top of page

न्यू योर्कको फिप्ना महासंघको ११ सदस्सीय सल्लाहकार समिति गठन, कार्यसमितिमा ४३ प्रतिशत महिला प्रतिनिधि

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाउनुकासाथै ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको फिप्ना अध्यक्ष राज कुमार बिष्टले एक प्रेस विज्ञप्ति जारी गरी बताएका गरेकाछन्। विश्वकै राजधानी मानिने अमेरिकाको न्यू योर्क सहरमा अठार जनजातीय सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका हुन् भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिसत महिला प्रतिनिधिहरू निर्वाचित भएकाछन्। फिप्ना महासंघले २०२१-२३ कार्यकालको लागि आफ्नो विधानको भाग ५ धारा २८ बमोजिम सल्लाहकार परिषदमा वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र लावती लिम्बु, न्यू योर्कका वरिष्ठ कानुनविद् रमेश कुमार श्रेष्ठ, एनआरएनका पूर्व क्षेत्रीय उपसंयोजक नविन शेरचन, समाजसेवी एवं व्यवसायी ग्याल्जेन नुरु शेर्पा, एनआरएन अमेरिकाको निवर्तमान उपाध्यक्ष बाबुराम (बिआर) लामा, फिप्नाका निवर्तमान अध्यक्ष लोक बहादुर लिम्बू, संचारकर्मी प्रदिप परियार थापा मगर (नेपालीजम), घ्याल्सुम्दो सेवा संस्था अमेरिका पूर्व अध्यक्ष छिरिङ राप्के लामा, गुरुङ (तमु) सोसाइटी युएसए पूर्व अध्यक्ष एवं व्यवसायी पदम गुरुङ, नेवा गुठी न्यू योर्क निवर्तमान अध्यक्ष निर्मल प्रधान र समाजसेवी एवं व्यावसायी लिला राईलाई मनोनय गरेकोछ।


उक्त विज्ञप्तिमा फिप्ना महासंघको जनवरी ८, २०२२ शनिवारको दिन बसेको कार्यसमितिको बैठकले कार्यकाल २०२१/२३ को लागि फिप्नाको विधान २००५ भाग ५ धारा २८ बमोजिम नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को सल्लाहकार पदमा मनोनित गरिएको जानकारी गराईएकोछः

फिप्ना महासंघको सल्लाहकार परिषद


१. महेन्द्र लावती लिम्बु (प्राध्यापक, लेखक तथा आदिवासीविद्)

२. रमेश कुमार श्रेष्ठ -कानुनी सल्लाहकार (कानुनविद्)

३. नविन शेरचन, (निवर्तमान संरक्षक, एनआरएन अमेरिका तथा पूर्व डिआरसी एनआरएन आईसीसी अमेरिकाज)

४.ग्याल्जेन नुरु शेर्पा (पिनासा) (समाजसेवी तथा सफल व्यवसायी)

५. बाबुराम (बिआर) लामा, (निवर्तमान उपाध्यक्ष, एनआरएन एनसिसी अमेरिका)

६. लोक बहादुर लिम्बू (निवर्तमान अध्यक्ष, फिप्ना)

७. प्रदिप परियार थापा (प्रधान सम्पादक, नेपालीजम)

८. छिरिङ राप्के लामा (समाजसेवी तथा पूर्व अध्यक्ष, घ्याल्सुम्दो सेवा संस्था अमेरिका)

९. पदम गुरुङ (पूर्व अध्यक्ष, गुरुङ (तमु) सोसाइटी इंक युएसए तथा व्यवसायी)

१०. निर्मल प्रधान (निवर्तमान अध्यक्ष, नेवा गुठी न्यू योर्क तथा पारालिगलसेवी)

११. लिला राई (समाजसेवी तथा व्यवसायी)


त्यसैगरी, पूर्णता दिईएको फिप्ना महासंघको कार्य समिति र संघीय परिषदको पदाधिकारी र सदस्यहरूको नामावली यस प्रकार छः

