
-Pradeep Pariyar Thapa
असफल एनआरएनए नेतृत्वपंक्तिः कसले बचाउँन सक्छ?
Updated: Exclusive: एनआरएनए नेतृत्वपंक्ति संघलाई नेपाली फोहोरी राजनैतिक खेलको चंगुलबाट बचाउन पुरापुर असफल हुनुकासाथै गौरवशाली संस्थालाई विभाजनको संघार र मृत्यू शैयामा पुर्याएकोछ।NRNA leadership has failed miserably to save its organization from Nepali dirty politics and divisions, hence, it’s effectively putting glorious organization in death bed. र, यो फोहोरी खेलमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि सबै पूर्व अध्यक्षहरू देवमान हिराचन, जिवा लामिछाने, डा. शेष घले, स्वामी देव उर्फ भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त सबै सबै नराम्रोसंग फँसेकाछन् अर्थात उनीहरू जतिनैसुकै प्रवासमा धन कमाएका सफल व्यावसायी भए पनि अन्ततः नेपाली फोहोरी राजनैतिक खेलका एक निरिह गोटी मात्र सावित भएकाछन्। एनआरएनए ईतिहासको यो संगिन घडीमा विश्वभरका साठी लाख प्रवासी (एनआरएन) नेपालीहरूको हकअधिकार, अस्तित्व, पहिचान र भविष्यसंग सरोकार राख्ने असल नेतृत्व अब कोही छ?

कस्ले चिरा पार्यो?
एनआरएनए नेतृत्वपंक्तिले प्रवासी नेपालीहरूको साझा संगठन बन्दै गरेको एनआरएनए संस्थालाई काँसेस, एमालेलगायत नेपालका दलहरूका विदेशमा रहेका गुलाम, चाटुकार, हुँक्के र हनुमानहरूको लहलहैमा लागेर सोही मार्काका टिके, अवसरवादी र लम्पसारवादीहरूको उक्साहटमा अविश्वास र वितृष्णाको दलदलमा डुबाउन पुगेकाछन्। भावी पुस्ताले न त एनआरएनएको असफल नेतृत्वपंक्तिलाई माफ दिनेछ न ति गुलाम, चाटुकार, हुँक्के, हनुमान, टिके, अवसरवादी र लम्पसारवादीहरूलाई।
मुठ्ठीभरको प्राथमिकताको शिकार
स्थापनाकालदेखि डा. उपेन्द्र महतोको पालासम्म एनआरएनएले नेपालीहरूको साझा चौतारीकोरूपमा भूमिका खेल्दै आएको कुरा जगजाहेर छ तर देवमान हिराचनको नेतृत्वको पालादेखि यता हरेक अध्यक्षहरूले जानीनजानी नेपाल र नेपालीलाई भलखाडामा डुबाई देशको शासनसत्तामा राज गरेका विभिन्न राजनैतिक दलका नेपाली नेताहरूको दैलोमा गएर आशिर्वाद लिने र हरहालतमा रिझाउनतिर लाग्ने गलत कार्य गर्दै आए। विदेशमा कमाएको धन नेपालमा लगानी गर्ने बाहनामा धेरै एनआरएनए नेतृत्वपंक्ति नेपाली भ्रष्ट नेताहरूको वरीपरी घुम्न र तिनका विदेशमा रहेका उहीं गुलाम, चाटुकार, हुँक्के, हनुमान, टिके, अवसरवादी र लम्पसारवादीहरूलाई साथ लिएर संस्थाको नेतृत्वमा पुग्न लालायित भए। किनकि यि सबै व्यावसायी र व्यापारी थिए र छन्। नेपालको समृद्धी गर्ने मीठो सपना बेच्दै विदेशमा कमाएको धन नेपालमा बिना रोकतोक लगानी गर्न छुट पाउनु यि नेतृत्वपंक्तिको अन्तर्निहित धेय थियो र छ। उसो त, विदेशमा धन धेरै (surplus) भएर नेपालमा दान गर्न कोही लगानी गर्न आँटेको हुँदै हैन। व्यावसाय, व्यापारको अर्थ हो मुनाफा कमाउने। तर नेपालमा सफल व्यावसाय, व्यापार गर्न राजनैतिक नेताहरूसंग साँठगाँठ, हिमचिम नभई सम्भव छैन। यहीँ कारण हो एनआरएनएको नेतृत्वपंक्तिले चाहेर पनि एनआरएनएलाई राजनीति हस्तक्षेप मुक्त गर्न नसकेको। प्रवासमा लाखौं निमुखा नेपालीहरू पनि छन् र तिनीहरूको सर्वप्रथम उद्दार, समुन्नति र उनीहरूको हकअधिकारको संरक्षण र नेपालित्व पहिचानको प्रवर्धन प्रमुख धेय हुनु पर्ने एनआरएनए संस्थाले साठी लाख नेपालीहरू मध्येका केही मुठ्ठीभर धनाढ्य प्रवासी नेपालीहरूको प्राथमिकतामा रहेको नेपालमा लगानी गर्ने कुरालाई एनआरएनएले पहिलो प्राथमिकतामा राखी अघि बढ्नु र त्यसका लागि नेपालमा बढी सकृय हुनु र सो उद्देश्य पूर्ति गर्न तिनै भ्रष्ट नेपाली नेताहरूकै निगाहा, अनुकम्पा, आदेश, आशिर्वाद र ईशारामा चल्नु अहिलेको एनआरएनएको विभाजनको विन्दू हो। विदेश प्रवासमै रहेका नेपालीहरूको संरक्षण र समृद्धीको प्रमुख बाटो समाएको भए एनआरएनए अहिले विदेशमै चम्किने थियो र विदेशकै नेपालीहरू माझ साझा संस्थाको रूपमा विकसित हुने थियो तर त्यसो हुन सकेन। परिणाम? कठै! एनआरएनए!
एनआरएनएको भविष्य
एनआरएनए विभाजनले विश्वभरका प्रवासी नेपालीहरूको मन कुँडाएकोछ। आफूलाई एनआरएनएको भावी नेतृत्वपंक्ति ठान्ने नेपाली राजनीतिक दलहरूका उहीं गुलाम, चाटुकार, हुँक्के, हनुमान, टिके, अवसरवादी र लम्पसारवादीहरूले आफ्नो निहित र कुत्सित स्वार्थको निम्ति एनआरएनएलाई विभाजित गरे पनि विश्वभरका बहुसंख्यक प्रवासी नेपालीहरू कुनै न कुनै रूपमा एक दिन एक हुनेछन्, जुन दिन न नेपाली फोहेरी राजनितिको कुनै घुसपैठ हुनेछ न ति गुलाम, चाटुकार, हुँक्के, हनुमान, टिके, अवसरवादी र लम्पसारवादीहरूको कुनै उपादेयता रहनेछ। त्यो दिन प्रवासी नेपाली अर्थात एनआरएनहरूको सुदिनलाई नेपालको कुनै नेता या अदालतले छेक्न सक्नेछैन। चेतना भया।
Comments