top of page

नक्कली नेपाली सुन्दरीसंग साबधान: साईबरसेक्स, सेक्सटिंग र भिडियो च्याटमा नांगिदा फँस्नु होला है !

Updated: Oct 12, 2020



-Pradeep Pariyar Thapa

Exclusive: न्यू जर्सी, अमेरिका: अहिले लोकप्रिय सोसलमिडिया ‘फेसबुक’ मा नक्कली नेपाली सुन्दरीहरूको फ्रेण्ड रिक्वेस्ट धमाधम आउन थालेकोछ। नेपालिजम डट कमले सेप्टेम्बर ४ देखि यस्तो गतिविधि फेला पारेको हो।फेसबुकले फेक आईडीलाई तुरून्त हटाउने भने पनि साईबर सेक्सटोर्सनिस्टहरूले नयाँ नयाँ उपायबाट नक्कली सुन्दरीहरूको साईबर जालमा फँसाउन सफल र फेसबुकलगायत सामाजिक संजाल र वेबसाईटहरूलाई उल्लु बनाउन सफल भएकाछन्। केही समय अघि भिडियो च्याटबाट साईबरसेक्स गर्दा फँसाईएका केही अमेरिकी नेपालीहरूको बारे मैले सप्रमाण समाचार लेखेको थिएँ।अहिले सोही साईबर क्रिमिनल गिरोहहरूले अनलाईन ट्रान्सलेसनको दुरूपयोग गर्दै नक्कली नेपाली सुन्दरी बनेर नेपाली भाषामा स्टाटस लेख्ने र उक्त पोष्टमा अर्को लिंक दिएर पोर्नोग्राफ़िक वेबसाईट या प्राईवेट गोप्य च्याटमा लैजाने प्रयास गरेको देखिन्छ। यस्तो लिंकमा गई लग ईन गरेमा या साईबरच्याट गरेमा आफ्नो आईडेन्टिटी चोरी हुने या भिडियो च्याटमा सुन्दरीसंगै नांगिएमा ब्ल्याकमेलमा परिएको घटनाहरू नेपालिजम डट कमसंग सुरक्षित छ। नक्कली सुन्दरी कसरी आफू नेपाली भएको दावा गर्छिन् र नेपाली भाषामा के लेख्छिन्? कसरी फँसाउँछिन्? कसरी आईड्न्टिटी थेफ्ट र ब्ल्याकमेलबाट बँच्ने? सबिस्तार तलको समाचार लिंकमा पढ्नुहोस्:


नक्कली सुन्दरी नेपाली बन्ने काईदा


साईबर सेक्समा फँसाउन साईबर क्रिमिनल गिरोहहरूले अनलाईन ट्रान्सलेसनको दुरूपयोग गर्दै नक्कली नेपाली सुन्दरी बनेर नेपाली भाषामा स्टाटस लेख्ने र उक्त पोष्टमा अर्को लिंक दिएर पोर्नोग्राफ़िक वेबसाईट या प्राईवेट गोप्य च्याटमा लैजाने प्रयास गरेको देखिन्छ।


सेप्टेम्बर ४ मा पहिलो पटक नाम Mtarf को फेसबुक प्रोफाईलबाट फ्रेण्ड रिक्वेस्ट आएको हो । उक्त नाममा एउटी केटिको फोटो राखिएको छ र फेसबुक वालमा यस्तो पोस्ट लेखिएको छ:


"🥰💋प्रियाम नेपालका स्थानीय हुन् र धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्थे

म मेरो घरमा मिति खोज्दैछु🇺🇸🇺🇸

तर यदि तपाई मितिमा जान चाहनुहुन्छ भने मास्क

राख्नुहोस् र आफ्नो हात धुनुहोस्🎥👙💦

मेरो निजी कुराकानीमा मलाई सम्पर्क गर्नुहोस्😘🤤📲...(वेब लिन्क...)" हेर्नुहोस् माथि कभर फोटोमा।


त्यसैगरी, सेप्टेम्बर ६ मा Rambu Che Piland ले फ्रेण्ड रिक्वेस्ट पठाईन् । उनको फेसबुक वालमा यस्तो लेखिएको छ:


"🇺🇸सुन्दर नेपाली केटीहरु यौन मन पराउँछन्💋💦

सर्वश्रेष्ठ नेपाली केटी बिल्ली👉👌🍆ठूलो र सेक्सी

स्तनहरुको साथ 👙🩲तिनीहरुको नग्न कार्य हेर्नुहोस्🎥👉👉...(वेब लिन्क...)" हेर्नुहोस् माथि कभर फोटोमा।


सेप्टेम्बर ६ मै Dimas Hoegens ले फ्रेण्ड रिक्वेस्ट पठाईन् जस्को फेसबुक वालमा यस्तो लेखिएकोछ:


"❤️नमस्कार! म नेपालीबाट छु 🇳🇵- र मेरो शरीर राम्रो छ

म संयुक्त राज्य अमेरिकामा एक वर्ष बस्ने🇺🇸👌❤️

👩😔म एक्लै बस्छु, कोही मलाई माया गर्न खोज्छु । मलाई सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस्📱📹👉

