कोरोना महामारीमा करूणा देखाउने न्यू योर्कका एक उदाहरणीय नेपाली छोरो
- Nepalism.com
- Apr 22, 2020
- 1 min read

Exclusive: कोरोनाभाईरस महामारीले आक्रान्त न्यू योर्कवासी नेपाली समुदायलाई अमेरिकी डलर $३,२०० भन्दा बढी मूल्य बराबरको ६,७०० (६५ बक्स) टायनोल औषधी र दुई दर्जन थर्मोमिटर, सयौं मास्क र ह्याण्ड ग्लबस् सित्तैमा प्रदान गरी मानवीयताको उच्च उदाहरण देखाउने न्यू योर्कका नेपाली छोरो लिला राईको नाम न्यू योर्कका हजारौं नेपालीहरूले कहिल्यै बिर्सिनेछैनन्। उनले नेपालीजम डटकमलाई भने- “न्यू योर्कका सबै नेपालीसंग पैसा त थियो तर टायनोल पाउन जति पैसै तिरे पनि असम्भव थियो। मेरो ग्रोसरी स्टोर भएकोले सप्लाई चेनलाई कन्भिन्स गरेर टायनोलको कमी हुन दिईन र आए जति सबै नि:शुल्क बाँडी रहेकोछु।” अरूलाई सहयोग गर्न हरदम अघि बढिरहने व्यावसायी लिला राईले कोरोना महामारीको बेला गरेको सहयोगको जति प्रसंशा गरे पनि कमै हुन्छ।
को हुन् लिला राई?
न्यू योर्कको लंग आईल्याण्ड निवासी व्यावसायी एवं सामाजिक अभियन्ता लिला राई सन् २००० सालदेखि न्यू योर्कमा ग्रोसरी स्टोर व्यावसाय संचालन गर्दै आएकाछन्। सन् १९९६ मा अमेरिका आएका व्यावसायी राईको जन्मस्थल नेपालमा भोजपुर जिल्लाको तिवारी भन्ज्यांग, पौवा केसांग हो। उनले आफू पढेको जन्मस्थल गाउँको श्री सिंह जलेश्वरी प्राथमिक विद्यालयको भवनको सन्२०१३ मा दुई लाख रूपियाँ खर्च गरी पुनर्निर्माण गरेकाछन्।
न्यू योर्कमा सम्पन्न नेपाल परेडलाई $१,५०० अनुदान होस् या न्यू योर्कको कार्यक्रमहरूमा प्रायोजन होस्, लिला राईले अहिलेसम्म हजारौं अमेरिकी डलर अनुदान दिईसकेकाछन्। आफ्नो सँस्कृति बचाउन डकुमेण्ट्री बनाउनेदेखि साँस्कृतिक एल्बम प्रकासन गरी नेपाली संस्कृतिको जगेर्ना गर्न निरन्तर लागि पर्ने लिला राई बाहिर हल्ला नगरी समाजसेवामा लागिरहने सच्चा समाजसेवी हुन्।
गुल्मीकी छोरी राधा राना मगरसंग अमेरिकामा बैबाहिक जीवन गाँसेका राई दम्पत्तिको दुई छोराहरूछन्। स्व. बाबा झगरमान राई र आमा रत्नकुमारी राई, (७०) को माईला छोरा लिला राईको एक दाजू, दुई बहिनी र एक भाई छन्।
आपतको बेला मानवीयताको उदाहरण बनेर नेपाली समुदायलाई सेवा पुर्याईरहेका लिला राई र लिला राईहरूलाई सलाम् छ।
コメント