top of page
Writer's pictureNepalism.com

न्यू योर्कमा युएसनेपालअनलाइनको १२ औं वार्षिकोत्सव र नेपालीजम डट कम डिजिटल मिडियाको शुभारम्भ

Updated: Dec 16, 2019

Exclusive: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको १२ औं र अन्तिम वार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न भएको छ । सोही अवसरमा नेपालीजम (Nepalism.com) डिजिटल मिडियाको शुभारम्भ भएको छ । समारोहमा १७ नेपाली व्यक्तित्वहरुलाई सम्मानित गरिएकोछ ।


युएसनेपालअनलाइनले बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई 'अतिथी सम्मान' (Guest of Honor 2019) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' (Youth Recognition Award 2019) द्वारा सम्मान गरिएको छ । 'अतिथी सम्मान' द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा शेर्पा किदूग न्यू योर्कका प्रेसिडेण्ट सामाजिक अभियन्ता उर्गेन शेर्पा (न्यू योर्क), घ्याल्सुम्दो सेवा संस्थाकि अध्यक्ष सामाजिक अभियन्ता निमा लामा (न्यू योर्क), पंडित उद्दब शास्त्री (न्यू योर्क), सामाजिक अभियन्ता केशवराम राई (न्यू योर्क), सुपरिचित फोटोग्रफर बिमल नेपाल (बोस्टन) कोरियोग्रफर बिजयमान नकर्मी (न्यू योर्क), नायक बिक्रान्त बस्नेत (न्यू योर्क), चर्चित गायक शिव परियार (नेपाल), वरिश्ठ मिथिला चित्रकार अजित शाह (नेपाल), कलाकार कबिना महर्जन (न्यू जर्सी), सामाजिक अभियन्ता शर्मिला थापा मगर (न्यू योर्क) र मिसेस नेपाल टुरिज्म २०१९ बिजेता छिरिङ डोल्मा शेर्पा (नेपाल) लाई सम्मानित गरिएको छ । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार' बाट नेपाली हिपहप नृत्यकि अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन (नेपाल), मेधावी विध्यार्थीहरु राज बज्राचार्य (न्यू योर्क) र जेम्स कर्माचार्य (न्यू योर्क), प्रतिभाशाली वाल कलाकारहरु जारा रीत प्रशाई (न्यू योर्क) र सिम्रन अधिकारी (न्यू योर्क) लाई सम्मान गरिएकोछ । उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित संयुक्त राश्ट्रा संघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत राईले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले परम्परागत खादाद्वारा सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए ।

समारोहको सभापतित्व अनेसास बोर्ड अफ ट्रस्टी प्रेसिडेण्ट एवं युएसनेपालअनलाइन आजीवन सदस्य गिता खत्रीले गरेकी थिईन् भने स्वागत मन्तब्य जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले गरेकी थिईन् । समारोहको सन्चालन संचारकर्मी शैलेश श्रेश्ठ र सृजना परियारले गरेका थिए ।



वार्षिकोत्सव समारोहमा 'अतिथी सम्मान २०१९' बाट समानित कलाकार एवं चर्चित गायक शिव परियारले आफ्ना सुमधुर गीतहरु गुनगुनाएर उपस्थित पाहुनाहरुलाई खुव मनोरन्जन दिलाए भने गायक तुलसीराम न्यौपानेले 'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे' राश्ट्रगान गाएर सबैलाई भावुक बनाएका थिए । नृत्य तर्फ 'अतिथी सम्मान २०१९' बाट समानित कलाकार कबिना महर्जनले 'युवा प्रतिभा पहिचान पुरस्कार २०१९' बाट समानित कलाकार नेपाली हिपहप नृत्यकि अभियन्ता कोरियोग्रफर जेनिशा डङ्गोल महर्जन र वाल कलाकार सम्रातमान सिंह डङ्गोलसंग मिलेर नेपाली फ्यूजन नृत्य प्रास्तुत गरेकी थिईन् । त्यसैगरी, 'युवा प्रतिभा पहिचान पुरस्कार २०१९' बाट समानित कलाकारहरु जारा रीत प्रशाई र सिम्रन अधिकारी मनमोहक नृत्य प्रस्तुत गरेका थिए।


समारोहमा पाहुनाहरुलाई युएसनेपालअनलाइनको आजीवन सदस्यहरुद्वारा प्रायोजित होम मेड पटलक खानाको परिकारहरु खुवाईएको थियो ।


डिसेम्बर ७ तारिख, शनिवार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा युएसनेपालअनलाइन डट कमको १२ औं र अन्तिम वार्षिकोत्सव सम्पन्न र नेपालीजम (Nepalism.com) डिजिटल मिडियाको शुभारम्भ भएको हो । युएसनेपालअनलाइन डट कमको बिगत १२ वर्शको रिपोर्टिङको सम्पूर्ण मेटाडाटाहरु नेपालीजम डट कम डिजिटल प्लाटफर्ममा मर्ज हुँदैछ ।


​नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं ।


The Legacy of Heroes continues...

सम्मानको गौरवपूर्ण परम्परा जारी रहनेछ निरन्तर...

Our Top 108 Honorees 2009-2019


Proudly Nominated & Honored by our New York/New Jersey-based award-winning community news portal, USNepalOnline.com and its experienced/reputed Editors. These distinguished honorees inspire and motivate our ever-expanding Nepali diaspora community to achieve and excel in their respective fields. And, we, at Nepalism.com, will carry forward this legacy for generations to come. we salute you all. We are publishing feature stories of these exceptional trailblazers. Please sign up below for our email list or e-newsletter to stay informed and up-to-date about what's happening in our global diaspora.

Find out & read Our Top 108 Distinguished Honorees at: www.nepalism.com/honorees

Please sign up below for our email list or e-newsletter to stay informed and up-to-date about what's happening in our global diaspora.

0 comments

コメント


bottom of page