top of page
Writer's pictureNepalism.com

अमेरिकी सहर जर्सी सिटीमा एड्वानको रजत जयन्ती च्यारिटी समारोह डिसेम्वर २ तारिख मनाईदै



Special: एड्वानको रूपमा परिचित नेपाल दलित महिला उत्थान संघ (एड्वान) को पचीस वर्षको अवसरमा आयोजित रजत जयन्ती १९९८-२०२३ समारोह अमेरिकी सहर जर्सी सिटीमा यहीं डिसेम्वर २ तारिख मनाईने भएको छ। विगत पच्चीस वर्षमा एड्वानको जातीय छूवाछूत विभेद अन्त्यको निम्ति सामाजिक रूपान्तरणको अभियानबाट डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित भएकाछन्। एड्वानकी संस्थापक अध्यक्ष सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार हुन्।


उक्त रजत जयन्ती समारोह एड्वानको भगिनी संस्था फ्रेण्ड्स अफ एड्वान नेपालले आयोजना गर्न लागेको हो। समारोहमा एड्वान नेपालका प्रतिनिधिहरू, एड्वानका डेभलपमेण्ट पार्टर संस्थाका प्रतिनिधिहरू र न्यू जर्सी राज्यका निर्वाचित प्रतिनिधिहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको छ भने रूकुमको गेमी तकसेरा समाज अमेरिकाको समायोजनमा नेपालको परम्परागत लोकसंगित पन्चे बाजा र न्यू योर्कस्थित बसन्त डान्स सेन्टरको नेपाली संस्कृति झल्किने विशेष स्वागत नृत्य लगायतको साँस्कृतिक प्रस्तुति रहनेछ।



एड्वान र एड्वान संस्थापकको विश्व चर्चा


एड्वानकी संस्थापक अध्यक्ष नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जातीय छुवाछूत विरूद्ध र महिला सशक्तिकरण तथा बालबालिका शिक्षाको साढे दुई दशक लामो जीवन संघर्षको कथा अमेरिकी राज्य मासाचुसेट्सका हाल ४० डिस्ट्रिक्टका १५० विद्यालयका ३० हजार विद्यार्थीहरू अध्ययन गरिरहेकाछन् । यो पाठ्यक्रम सन् २०२२ मा मासाचुसेट्स राज्यको शिक्षा विभागले प्राईमरी सोर्सको सहकार्यमा तयार पारी राज्यस्तरमा लागू गरेको हो।


मासाचुसेट्स राज्यको शिक्षा विभागका रेबुबेन हेनरिकले सो पाठ्यक्रमबारे जानकारी गराउँदै राज्यभर १५० डिस्ट्रिक्ट रहेको र अहिले ४० डिस्ट्रिक्टका १५० विद्यालयका झण्डै ३० हजार विद्यार्थीहरूलाई पढाईन शुरू गरि सकिएको जानकारी गराए। साथै, यो पाठ्यक्रम अमेरिकाको अन्य राज्यहरूका विद्यालयहरूले पनि पढाउन शुरू गरिएको बताए।



Nurturing Young Minds Equality

नयाँ पुस्तालाई समानताको शिक्षा


विभेद रहित समाजको कल्पना गर्नु हाम्रो नियती हो भने भावी पुस्ताको न्युनतम हक हो। संयुक्त राष्ट्र संघले आफ्नो दीगो विकासको लक्ष-१० मा Reduced Inequality (असमानताको न्यूनिकरण) भन्दै सन् २०३० सम्ममा आर्थिक असमानताको साथसाथै जात, जाति, धर्म, लैंगिक, उमेर र असक्तताको आधारमा हुने असमानता घटाउने प्रतिवद्दता गरेकोछ। नेपालकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जन्मिदै तथाकथित दलित र अछुत बनाएको कारण उनले खेप्नु परेको हण्डर र संघर्षको कथा अहिले विश्वभरका कलेज, विश्वविद्यालयहरूमा लाखौं युवा विद्यार्थीहरूले पढिरहेकाछन्- डा. लिसा होफ्नरको The Writer’s Mindset मार्फत।


