top of page

लाखौंका ‘दृष्टिदाता’ नेपाली गौरव डा. सण्डुक रुइटलाई रू. तेह्र करोड राशिको मानवताकोलागि ईसा पुरस्कार

Writer's picture: Nepalism.comNepalism.com

-प्रदीप परियार थापा

Updated: Exclusive: नेपाल र नेपालीका गौरव तथा विश्व प्रसिद्ध नेत्र विशेषज्ञ ६८ वर्षीय डा. सण्डुक रुइटलाई बहराईनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित रू. तेह्र करोड राशिको मानवता सेवाको लागि ईसा पुरस्कार (ISA Award for Service to Humanity) प्रदान गरिएको छ। विगत ३० वर्षमा डेढ लाखभन्दा बढी दृष्टिविहिनहरूलाई आँखाको नयाँ ज्योति दिएका डा. रूईटलाई विश्वभर दृष्‍टिदाता भगवान (God of Sight) भनेर चिनिन्छ तर उनी आफूलाई देवत्वकरण गरिएकोबारे सन् २०२० मा न्यू योर्कमा आयोजित एक समारोहमा भनेका थिए, “दृष्‍टिदाता भगवानको सम्बन्धमा खोइ म के भनुँ ? यो बेकारको कुरा हो ।(Regarding ‘God of Sight’, it is Bullshit.)”। तर उनको यहीं सरलता र निरन्तरको समर्पण र सत्कर्मले नै डा. रूईटलाई भगवानको असली धरतीपुत्र बनाएको हो।


के हो ईसा पुरस्कार?


हरेक दुई वर्षमा प्रदान गरिने यो ईसा पुरस्कारको नगद राशि १० लाख अमेरिकी डलरको छ। अर्थात् १३ करोड नेपाली रुपैयाँ। यो पुरस्कार प्राप्त गर्ने डा. रूइट पहिलो नेपाली र दोश्रो दक्षिण एसियाली नागरिक हुन्। यो पुरस्कार यस अघि पहिलो सन् २०१३ मा मलेशियाली चिकित्सक Tan Sri Dr Jemilah Mehmood, दोश्रो सन् २०१५ मा भारतीय शिक्षाविद Dr. Achyuta Samanta, तेश्रो सन् २०१७ मा The Children’s Cancer Hospital Egypt (Hospital 57357) र चौंथो सन् २०१९ मा ईजिप्टको The Edhi Charitable Foundation लाई प्रदान गरिएको छ।


यो पुरस्कार छनौट समितिका सात जनाको निर्णायक मण्डलले पुरस्कारका लागि प्रस्तावित १४५ व्यक्ति र संस्था मध्येबाट ६ सम्भावित चुनिएको थियो जस मध्ये डा. रुइटसंगै विश्व स्वास्थ्य संगठन फाउन्डेसन समेत सम्मिलित थियो तर अन्त्यमा निर्णायक मण्डलले डा. सण्डुक रुइटलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।


डा. रुइटको आविष्कार


डा. रुइटले आविष्कार गरी आँखाको शल्यकृयामा प्रचलनमा ल्याएको आँखा उपचार पद्धति रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्सको प्रयोगबाट नेपालका दृष्टिविहिनहरू मात्र हैन छिमेकी मुलुकहरू भारत, चीनका साथै भुटान, बंगलादेश, अफ्रिकी महादेश, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया र उत्तर कोरिया लगायत विश्वका ६० भन्दा बढी मुलुकहरूका करोडौं दृष्टिविहिनहरू लाभान्वित भएकाछन्।


विश्वले चिनेपछि मात्र नेपालको सम्मान


डा. रुइटले सन् २००६ मा एशियाको नेबेल पुरस्कार मानिने फिलिपिन्स सरकारको रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए भने सन् २०१५ मा भुटान सरकारको ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित भएका थिए। सन् २०१८ मा भारत सरकारको चौंथो सर्वोच्च नागरिक पदक पद्मश्री पुरस्कार प्राप्त गरेका डा. रुइटलाई नेपाल सरकारले भने सन् २०१८ मा मात्र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र सन् २०१९ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवीबाट विभूषित गरेको थियो।



को हुन् डा. रुइट?


डा. सण्डुक रूइट जन्म सन् १९५४ सेप्टेम्बर ४ तारिख पूर्वि नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुगोलामा भएको हो। उनका बुवा सोनाम रुइट र आमा केसाङ रुइट हुन्। उनले सन् १९७० मा काठमांडूको नाम चलेको सिद्दार्थ बनस्थली हाईस्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। सन् १९७६ सम्ममा उनले भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी गरे। सन् १९८४ सम्ममा उनले भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट नेत्र रोग विशेषज्ञको रूपमा एमडी गरे। डा. रूइटले सन् १९८७ मा आँखा सम्वन्धि अनुसंधान अध्ययनको लागि अष्ट्रेलियामा अध्ययन गरे। उनले यसै विषयमा नेदरल्याण्ड र अमेरिकामा पनि थप अनुसंधान अध्ययन गरे।


जीवनभर सेवा


डा. रूइटले सन् १९९४ को जुन महिनामा काठमांडूस्थित तिलगंगा आँखा केन्द्र प्रतिष्ठानको शुरूवात गर्नु अघि काठमांडूको वीर अस्पतालमा ३ वर्ष र त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा ८ वर्ष सेवा गरेका थिए।


यसरी जीवनभर आँखा र आँखा रोग सम्बन्धि अध्ययन, अनुसन्धान, आविष्कार र सेवामा जीवन समर्पित गरेका डा. सण्डुक रूइट दृष्टिविहिनहरूको अँध्यारो संसारमा उज्यालो ल्याउने जाज्वल्यमान नक्षेत्र हुन्। डा. रूइटले विश्वभरका लाखौं दृष्टिविहिनहरूका ‘दृष्टिदाता’ बनेर उनीसंगै जोडिएको नेपाल र नेपाली पहिचानलाई अझ फराकिलो बनाएका छन्।



-ससांग लामा

Exclusive: भ्वाईस अफ यूथ (Voice for Youth) नामक संस्थाका तन्नेरीहरुको समूहले न्यू योर्कमागत १५ फेब्रुवरी २०२० मा नेपालका दृष्टिबिहिनहरूका ‘दृष्टिदाता’ कर्मवीर नेपाली छोरो डा. सण्डुकरुइटलाई प्रेरक मन्तव्य (Motivational Speech) को निम्ति निम्त्याई एउटा सार्थक, भव्य रसुव्यवस्थित कार्यक्रमको आयोजना गरेर सबैलाई तीनछक्क पारे। डा. रूइतले आफूलाई नेपालीहरुलेदेवत्वकरण गर्दै सम्बोधन गर्ने गरेको ‘God of Sight’ (दृष्‍टिदाता भगवान) जस्ता शब्दले स्तुतीगरेकोबारे स्पष्ट शब्दमा भने- “दृष्‍टिदाता भगवानको सम्बन्धमा खोइ म के भनुँ ? यो बेकारको कुरा हो।(Regarding ‘God of Sight’, it is Bullshit.)”।


Read details news at:

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page