top of page

न्यू योर्कमा फिप्ना महासंघले स्थानीय सरकार र निकायहरूसंग समन्वय र सहकार्य गर्न विभाग गठन

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपाली अमेरिकी समुदायको हकहीतको पक्षमा स्थानीय अमेरिकी सरकार र निकायहरूसंग समन्वय र सहकार्य गर्न विभाग गठन गरेकोछ। महासंघका अध्यक्ष राजकुमार बिष्टले एक प्रेस विज्ञप्ति जारी गरी उक्त विभागको गठन गरेको जानकारी गराएकाछन्। अमेरिकामा रहेका १८ वटा नेपाली आदिवासी जनजातीय सामाजिक संघ संस्थाहरुको महासंघ फिप्नाको नवनिर्वाचित कार्यसमितिले स्थानीय सरकार र विभिन्न गैरसरकारी निकायहरूसंग सहकार्य गरी सामाजिक रूपान्तरणको कार्य गर्ने लक्ष लिएकोछ।

अमेरिकी स्थानीय निकाय सहकार्य तथा समन्वय फिप्ना विभागिय समितिको संयोजकमा महासंघकी महासचिव टोमा लामा रहेकीछिन् भने सह संयोजक तथा मार्केटिङमा छेमाङ तामाङ, प्राविधिक तथा कार्यक्रम संयोजकमा आरति राना मगर, प्राविधिक तथा सदस्य सचिवमा दिपक चौधरी, प्राविधिकमा सजिना श्रेष्ठ, प्राविधिक तथा सहजकर्तामा दिपेन्द्र लामा, पब्लिक रिलेसनमा विष्णु राना मगर र कानुनी सहजकर्तामा ढोमा शेर्पालाई मनोनित गरिएकोछ।


प्रेस विज्ञप्ति

हार्दिक वधाई तथा शुभकामना !!!


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अमेरिकामा स्वतःस्फूर्त अमेरिकी कानुनसम्मत मान्यता प्राप्त स्थापित 501(C)3 संस्था हो। अमेरिकामा रहेका १८ वटा जातिय संस्थाहरुको प्रतिनिधित्वमुलक महासंघ FIPNA आदिवासी जनजातिहरुको हक, हित र अधिकारको सवालमा सरोकारवाला विश्व भरीका सबै जातीय संघ संस्थाहरुसँग सहकार्य, समन्वय र हातेमालोका साथसाथै अमेरिकामा संस्थागत र जातिय समुदायहरूको हितमा अमेरिकी सरकारी निकायहरुसँग सहकार्य, समन्वय र यस क्षेत्रमा दखल राख्ने हाम्रा समुदायका दक्ष शिक्षित युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले, मिति २०२२ जनवरी ३० तारिख बसेको फिप्ना केन्द्रीय कार्यसमितिको गणपुरक उपस्थितिको बैठकले सर्वसम्मत रुपमा निम्न तपशिलका व्यक्तित्वहरुलाई कार्यकाल २०२१/२३ का लागि अमेरिकी स्थानीय निकाय सहकार्य तथा समन्वय फिप्ना विभागिय समितिमा मनोनित गरिएको जानकारी गराउँद छु ।


संस्थागत र जातिय समुदायको हितमा यहाँहरुको साथ सहयोग र उल्लेखनिय भूमिकाको अपेक्षासहित वधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना !!!

तपशिल :-


अमेरिकी स्थानीय निकाय सहकार्य तथा समन्वय फिप्ना विभागिय समिति


१.टोमा लामा- (संयोजक)

२.छेमाङ तामाङ - (सह संयोजक तथा मार्केटिङ)

३.आरति राना मगर- (प्राविधिक तथा कार्यक्रम संयोजक)

४.दिपक चौधरी- (प्राविधिक तथा सदस्य सचिव)

५.सजिना श्रेष्ठ- (प्राविधिक)

६.दिपेन्द्र लामा- (प्राविधिक तथा सहजकर्ता)

७.विष्णु राना मगर- (पब्लिक रिलेसन)

८.ढोमा शेर्पा- (कानुनी सहजकर्ता)


राज कुमार बिष्ट

अध्यक्ष

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

फिप्ना केन्द्रीय समिति


७ फेब्रुअरी, २०२२

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page