फिप्ना महासंघको कार्य समिति


१.राज कुमार बिष्ट - अध्यक्ष

२.मिग्मर शेर्पा - वरिष्ठ उपाध्यक्ष

३.छोन्जोम लामा - महिला उपाध्यक्ष

४.माया लामा ह्योल्मो - क्षेत्रिय उपाध्यक्ष

५.टोमा लामा - महासचिव

६.तुल बहादुर तामाङ - कोषाध्यक्ष

७.दिपक चौधरी - सह - कोषाध्यक्ष

८.चम्पा कुमारी तामाङ - सचिव

९.सुबास राई - सचिव

१०..मुक्ति वानत्वा राई - सदस्य

११.रुकु राना मगर - सदस्य

१२.प्रकाश कुमार सुनुवार- सदस्य

१३.ईन्द्र कुमारी गुरुङ - सदस्य

१४.राम कृष्ण महर्जन - सदस्य


सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता


फिप्नाका नव निर्वाचित अध्यक्ष राजकुमार विष्ट न्यू योर्क सहरको नेपाली समुदायमा सुपरिचित व्यक्तित्व हुन्। मुस्ताङ किदुग अमेरिकाको पूर्व अध्यक्ष रही सकेका विष्ट फिप्ना महासंघको पूर्व सभामुख र वरिष्ठ उपाध्यक्ष रही सकेकाछन्। उनी नेपाली हकहीतलाई सर्वोपरी राखी अन्य विभिन्न नेपाली संघसंस्थाहरूसंग सफलतापूर्वक सहकार्य गरी अघि बढ्ने अगुवा नेपाली हुन्।


“अब महासंघलाई सबै संघसंस्थाहरूसंग समन्वय र सहकार्य गरी नेपाली समुदायको नेतृत्वदायी र प्रभावशाली महासंघको रूपमा स्थापित गर्न लागि पर्नेछु”, विष्टले नेपालिजमसंगको कुराकानीमा उल्लेख गरे। “अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको सँस्कृतिहरूको संरक्षण, सम्वर्धन र मौलिक पहिचानको निम्ति महासंघबाट सरकारी र गैरसरकारी निकायहरूसंग सहकार्य गरेर अघि बढ्नेछौं।”


महिला प्रतिनिधित्व


फिप्नाको नयाँ कार्य समितिमा १६ मध्ये ७ जना अर्थात ४३ प्रतिसत महिलाहरू निर्वाचित भएकाछन्।अमेरिकामा कृयाशील प्रभावशाली नेपाली संघसंस्थाहरूमा अगुवा मानिने फिप्ना महासंघमा महिलाहरूको यो उपस्थिति उदाहरणीय बनेकोछ। एनआरएन अमेरिकाको वर्तमान कार्य समितिमा महिला प्रतिनिधित्व २० प्रतिसत मात्र रहेकोछ भने अन्य संघसंस्थाहरूमा महिला प्रतिनिधित्व नगन्य रहँदै आएकोछ। भविष्यमा फिप्नाको यो महिला प्रतिनिधित्वको प्रभाव अन्य नेपाली अमेरिकी संघसंस्थाहरूमा पनि पर्ने आशा पलाएकोछ।


प्रेस विज्ञप्ति !!!


सम्पूर्ण अमेरिकास्थित क्रियशिल संघ संस्था तथा जनसमुदायमा सदर नमस्कार !

आदिवासी अभिवादन !


उपरोक्त सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को यही जनवरी ८, २०२२ शनिवारको दिन बसेको कार्यसमितिको बैठकले कार्यकाल २०२१/२३ को लागि फिप्नाको विधान २००५ भाग ५ धारा २८ बमोजिम नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को गरिमामय सल्लाहकार पदमा निम्न तपशिलका व्यक्तित्वज्यूहरुलाई मनोनित गरिएको जानकारी गरिन्छ।


फिप्नाको हितमा यहाँहरुको महत्त्वपूर्ण सल्लाह र सुझावको अपेक्षा सहित सफल कार्याकालकालागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।


तपशिल :

मनोनित सल्लाहकारज्युहरुको नामवली यस प्रकार रहेको छः


१. श्री महेन्द्र लावती लिम्बु (प्राध्यापक, लेखक तथा आदिवासीविद्)