त्यसैगरी, अछुत र दलित बनेर उनले भोग्नु परेको पीडा र त्यसबाट उन्मुक्तिको बाटो पहिल्याउन उनी र उनको संस्था एडवानले विगत २७ वर्षदेखि गर्दै आएको सत्प्रयासको दृष्टान्तलाई यतिखेर अमेरिकाको मासाचुसेट्स राज्यको शिक्षा विभागले राज्यस्तरको कक्षा-७ को पाठ्यक्रममा “Lession-12: Untouchability and SDG 10” (पाठ-१२ः अछुतपना र दीगो विकास १०) शिर्षक अन्तर्गत आठ पेजको लामो पाठ्य सामाग्री अनुमोदन गरी राज्यस्तरमा पढाई शुरू गरेको छ। यो पाठ्यक्रम शैक्षिक पाठ्य सामग्री निर्माण गर्ने मुनाफारहित संस्था प्राईमरी सोर्सले तयार गरेको हो।


उता नेपाल सरकारको शिक्षा मन्त्रालय या शिक्षा विभागले जातको आधारमा अछुत/छुवाछूत विभेद न्यूनीकरण गर्ने सम्बन्धी पाठ्यक्रम कतै निर्माण गरेको छ या छैन। नेपालको संविधान र कानूनले छुवाछूत र जातीय विभेद बर्जित गरेकोछ तर तथाकथित दलित भएकै कारण हेपिनु पर्ने र मारिनेक्रम रोकिएको छैन। तर यता अमेरिकाको मासाचुसेट्स राज्यको यो शैक्षिक चेतना नयाँ पुस्तामा अंकुरण गर्ने पहल सराहनीय छ।


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। सोही जर्सी सिटी नगरले दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा सन् २०२१ को सेप्टेम्वर २० तारिख नेपालको झण्डा फराएकोथियो।


त्यसैगरी, अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।


जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. विष्णुमाया परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन टिपिएस (TPS) सुविधा दिलाउने सम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।


अमेरिकाको न्यू जर्सी राज्यको गभर्नर फिल मर्फीद्वारा गठित पहिलो एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डर आयोग (AAPI Commission) मा नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारसहित २८ जना व्यक्तित्वहरू मनोनित गरिएकोछ। यसरी कमिसनर नियुक्त हुने डा. परियार एक मात्र नेपाली हुन्। गभर्नर मर्फीले सन् २०२१ को नोवेम्बरमा एएपिआई कमिसनको स्थापना गरेका थिए भने मे महिना एएपिआई सम्पदा महिनाकोरूपमा मनाईने अवसर पारेर उक्त नियुक्ति गरेका हुन्। गभर्नर मर्फीले एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरहरूको जनसंख्या न्यू जर्सी राज्यमा अमेरिकाभरमा तेश्रो ठूलो संख्या रहेको उल्लेख गर्दै राज्यको विविधतामा एएपिआई समुदायको मुख्य भूमिका रहेको बताएकाछन्। उक्त एएपिआई आयोगले राज्यमा एएपिआई समुदायको सामाजिक र आर्थिक हक हीतको निम्ति नीति निर्माण गर्ने र गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिईएकोछ।


यसैविच, गभर्नर मर्फीले न्यू जर्सी राज्यको K-12 विद्यालयहरूमा सन् २०२२-२३ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा एशियन अमेरिकी र प्यासिफिक आईल्याण्डरबारे पठनपाठन गरिने कानून पारित गरेका थिए। एएपिआई समुदायबारे पाठ्यक्रममा पढाई अनिवार्य गर्ने राज्यहरूमा ईलिनोई राज्यपछि न्यू जर्सी राज्य दोश्रो अमेरिकी राज्य बनेकोछ।


जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको विविधता र समावेशी वोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम कमिटीको सदस्य रहेकीछिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन सन् २०२२ को जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो।


डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककि वरिष्ठ प्रोग्राम डाईरेक्टरको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा साढे छ लाख जनसंख्यालाई यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।


नयाँ पुस्तालाई समानताको शिक्षा


डा. विष्णुमाया परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशकम्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।


उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।


विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्।


राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयरग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. विष्णुमाया परियार डे" घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।


एड्वानले स्थापना काल सन् १९९८ देखि हालसम्म २५ हजार बढी बालबालिकाहरू र डेढ लाखभन्दा बढी दलित र सिमान्तकृत तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षण लगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ। एड्वानकी संस्थापक अध्यक्ष डा. परियार हुन्।


Dr. Bishnu Maya Pariyar is founding President of ADWAN (Association for Dalit Women's Advancement of Nepal), a rights-based Nepali organization which has supported more than 25,000 children and more than 150,000 Dalit and marginalized women and their family members in Nepal since 1998.

0 comments

Comments


bottom of page