न्यू योर्कमा COVID-19 Champions Award द्वारा सामाजिक अभियन्ताहरू सम्मानित
- Nepalism.com
- Oct 24, 2020
- 1 min read
Updated: Oct 25, 2020

Exclusive: युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वर्ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई सम्मानित गरिएकोछ। शनिवार अक्टुवर २४ तारिख न्यू योर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित COVID-19 Champions Award 2020 मा सम्मानित हुनेहरूमा शेर्पा किदूगका संस्थापक प्रेसिडेंट सोनाम जि शेर्पा, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, नेपाली जनसंपर्क समिति अमेरिका सभापति आनन्द विष्ट, युवा नेता नवराज केसी, युवा नेता सोमनाथ घिमिरे, नेपाली जनसंपर्क समिति अमेरिका महासचिव मुनिन्द्र नेम्वांग, एनआरएन अमेरिका न्यू योर्क च्याप्टर प्रेसिडेंट रामहरि अधिकारी, पासांग लामा र जगदिश सवानी छन्।
त्यसैगरी सम्मानित सामाजिक संघसंस्थाहरूमा तेन्जिंग नोर्गे शेर्पा फ़ाउण्डेशन, ड्रुक्पा युएसए, एटोम्स ईंक, सिंगापुर गोर्खा पोलिस एक्स-सर्भिसमेन एशोसियसन, नेपालिज अमेरिका नर्स एशोसियसन, सेवा ईन्टरनेसनल, हिन्दू स्वयमसेवक संघ युएसए, गायत्री चेतना सेन्टर, विश्व हिन्दू परिषद अफ अमेरिका, ग्रो एनवाईसी र रबिनहुड फ़ाउन्डेशन रहेकाछन्।
उक्त पुरस्कार समारोहमा शेर्पा किदूगका प्रेसिडेंट उर्गेन शेर्पा, ह्युमानिटेरियन अफ दि वर्ल्डका संस्थापक डा. अदल हुसैन र शेर्पा किदूगका बोर्ड अफ ट्रस्टी प्रेसिडेंट पेम्बा शेर्पाले सम्मानित सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई कदरपत्र प्रदान गरेका थिए। समारोहको संचालन शेर्पा किदूगका महासचिव कर्मा लामाले गरेका थिए।
यसैबिच, उक्त पुरस्कार समारोहमा युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग) लाई न्यू योर्क स्टेट्एसेम्ब्लीबाट प्रोक्लेमेसन र न्यू योर्क सहरको क्वीन्स् बोरो प्रेसिडेंट सारोन ली र काउन्सिल मेम्बरडानियल ड्रोम बाट साईटेसन जारी गरी सम्मान गरिएको थियो।
Comments