू रहेकाछन् र करणको प्रतिभा प्रष्फुटनको लागि हरतरहले होस्टेमाहैसे गर्ने योजनाहरू बनाएकाछन् । त्यस्तै प्रशंसक मध्ये हुन् - न्यू योर्क महानगरमा सिभिल ईन्जिनियरिंग डिपार्टमेंटमा काम गरिरहेका शशी सिंह सुनार। उनले करणलाई करणकै श्वरमा गीत रेकर्ड र म्युजिक भिडियो निर्माण गरी करणकै युट्यूब च्यानलमा अपलोड गरिदिने प्रायोजन गर्ने योजना बताए। यसरी एउटा आफूले मन पराएको कलाकारलाई गीत र म्युजिक भिडियो उपहारस्वरूप प्रदान गर्ने यो नै सम्भवतः पहिलो घोषणा होला।

यस अघि नेपाल आईडलको विजेताहरू बुद्ध लामा (२०१७), रवि ओड (२०१८), सज्जा चौलागाईं (२०१९/२०) र भुपेंद्र थापा मगर (२०२१/२२) बनेका थिए।

    0