top of page

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको गोली हानी हत्या गर्ने प्रयास

Writer's picture: Nepalism.comNepalism.com

Updated: Exclusive: पेन्सिलभानिया- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको गोली हानी हत्या गर्ने प्रयास भएको छ। अमेरिकी राज्य पेन्सिलभानियाको बटलरमा शनिवार बेलुकी आयोजित चुनावी जनसभामा एक अज्ञात व्यक्तिले गोली हान्दा ट्रम्पको दाहिने कानको लोतीको छेउमा लागेको थियो भने उनको कान र अनुहार रगताम्य भएको फोटो र भिडियो अमेरिकी संचार माध्यमहरूले प्रशारण गरेकाछन्। यो घटनामा संलग्न वीस वर्षीय व्यक्तिलाई ट्रम्पको सुरक्षामा खटिएको अमेरिकी सुरक्षा अधिकारीको जवाफी हमलाबाट मृत्यू भएको वताईएको छ। घटनामा एक आमसभामा सहभागीको मृत्यू भएको छ भने दुई व्यक्तिहरू सख्त घाईते भएकाछन्। उपचारपछि ट्रम्पको स्वास्थ्य सामान्य रहेको जनाईएकोछ। हार्वार्ड विश्वविद्यालय र नर्थईस्टर्न विश्वविद्यालयको सन् २०१७ को एक रिपोर्ट अनुसारमा अमेरिकी जनताको हातमा २६५ मिलियन अर्थात, छब्विस करोड हातहतियार बन्दुक (गन) रहेको छ भने अमेरिकी संघीय सरकारको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) को सन् २०२१ को रिपोर्ट अनुसार ४८ हजार ८३० अमेरिकी बन्दुकको हमलाको कारण मृत्यू भएकोछ।


ट्रम्पले घटनालगत्तै घटनास्थलबाट सुरक्षाकर्मीहरूको घेराबन्दीसंगै मुठ्टी उठाएर अभिवादन गर्दै निस्किएका थिए।


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प यहीं जुलाई १५-१८ तारिख विच हुने रिपब्लिकन पार्टीको नेसनल कन्भेन्सनबाट औपचारिकरूपमा राष्ट्रपति उम्मेदवार मनोनित हुनै लागेका थिए।


What studies reveal about gun ownership in the US



नेपालिजम डट कम

Comentarios


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page