न्यू योर्कमा जनजाति महासंघ अमेरिका (फिप्ना) को सातौं महाधिवेशनबाट सम्पूर्ण कार्य समिति निर्विरोध चयन
- Nepalism.com
- Dec 16, 2019
- 1 min read
Updated: Dec 16, 2019

Exclusive: नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को सातौं महाधिवेशनबाटसम्पूर्ण कार्य समिति निर्विरोधरूपमा चयन गरिएकोछ। अध्यक्षका तीन दावेदार रहे पनिमहाधिवेशनमा सहभागी १७ जनजातीय सदस्य संगठनहरूका ९३ प्रतिनिधिहरूले साँगठनिकएकतालाई जोडदिन दवाब दिएपछि अगुवाहरू अध्यक्ष पदमा सहमतिमा आउन बाध्य भएका थिए।फिप्ना महासंघको यो निर्वाचनले अमेरिकामा कृयाशील अन्य नेपाली संघसंस्थाहरूका अगुवाहरूलाईपनि आफ्नो पदको सामू संस्थाको हीतलाई सर्वोपरी राख्न सबक सिकाएकोछ। अध्यक्षमा लोकचेमजोंग लिम्बू सर्वसम्मत भएकाछन् भने अध्यक्षका अन्य दुई प्रत्यासीहरू राजकुमार विष्ट सभामुख रमनकुमार राई सल्लाहकारमा मनोनित गरिएकाछन्।
अन्य सदस्यहरूको नामावलीको निम्ति तलको समाचार लिंकमा जानुहोस्:

नव निर्वाचित फिप्ना कार्य समिति
(२०१९-२१)
अध्यक्ष: लोक चेमजोंग (लोकबहादुर लिम्बु)
सभामुख: राजकुमार बिष्ट
वरिष्ठ उपाध्यक्ष: पदमबहादुर गुरूङ
उप-सभामुख: सूर्य श्रेष्ठ महर्जन
महिला उपाध्यक्ष: गोमा योञ्जन गुरूङ
महासचिव: नरेन्द्र थापा मगर
सचिव: टोमा लामा
कोषाध्यक्ष: छोन्जोम लामा
सह-कोषाध्यक्ष: सुवर्णकुमार शाक्य
सदस्य: पेन्पा जेन्पा
सदस्य: छिरिंग राप्के लामा

Comments