top of page

भारतीयमूलका पहिलो बेलायती प्रधानमन्त्री बने रिषी सुनाक, सिको गर्ने कि?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Exclusive: युनाईटेड किंगडम (युके) को नवनिर्वाचित प्रधानमन्त्री रिषी सुनाक, ४२, भारतीयमूलका पहिलो बेलायती प्रधानमन्त्री बनेर ईतिहास रचेकाछन्। पचहत्तर वर्ष अघि अर्थात सन् १९४७ को अगष्ट १५ मा भारत ब्रिटिश साम्राज्यको उपनिवेशबाट स्वतन्त्र राष्ट्र बनेको थियो। तर भारतीय बेलायती डायस्पोराले आफ्नो पूर्वजको मुलुक भारतलाई ८९ वर्ष (१८५८-१९४७) सम्म गुलाम बनाएको एक जमानाको सर्वशक्तिशाली बेलायती साम्राज्य खडा गरेको मुलुक युकेको प्रधानमन्त्री बनेर ईतिहास रचेको छ।


एक जमानामा ”ब्रिटिश साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन” (The Sun never sets in British Empire) भनिन्थ्यो, अब भारतीय डायस्पोराको तरक्की र नेतृत्वको फैलावटले कहिल्यै घाम अस्ताएको देख्न पर्दैन। "History has come full circle" भनिन्छ नि, भारतीय डायस्पोराको हकमा ईतिहास दोहरिएको छ।


भारतीय चलचित्रका महानायक अमिताभ बच्चनले ब्रिटिश राजले भाईस रोयको नेतृत्वमा भारतमा राज गरेको उल्लेख नगरी आफ्नो ट्विटमा भनेकाछन्, “भारत माता की जय।मातृभूमि के ओर से अब युके का प्रधानमंत्री के रूप मे नए भाईस राय पाए है।” “Bharat mata ki Jai Now the UK finally has a new Viceroy as its Prime Minister from the Mother Country ..”


भारतीय डायस्पोराले युकेका रिषि सुनाक अघि मौरिसस्, पोर्चुगल, मलेशिया, सिंगापुर, सुरिनाम, त्रिनिडाड एण्ड टोबागो, गयाना, फिजी, आयरल्याण्ड र सिसिल्स राष्ट्रहरूमा राष्ट्रपति र प्रधानमन्त्री बनेर ईतिहास कायम गरेकाछन्।


विश्वभर फैलिएका ६० लाख नेपाली डायस्पोराले भारतीयमूलका सुनाकहरूको सिको गर्दै, नेपाली डर्टी पोलिटिक्सलाई तिलान्जली दिएर आफूले रगत पसिना बगाईरहेको प्रवासी मुलुकहरूमै राजनीतिक सकृयता बढाउने कि?

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page