मेरो व्यक्तिगत फोटो र भिडियो💦🔥👉 ...(वेब लिन्क...)" हेर्नुहोस् माथि कभर फोटोमा।


अर्को नक्कली सुन्दरी Dhen’z Kholis Doministic को फेसबुक वालमा यस्तो लेखिएको छ:


“💞नमस्कार बच्चा👋म सेक्सी एकल महिला जसले नेपालबाट बसाई🇳🇵🔥👙

🍻म एक्लो महसुश गर्छु र प्रेम पाउने लागि पार्टनर खोज्न चाहन्छु👩‍❤️‍💋‍👨👌

😘यहाँ आएर मसंग निजी कुराकानी गर्नुहोस्, म तपाईको लागि संधै तयार छु। मलाई यहाँ सम्पर्क गर्नुहोस्☎️📞👉... (वेब लिन्क...)" हेर्नुहोस् माथि कभर फोटोमा।


माथी उल्लेखित पोस्टहरु केहि उदाहरणहरु हुन् । यि पोस्टहरुको अशुद्द नेपाली शब्द छनौट हेर्दा अनलाईन ट्रान्सलेसन प्रयोग गरेर नेपाली फेसबुक एकाउन्ट होल्डरहरुलाई लक्षित गरी फँसाउने प्रयास गरेको देखिन्छ ।


पहिले र अहिले: फँसाउने काईदा फरक


अमेरिकामा रहेका ६५ कटेका एक सुपरिचित नेपाली पुरूष ईन्टरनेटमा भिडियो च्याटबाट साईबरसेक्स गर्ने एक अपराधी सुन्दरीको फन्दामा परेका थिए । शुरूमा ति सुन्दरीले घरमा श्रीमति भएका यी 'बृद्ध युवा' लाई फेसबुकमा 'फ्रेण्ड रिक्वेस्ट' पठाएकिरै’छिन्। यि सुन्दरीको 'साथी अनुरोध' लाई हाम्रा नेपाली दाजूले सहर्ष स्वीकार गरे। नगरून् पनि किन, सुन्दरीले जो अर्ध नग्न ट्याटु भरेको आकर्षक फोटो आफ्नो फेसबुकको प्रोफ़ाईल कभर फोटो बनाएकि थिईन्। ‘सौभाग्यवश’, ति सुन्दरीले मलाई पनि 'फ्रेण्ड रिक्वेस्ट' पठाएकी थिईन् । मैले नचिनेको मान्छेलाई हत्तपत्त स्वीकार गर्दिन् । म'फ्रेण्ड रिक्वेस्ट' पठाउने नचिनेको ब्यक्तिको फेसबुक वालमा गएर स्टाटस चेक गरेपछि मात्र स्वीकार गर्छु । तर बिचरा तन बुढा भएपनि मन बुढा नभएका ति नेपाली दाजू भने ति सुन्दरीको चङ्गुलमा नराम्ररी फँस्न पुगे । यि तन्नेरी बुढालाई फँसाउने केटीको नाम हो- Jhoanne Piso । र, उनले भिडियो च्याटमा ति सुन्दरीको सामुन्ने नाँगिदा पन्ध्र सय अमेरिकि डलर तिर्न बाध्य भएकाछन् । यसरी फँसेका थुप्रै नेपाली अमेरिकनहरू टेक्सास, न्यू योर्कलगायतका अमेरिकी राज्य र सहरहरूमा बसोवास गर्ने तपाईहामीले चिनेजानेकै दाजुभाईहरूनै हुन सक्छन्।


के हो साईबरसेक्स (अनलाईन यौन सम्बन्ध)?


इन्टर्नेटको प्रयोग गरी फेसबुक, स्काईप, ह्वाट्सअप, भाईबर जस्ता सामाजिक सन्जाल र मेसेन्जरहरुमार्फत प्रतक्ष प्रसारण गर्ने लाईभ वेबक्याम भिडियो च्याटबाट एक अर्कामा नाँगिएर शरिर देखाउने र हस्त मैथुन गर्नेलाई 'साइभर सेक्स' भनिन्छ । नचिनेको ब्यक्तिसंग साइबरसेक्स गर्दा एक पक्षले उक्त नग्न भिडियोलाई रेकर्ड गरिदियो र त्यो भिडियो देखाएर पैसा असुल गर्न ब्ल्याकमेल गर्न शुरु गर्‍यो भने त्यसलाई 'सेक्सटोर्सन' (Sextortion) भनिन्छ ।