२. रमेश कुमार श्रेष्ठ -कानुनी सल्लाहकार (कानुनविद्)

३. श्री नविन शेरचन, (निवर्तमान संरक्षक, एनआरएन अमेरिका तथा पूर्व डिआरसी एनआरएन आईसीसी अमेरिकाज)

४. श्री ग्याल्जेन नुरु शेर्पा (पिनासा) (समाजसेवी तथा सफल व्यवसायी)

५. श्री बाबुराम (बिआर) लामा, (निवर्तमान उपाध्यक्ष, एनआरएन एनसिसी अमेरिका)

६. श्री लोक बहादुर लिम्बू (निवर्तमान अध्यक्ष, फिप्ना)

७.श्री प्रदिप परियार थापा (प्रधान सम्पादक, नेपालीजम)

८. श्री छिरिङ राप्के लामा (समाजसेवी तथा पूर्व अध्यक्ष, घ्याल्सुम्दो सेवा संस्था अमेरिका)

९. श्री पदम गुरुङ (पूर्व अध्यक्ष, गुरुङ (तमु) सोसाइटी इंक युएसए तथा व्यवसायी)

१०.श्री निर्मल प्रधान (निवर्तमान अध्यक्ष, नेवा गुठी न्यू योर्क तथा पारालिगलसेवी)

११. श्री लिला राई (समाजसेवी तथा व्यवसायी)


राज कुमार बिष्ट

अध्यक्ष

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

२१ जनवरी ,२०२२


प्रेस विज्ञप्ति !


सम्पुर्ण अमेरिकास्थित क्रियशिल संघ संस्था तथा जनसमुदायमा सदर नमस्कार !

आदिवासी अभिवादन !


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आठौ महाधिवेशन गत डिसेम्बर १६ तारिख,२०२१ ,आईतबारका दिन न्यू योर्कमा प्रजातान्त्रिक प्रक्रियाबाट सफलतापूर्वक सम्पन्न भएको छ।उक्त महाधिवेशनबाट निर्वाचित कार्य समितिको मिति २०२२ जनवरी ८ तारिख शनिवार बसेको कार्यसमितिको बैठकले केही थप पदहरुमा मन‍ोनित तथा पदोउन्नति गरि फिप्ना २०२१/२३ का लागि कार्यसमितिले पूर्णता पाएको छ। आदिवासी जनजातिहरुक‍ो हकहित र अधिकारको पक्षमा, जातीय संस्कृति संरक्षण र प्रबर्धनका साथै पुस्तान्तरण हस्तान्तरण, अमेरिकी स्थानिय सरकारी निकायहरुमा हाम्रा दक्ष युवाहरुलाई प्रोत्साहित तथा राष्ट्रियताको पक्षमा मिल्ने सवालहरुमा नेपाली अमेरिकी समुदाय र क्रियशिल संघ संस्थाहरुसंग सहकार्य र समन्वयका साथ परि आउने मानाविय कार्यहरुमा अगाडि बढ्ने कुरामा बिस्वस्त दिलाउन चाहाँन्छु।


अन्तमा यहाँहरुको साथ, सहयोग र सुभेक्षाको अपेक्षा सहित .......!!!


फिप्ना २०२१/२३ कार्यसमिति


१.राज कुमार बिष्ट - अध्यक्ष

२.मिग्मर शेर्पा - वरिष्ठ उपाध्यक्ष

३.छोन्जोम लामा - महिला उपाध्यक्ष

४.माया लामा ह्योल्मो - क्षत्रिय उपाध्यक्ष

५.टोमा लामा - महासचिव

६.तुल बहादुर तामाङ - कोषाध्यक्ष

७.दिपक चौधरी - सह - कोषाध्यक्ष

८.चम्पा कुमारी तामाङ - सचिव

९.सुबास राई - सचिव

१०..मुक्ति वानत्वा राई - सदस्य

११.रुकु राना मगर - सदस्य

१२.प्रकाश कुमार सुनुवार- सदस्य

१३.ईन्द्र कुमारी गुरुङ - सदस्य

१४.राम कृष्ण महर्जन - सदस्य


राज कुमार बिष्ट

(अध्यक्ष)

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

Comentarios


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page