Exclusive: अन्तत: राष्ट्रपति जो बाईडेनद्वारा गत जनवरी १४ तारिख प्रस्तुत $१.९ ट्रिलियन डलर (नेपाली रूपियाँ २२ नील, १७ खर्ब, ४८ अर्ब, ४३ करोड) राहत प्याकेज अमेरिकन रेस्क्यू प्लान डेमोक्रेयाटहरूको सामान्य बहुमत रहेको अमेरिकी दुबै सदन सिनेट र हाउसले केही संशोधन सहित पास भएको छ। शुक्रवार राष्ट्रपति बाईडेनले हस्ताक्षर गरेपछि कोरोना महामारीबाट असर परेका अमेरिकी जनता र व्यावसायहरूले राहत पाउने भएका छन्। उक्त बजेटमा के के व्यवस्था छ ?
राहत को कसले पाउने छन्?
उक्त राहत बजेटबाट $१,४०० डलरको राहत चेक $७५ हजार डलरसम्म कमाउने एक्लो व्यक्ति या $१५० हजार डलरसम्म कमाउने दम्पत्तिले प्राप्त गर्नेछन्।
त्यसैगरी, बेरोजगार भत्तामा रहेकाहरूले हरेक हप्ता $३०० को दरले आगामी सेप्टेवर ६ तारिखसम्म प्राप्त गर्नेछन्।
त्यसैगरी, बालबालिका ट्याक्स क्रेडिट स्वरूप ५ वर्षसम्मकोले $३,६०० प्रति सन्तान र ६-१७ वर्षकोले $३,००० प्रति सन्तान पाउनेछन्।
राहत प्याकेजमा $१९ विलियम आपत्कालिक घरभाडा राहतको लागि वितरण गरिनेछ भने रेष्टुरेण्टहरूको राहतको लागि $२५ विलियन, कोरोनाभाईरस परीक्षण र सम्पर्कको लागि $४६ विलियन, कोरोनाभाईरस भ्याक्सिनको अनुसंधानको लागि $५.२ विलियन, विद्यालय K-12 सम्मको सन्चालनको लागि $१२८.६ विलियन, ईमर्जेन्सी ईन्जुरी डिसास्टर रिण (EIDL) को लागि $१५ विलियन र PPP पे चेक प्रोटेक्शन कार्यक्रमको लागि $७.२५ विलियन छुट्याईएकोछ। फुडस्ट्याम्प प्राप्त गरेका परिवारहरूले साविकको व्यवस्थामा आगामी सेप्टेम्बरसम्म १५ प्रतिशतले बढी प्राप्त गर्नेछन्।
यसअघि, गत डिसेम्वर २२ मा अमेरिकी संघीय सरकारको दुबै सदन सिनेट र हाउस अफ रिप्रिसेन्टेटिभबाट $२.३ ट्रिलियन डलर अर्थात् नेपाली रूपैंयाँ २७ नील, १८ खर्ब, ५९ अर्ब, ७७ करोड बराबरको बजेट पारित गरि वितरण भईसकेकोछ।
त्यसैगरी, कोरोना महामारीको शुरूमै गत वर्षको मार्चमा अमेरिकी दुबै संसदबाट $२ ट्रिलियन डलरको कोरोनाभाईरस राहत स्टिमुलस प्याकेज बिल अनुमोदन गरी राहत वितरण गरिएको थियो।
Comments