-Pradeep Pariyar Thapa
Lord Jesus, as our shepherd, may you be guiding principle for many. प्रभू जिसस हाम्रो पथप्रदर्शककारूपमा यहाँले हामी धेरैलाई सही बाटोमा हिंडाउनुहोस्। World’s most read book, Holly Bible and it’s scriptures are full of wisdoms and Jesus as central figure. Lord Jesus is one of the most iconic, spiritual historical legends in our human literature. And, Lord Jesus died for our sins. जिसस (प्रभू यशु) हाम्रो पापहरूको लागि मरिदिनुभो।
Here are some notable verses from Holly Bible:
“Christ died for our sins according to the scriptures” (1 Corinthians. 15:3)
"Thou shalt love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy mind. This is the first and greatest commandment. And the second is like unto it. Thou shalt love thy neighbour as thyself. On these two commandments hang all the law and the prophets." (Mt 22:37-40)
“Like a shepherd He will tend His flock,
In His arm He will gather the lambs
And carry them in His bosom;
He will gently lead the nursing ewes.” (Isaiah 40:11)
“And when the Chief Shepherd appears, you will receive the unfading crown of glory.” (1 Peter 5:4)
“I am the good shepherd; the good shepherd lays down His life for the sheep.” (John 10:11)
Merry Christmas to you all.
दशैं, मने र म
यो प्यारो मने मेरो हृदयमा संधै रहिरहनेछ।यो फुच्चे मनेसंग मेरो भेट सन् २०१५ को महाभूकम्पपछि अक्टोबरमा मातृभूमि नेपाल जाँदा मेरो ससुराली गाउँ गोर्खाको ताक्लुंग र मनकामनाको बिचमा बाटोको छेउको एउटा घरमा उसको आमासंग खेलीरहेको अवस्थामा भएको थियो। मैले काखमा लिदैगर्दा हाम्रो चोखो पिरिम बस्यो। त्यसपछि म उसको फोटो सम्झनामा कैद गर्दै अमेरिका फर्किएँ।त्यसयता मैले उसलाई कहिल्यै बिर्सन सकिन। मलाई थाहा छ, उसले अर्को सालको दशैं पनि शायद देख्न पाएन होला। कसैको आयआर्जन र कसैको स्वादिष्ट भोजन बन्यो होला। तैपनि उसको जीवनबाट दुई फाईदा पुर्याएर गयो। म पनि त मने जस्तै हूँ। उ र ममा शिर्फ एउटै फरक छ- उसले कसैको आदेशमा जीवन अर्पण गर्यो- आयआर्जन र स्वादिष्ट भोजन बनेर। म चैं आफू खुशी ‘ओर्गान डोनर’ (अंगदाता) बनेकोछु। मेरो अमेरिकी ड्राईभिंग लाईसेन्समा मैले ‘ओर्गान डोनर’ (अंगदाता) भनेर किटानी उल्लेख गराएकोछु।यसको मतलव म कथमकदाचित एक्सिडेन्ट या कालगतिले नै मरें भनेपनि मेरो आईडी लाईसेन्स हेरेपछि मेरा अंगहरू मुटु, कलेजो, फोक्सो, किड्नी, आँखा, प्यानक्रियाज, सानो आन्द्रा, छाला, हड्डी, हात, अनुहार, रगत, बोन म्यारो लगायत कुनै पनि ति अंगहरू आवश्यक रहेका जीवित ८ भन्दा बढी व्यक्तिहरूमा प्रत्यारोपण गर्न सकिनेछ र गरिनेछ। मान्छे मरेको १२-३६ घण्टाभित्र अंग प्रत्यारोपण गर्न सकिन्छ। भगवानसंग मेरो एउटै प्रार्थना छ, मेरा अंगहरू कुनै पनि प्रकारका विभेद गर्ने मानवरूपी चोलामा दानवी आत्मा भएकाहरूको शरीरमा प्रत्यारोपण हुन नपरोस्।दशैंमा ठूलाबडाको आशिर्वाद लिने परम्परा राम्रो हो तर खशी काटेर भोज गर्ने बली प्रथा नराम्रो।मनेहरूको दुर्दशा। यतिखेर, मेरो मने सम्झेर म भावबिह्वल भएकोछु। दशैं कसैलाई दसा बनेर नआवोस्। यहीं मने र मेरो कामना छ।🙏💞😭🕺🐐🙏
मेरो यो पोष्ट देखेपछि पंडित उद्धव शास्त्रीज्यूले लेख्नु भा’को मन छुने कविता:
“पाठो सानो मने मने गरी यहाँ पालेर छोरो सरी।
फेरी त्यही दशैं र चाडहरूमा रेटिन्छ नि हे हरि ।।”
विडम्बना- Uddab Shastri
Comments