top of page

ममता माथिको निर्ममता! अझै लाश भेटिएन, यस्तो फेरी कसैमाथि नदोहोरियोस्

-Pradeep Pariyar Thapa

Updated: Exclusive: अमेरिकामा घरेलु हिंसाबाट पीडित, २८ वर्षीय रजिस्टर्ड नर्स ममता काफ्ले अमेरिकाको भर्जिनिया राज्यस्थित मनसास सहरबाट जुलाई ३० तारिखदेखि हराईरहेकी अझै पनि भेटिएकीछैनन्। तर उनी हराएको तीन हप्तापछि भर्जिनियाको मनसास पुलिस डिपार्टमेंटले “हराई रहेको व्यक्तिको लाशलाई लुकाएको” (…on the felony charge of Prohibition Against Concealment of Dead Body) भन्दै ममताको श्रीमान नरेश भट्टलाई अगष्ट २२ तारिख बिहिवार पक्राउ गरी स्थानीय प्रिन्स विलियम काउन्टी अदालतमा हाजिर गराएको छ। विस्तृत विवरण नेपालिजम डट कममा पढ्नुहोस्ः POV: अमेरिकमा घरेलु हिंसामा पर्ने विशेषगरी नेपाली महिलाहरूको कथाव्यथा दिन दुगुना रात चौगुना गरी बढ्दो छ। नेपाली अमेरिकी समाजका एनआरएन अगुवा नेता, प्रोफेसर, पत्रकार, व्यावसायी, प्रोफेशनल कर्मचारी लगायत सबै पेशा, वर्ग र समुदायका कयौं नेपाली पुरूषहरूले आआफ्नो श्रीमतिहरू र गर्लफ़्रेंडहरूलाई चरम घरेलु र यौन हिंसा गरिरहेको खवर समाचारमा कम र समाजभित्र भूसको आगोझैं सल्किएकोछ। (नोटः घरेलु र यौन हिंसाका समाजमा गुपचुप राखिएका अनेकौं घटनाहरूको प्रमाणहरू गोपनियताको कारण नेपालिजमसंग सुरक्षित छ।🙏) यो पंक्तिकार परामर्शदाताको रूपमा काम गर्ने यौन र घरेलु हिंसा निवारण सम्वन्धी संस्थामा पनि यस्तो मुद्दामा फोन सम्पर्कमा आउने नेपाली दिदीबहिनीहरूको लर्को छ। अप्ठ्यारो कहाँनिर छ भने घरेलु र यौन हिंसामा परेका पीडितहरूलाई गोपनीयताको आधारमा रक्षा गर्न पर्ने कानून एकातिर छ भने पीडितको नाम र फोटो उल्लेख र प्रकाशन नगरी पिडकको नाम र फोटो मात्र प्रकाशन गरे पनि नेपाली समाज जस्तो सानो, एकलेअर्कालाई सजिलै चिन्न सकिने, अन्तरसम्वन्धित समाज (tight-knit community) भएकोले पीडकको खुलासा गरेमा थप हिंसा, दबाब, धम्की र रूढीबादी संकुचित समुदायको सामाजिक बहिष्करण पीडित महिलाले नै सास्ति बेहोर्नु पर्ने स्थिति छ। यस कारण पनि पीडितलाई जोगाउन खोज्दा पीडक पनि जोगिने अवस्था छ। तर समाजलाई भलखाडामा पुर्याउने हाम्रो नेपाली समाजका यि भक्षकहरूलाई सबैले कानूनी दायरामा ल्याउन एक सेकेण्ड पनि ढिलाई गर्नु हुन्न। सविस्तार तल पढ्नुहोस्।


पुलिसले अझै हराएको व्यक्ति मात्र किन भनेको छ?

मनसास पुलिस डिपार्टमेंटद्वारा जारी प्रेस विज्ञप्ति पढ्नुहोस्ः


FOR IMMEDIATE RELEASE


August 22, 2024, 3:30 PM


City of Manassas Park, VA


Amy Ashworth, the elected Commonwealth's Attorney for Prince William County and the Cities of Manassas and Manassas Park and Chief Mario Lugo of the Manassas Park Police Department announce the arrest earlier today of Naresh Bhatt on the felony charge of Prohibition Against Concealment of Dead Body in violation of Section 18.2-323.02 of the Code of Virginia, 1950, as amended. Mr. Bhatt is presumed to be innocent until proven guilty of the charge.


The Manassas Park Police Department Detectives have been actively investigating the disappearance of 28-year-old Mamta Kafle, who was last seen on July 27, 2024.


On August 21, 2024, Detectives executed a Search Warrant for the residence and requested Prince William County Police Department Forensic Unit to assist with the search. During the search, Detectives obtained additional evidence. After consultation with the Commonwealth's Attorney's Office, Detectives arrested Naresh Datt Bhatt in connection with her disappearance.


Mamta's daughter was placed in the care of the Department of Social Services, The child is safe and being cared for by an appropriate care giver approved by the Department of Social Services and Manassas Park Police Department.


The Manassas Park Police Department is still investigating the disappearance of Mamta Kafle Bhatt and hoping to locate her. There are additional investigative leads being actively pursued and may result in additional charges being brought.


Mr. Bhatt was held without bond pending his arraignment tomorrow morning in the Juvenile and Domestic Relations District Court.”


पुलिसको अनुसन्धान टिपोटमा के छ?


उक्त पुलिस डिपार्टमेंटको एउटा टिपोटमा लेखिएको विवरण अनुसार घरमा लाशलाई घिसारेको, मुख्य सुत्ने कोठा (master bedroom) मा रगत पच्छे (blood pooling) देखिएको, स्थानीय वालमार्टबाट सरसफाई गर्ने सामाग्री र ३ वटा छुरा किनेको तर दुई २ वटा छुरा नभेटिएको भनिएकोछ।

उक्त पुलिस डिपार्टमेंटको टिपोटको पूर्ण पाठ पढ्नुहोस्ः


July 30- Loudown county

2 trips to Walmart

3 knives - 2 unrecovered

Cleaning supplies

"blood pooling" in bedroom

pink staining on carpet blood under walking tub

House sale

Tesla sale

Blood in master bedroom - evidence of dragging body

Tub

Appeared to be packing

Last phon actvity 11:30 in Loudoun county 8/2 declined to report tor missing

She is with Family in TX or Ny

- no family in us

Preliminary hearng 10/24

"not that fluent"

Bail not bond - can file for bond at a later date

Granted court appointed attorney”


यसै विच, हत्या आरोपी नरेश भाट भट्टको अर्को सुनुवाई अक्टोवर २४ तारिख तोकिएकोछ।


हत्याका अभियुक्त, ममताको श्रीमान नरेश भट्टसंग संचारकर्मी सच्ची मैनालीले लिएको अन्तर्वार्तामा नरेशले के कुरा लुकाएका थिए?



ममताकी एक वर्षीय छोरीको लालानपालनको लागि आर्थिक संकलन शुरू गरिएको गोफण्डमि एकाउण्टमा १ लाख डलर संकलन


यसैविच, ममताकी एक वर्षीय छोरीको लालानपालनको लागि आर्थिक संकलन शुरू गरिएको गोफण्डमि एकाउण्टमा १ लाख डलर संकलन भएकोछः


0 comments

Comments


bottom of page