हाम्रा नेपाली ति बुढा तन्नेरी ति सुन्दरीको लाईभ साइबर सेक्स भिडियो च्याटमा नाँगिदा सेक्सटोर्सनमा नराम्रोसंग फँस्न पुगेका हुन् । यो पङ्क्तिकारलाई ति सुन्दरीले ति नेपालीबाट १५ सय अमेरिकि डलर असुलगरी दिनु नत्र उनको साइबर सेक्स गरिरहेको नाँग्गो भिडियो सबै फेसबुकका साथीहरुको वाल र मेसेज इन्बक्समा हाली दिन्छु भनेर धम्की दिएकी थिईन् । ति सुन्दरीले यो पंक्तिकारलाई फेसबुक मेसेन्जर मार्फत सम्पर्क गर्नुको कारण ति नेपाली यो पङ्क्तिकारको फेसबुक साथी थिए । उनले धम्किको भरमा पैसा नदिने भएपछि ति सुन्दरीले मलाई सम्पर्क गरेकी थिईन् । मैले यस्तो कुरा बिनाप्रमाण बिश्वास नगर्ने बताएपछि ति अपराधी सुन्दरीले १ मिनेट ५२ सेकेण्डको ति सुन्दरीसंग ति नेपाली स्काईपमा नाँग्गो भिडियो च्याट गर्दै हस्त मैथुन गर्दै गरेको भिडियो रेकर्ड फाइल पठाएकीथिईन् । भिडियो देखे पछि मलाई एक छिन त बिश्वासनै लागेन । सपनामा छु जस्तै भयो । त्यो उमेरमा पनि एक प्रतिष्ठित नेपाली साईबरसेक्स र सेक्सटोर्सनमा फँसेको देख्दा बिरक्त लागेर आयो। यो घटनापछि अन्य नेपाली अमेरिकन दाजुभाईहरूको भिडियोहरू पनि धमाधम यो पङ्क्तिकारको फेसबुक मेसेज बक्समा आउन थाल्यो ‘पैसा असुल गरिदिनू नत्र सार्वजनिक गरिदिन्छु’ भन्ने धम्कीदिदै।


यता भोली पल्ट ति सुन्दरीले ति नेपालीले वेस्टर्न युनियनबाट ३ सय डलर पठाई सकेको र बाँकी रकम पठाउन सहयोग गर्नु पर्‍यो भन्दै मलाई ति नेपालीले वेस्टर्न युनियनबाट पठाएको रकमको रसिद र ति नेपालीले ३ सय डलर पठाएँ है भनेको स्काईप च्याटको स्कृनसट पनि पठाईन् । हेर्नुहोस् माथि कभर फोटोमा।


घरमा आफू भन्दा १०-१५ वर्ष कान्छी श्रीमति भएका यि नेपाली किन साइबर सेक्सको खराब लतमालागे होला ? हैन, यसरी नै फँसिएर लाखौं तिर्न बाध्य भएका अन्य नेपालीहरुले हिम्मत गरेर फेसबुकको वालमा अपरिचित केटी (या केटा) संग भिडियो च्याट गरेर ननांग्गिन चेतावनी दिँदा दिँदै र बिश्वभरका मिडियाहरुले साइबर अपराध, साईबर सेक्स र सेक्सटोर्सनबारे सुशुचित गराउँदा पनि अमेरिकामै बसेको सचेत मान्छे यसरी फँस्नु चैं बिडम्बना नै हो ।


अमेरिकि सरकारी सुरक्षा अनुसन्धान संस्था 'एफबिआई' ले आफ्नो वेबसाईटमा साईबर सेक्स र सेक्सटोर्सन सम्बन्धी बिभिन्न मुद्दाहरुबारे सविस्तार ब्लग प्रकासन गर्दै सेक्सटोर्सन अपराधबाट बँच्ने उपायहरु यस्तो सुझाएको छ: 

Here are some things you can do to avoid becoming a victim:

-Never send compromising images of yourself to anyone, no matter who they are—or who they say they are.

-Do not open attachments from people you do not know.

-Turn off your electronic devices and web cameras when you are not using them.

-If you are receiving sextortion threats, you are not alone.


It is likely the perpetrator is an adult pretending to be a teenager, and you are just one of the many victims being targeted by the same person. Do not be afraid to talk to an adult and to call the FBI. Help us find these criminals and stop them from damaging young lives.


If you believe you’re a victim of sextortion, or know someone else who is, call your local FBI office or toll-free at 1-800-CALL-FBI.


अरुले आफ्नो कम्प्यूटर या फोन ह्याक गरेर आफूले रेकर्ड गरी राखेको नग्न भिडियो या फोटो चोरी हुनु र त्यसको आफू भिक्टिम बन्नु एउटा पक्ष हो भने आफू नै राजीखुशी साईबर सेक्समा संलग्न भएर जबर्जस्ती पैसा असुलीमा फँस्नु अर्को पक्ष हो तर यि दुबै सेक्सटोर्सन नै हो । आफ्नो सामाजिक ईज्जत र परिवारिक सम्बन्ध तपाईको क्षण भरको बहुलठ्ठी गल्ती र लापर्वाहीले एक क्लिकको भरमा धुस्नु खरानी बन्न बेर छैन । अपरिचित सुन्दरीको अघिल्तिर आफू लाईभ भिडियोमा नांग्गिदा यि नेपाली दाजू जसरी तपाई पनि फँस्नुहोला, कति फँसिसकेका होलान् । आफू पनि सचेत बनौं, अरुलाई पनि सचेत गराऔं । सबैलाई चेतना भया ।

0 comments

Comments


bottom of page