top of page

नेपालकी गौरवी छोरी देवी प्रतिभाको राष्ट्रप्रेम!

Writer's picture: Nepalism.comNepalism.com

-प्रदीप परियार थापा

Updated: Opinion: नेपालकी विश्चचर्चित युवा कथावाचिका, नेपाल आमाकी गौरवी छोरी देवी प्रतिभा उर्फ प्रतिभा पराजुलीको राष्ट्रप्रेम र आध्यात्मिक लगाव सबै नेपालीले गर्वकासाथ प्रेरणा लिनु पर्ने विषय हो। तर केही संकीर्ण नेपालीहरूले उनलाई पाखण्ड र झूठको खेती गर्ने भन्दै मानमर्दन गर्न समेत पछि परेनन्। तर उनले जाँदाजाँदै काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा मातृभूमि नेपालको भूमिमा शीर निहुराएर ढोग गरेको फोटो उनको फेसबुक पेजमा प्रकाशित भएको देखियो। दृष्यमा उनको विदाईमा उनलाई लगाईदिन तयार फूलका मालाहरू गाडीको अघिल्तिरको हुड (बोनेट) मा राखिएको र उनको कालो सुटकेश उनकै समिपमा बाँयातिर देखिन्छ। उनले आफ्नो पाईतलाबाट चप्पल निकालेर पछाडि छाडेर आफ्नो शीरले मातृभूमि नेपालको माटोलाई ढोग गरेको र चुमेको, तेसो गर्दा उनको लामो कपाल जमिनमा लतपतिएको देखिन्छ। यो दृष्य विशेष गरी नेपालमै रहेका नेपालीका लागि सामान्य लाग्ला तर यो पंक्तिकार जस्ता विदेशमा वर्षौं रहेका र दैनिक विदेशिन बाध्य पचीस सय युवाहरूको मनोदशा देवी प्रतिभाको यो फोटोले प्रतिविम्वित गर्दछ र मातृभूमिको सम्झनामा भावविह्वल बनाउँदछ। यसरी ढोग गर्दा जुत्ता खोल्नु पर्ने रहेछ भन्ने पनि मन्दिर, गुम्बा, मस्जिद र गिर्जाघर (चर्च) जाँदा कैयन पटक जुत्ता नखोली भगवानको दर्शन गर्दै हिंड्ने गरेको यो मनुवाले सिक्यो। स्यावास् देवी प्रतिभा! कतिले तिमीले स्टन्ट गरेको आरोप लगाउलान् तर मातृभूमिलाई प्रणाम् गर्दा पनि खोंट देख्नेहरूसंग के नै अपेक्षा गर्न सकिन्छ र!



विवादको घेरा जसको तुक छैन


नेपाली गौरवी छोरी देवि प्रतिभाले करोड रू. लिएर भारतको कर्मभूमि वृन्दावन फर्किएको कुरालाई हिन्दूधर्मावलम्वी नेपालीहरूले नै खुव विरोध गरेको पाईयो। नेपालकै पण्डितहरूले पनि गच्छेअनुसार दक्षिणा शुल्क लिन्छन्। भारतीय आध्यात्मिक धर्मगुरू र बौद्धधर्मावलम्वीहरूको आस्थाको शिखर व्यक्तित्व दलाई लामाले पनि युरोप र पश्चिमा मुलुकहरूमा आएर प्रवचन गरेवापत लाखौं डलर लिएर फर्किन्छन्।


अरू कुरा छोडौं, नेपाली कलाकारहरूले पनि खाडी मुलुकहरूमा समेत गएर टन्टलापुर घाममा पसिना बगाउने नेपालीहरूलाई गाएर, नाँचेर मनोरंजन दिलाएर लाखौं पारिश्रमिक लिएर फर्किन्छन्। मोटिभेसनल स्पिकरहरूले पनि आफ्नो प्रभाव र औकातअनुसार शुल्क लिन्छन्। ज्योतिषीले हात हेराएको लिन्छन्। पण्डितले संस्कार पूजाआजा गरेको रेटै तोकेर लिन्छन्। देवी प्रतिभा मात्र दक्षिणा लिने अपबाद हैनन्। लेनदेन सबैतिर हुन्छ। सित्तैमा गरे त अलखवाला जोगी भईन्छ। यसमा आपत्ति जनाउनुको कुनै तुक छैन।


अर्कों प्रसंग, देवी प्रतिभाले आफू विबाहित भएको प्रवचनमै भनेकिछिन्। उनले आफू कुमारी भएको भनेर ढाँटिन् भन्नेहरूले युट्यूबमा उनको उक्त प्रवचन खोजेर सुन्नुहोला। होमओर्क भो।


त्यसैगरी, उनले एउटा अन्तर्वार्तामा आफ्नो पढाईको बारेमा कुरा गर्दा आफूले परिक्षा दिएर आएको र छिट्टै पास (ग्रेयाजुएट) हुने बताएकीछिन्। उनको उक्त भनाई पनि खोजेर सुन्नुहोला। अर्को होमओर्क भो।


हुन त, खोंट लगाउने नियत भएकाहरूले जूनमा पनि खोंट लगाउन कहाँ छोडेका छन् र!


“बासुरीको धुन मीठो कृष्ण कालेको

त्यै धुन सुनी राधिका नाँच्न थालेको”


“सबै तिम्रो के चढाउँ भन, छैन केही चढाउँछु यो मन

कहाँ होला बैकुण्ठ भन्ने ठाउँ, हरी हरी जप्दै म मर्न पाउँ

ईन्द्र कमल फूल, यो पापी संसारमा परें रणभूल”


युवा कथावाचिका देवी प्रतिभाले भगवान कृष्ण कालेको मात्र हैन अधात्म र साधनाको प्रवचन गरिन् र अन्तरमन पवित्र गर्ने सुमधुर भजन गीतहरू गाईन्। उनले यस्तो कलिलो उमेरमै रोजेको आध्यात्मिक जीवनको बाटो असजिलो छ। कति युवाहरू कुलतमा लागेर रिहाबमा छन्, कति प्रेममा धोखाघडी पाएर पागलप्रेमी बनेकाछन् भने कति निराशामा देहत्याग गर्न वाध्य छन्। अन्धकारमा बस्न चाहनेहरूलाई उज्यालो मन पर्दैन। र, देवी प्रतिभा पनि मन पर्दैन। तर देवी प्रतिभाले जुन सन्देश र प्रेरणाको सुवास छरेर गईन्, त्यो आत्मिक रसस्वादन गर्नेहरू भाग्यमानी हुन्। यो अनित्य मानवचोलामा देवी प्रतिभाहरूनै सार्थक जीवन जिउने उपक्रममा रहेका असल मानव हुन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page