top of page

नेपाल आईडल करण परियारको गायन र अभिनयमा निर्मित पहिलो म्यूजिक भिडियो उनकै यूट्यूब च्यानलबाट रिलिज, हेर्ने हैन?

Writer's picture: Nepalism.comNepalism.com

Special: न्यू योर्क/काठमाण्डू- चर्चित युवा गायक, नेपाल आईडल सिजन-५ विजेता करण परियारले पहिलो पटक म्यूजिक भिडियोमा मुख्य पात्र मोडल बनेर अभिनय गरेकाछन्। सो म्यूजिक भिडियोको अमेरिका संयोजक शशी सिंहकाअनुसार करणले गायनकासाथै पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो अमेरिकामा रहेका करणका सुभचिन्तकहरूले प्रायोजन गरी करणकै सर्वाधिकार रहने गरी करण परियार यूट्यूब च्यानलबाट अक्टोवर १ तारिख सार्वजनिक गरिएको हो।



तिम्रै आँखाबाट हेर्न मन छ


गायकः करण परियार

गायिकाः जारा रीत प्रसाई

संगीतकारः शम्भूजित बास्कोटा

रचनाः प्रदीप परियार थापा


तिमीलाई माया गर्ने एउटा मन छ

तिम्रै आँखाबाट संसार हेर्न मन छ


उडेर गए पनि जति पर क्षितिज

तिमीसंगै जूनी जिउन मन छ


नजर लगाउने त हजार हजार होलान्

तिम्रो मुहार चुम्न मलाई धैरै धेरै मन छ


अरूको लागि ब्रम्हाण्ड होला

मलाई तिम्रै वरीपरी घुम्न मन छ


तिमीलाई माया गर्ने एउटा मन छ

तिम्रै आँखाबाट संसार मलाई हेर्न मन छ


प्रसिद्ध संगीतकार, संगीतरत्न शम्भूजित बास्कोटाले “तिम्रो आँखाबाट संसार हेर्न मन छ” गीतमा सुमधुर संगित भरेकाछन् भने प्रदीप परियार थापाको रचना रहेकोछ।

म्यूजिक भिडियोमा करण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईको युगल स्वर रहेको छ। जारा संगीतरत्न बास्कोटाकी नातिनी हुन्।


म्यूजिक भिडियोमा गायक करणकासाथ चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम, गायिका जारा रीत प्रसाई र गायिका, मोडल एवं अन्तर्राष्ट्रीय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेकोछ। म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफर मौसम हिमालीको रहेको छ।


कोरियोग्राफर मौसम हिमालीले हालसम्म पन्ध्र सयभन्दा बढी म्यूजिक भिडियोहरूमा निर्देशन र नृत्य कोरियोग्राफी गरीसकेका छन् भने उनका केही बहुचर्चित म्यूजिक भिडियोहरूमा कश्मिरे पछ्यौरी, आईन आमा ओई, रिमै, डाँडा घरे साँईली, कहाँको साईनो, जाम भो माईली, घर कता हो बैनीको, झरनाको चिसो पानी, ए हो र माया, ए आमा जाम भन्यो मलाई लगायत छन्।

Special thanks to: From L to R: Legendary Nepali musician Shambhujeet Baskota, Choreographer Mausam Himali, Sujan Shrestha, Shashi Singh & Deepika Soni Singh, Nanda Bashyal and Bindu Thapa Pariyar.


त्यसैगरी, प्रसिद्ध संगीतकार संगीतरत्न शम्भूजित बास्कोटाले ३५५ भन्दा बढी नेपाली चलचित्रहरूको गीतमा संगित भरेकाछन् भने झण्डै दुई हजार गीतहरूको म्यूजिक कम्पोज गरेकाछन्। उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको पूर्व उपकूलपति र नेपाल आईडल सिजन ४ का निर्णायक हुन्। सांगितिक क्षेत्रमा उनलाई प्रेम र सम्मानपूर्वक मेलोडी किंग, गोल्डन टच, पारशमणि र संगीतरत्न भनेर सम्वोधन गरिन्छ।

Special thanks to: Contributors From L to R: Shshi Singh & Deepika Soni Singh, Sunil Nepali, Suresh Sundas & Susmita Pariyar, Chameli Khati Pariyar, Sanjiv Nepali, Sumi Pariyar & Dilip Kumar Nepali.

सो म्यूजिक भिडियो प्रायोजन गर्नेहरू शशी सिंह, दीपिका सोनी सिंह, सुनिल नेपाली, संजिव नेपाली, एभरेस्ट वर्ल्ड टाईक्वाण्डो अमेरिका, सुमि परियार, दिलिपकुमार नेपाली, सुरेश सुन्दास, सुस्मिता परियार, विष्णुमाया परियार फाउण्डेसन, चमेली खाती परियार, डा. शंकर बिसुंके, अमृत परियार, रमेश दर्नाल र पुन्यवती रम्तेल हुन्।

Special thanks to: Contributors From L to R: Dr. Shankar Bisunke, Amrit Pariyar, Punyawati Ramtel, Ramesh Darnal, Bishnu Maya Pariyar Foundation, ADWAN, Everest World Taekwondo USA.


म्यूजिक भिडियो नेपालिजम डट कम र नेपाल प्लेज डट अर्गको संयोजनमा निर्माण गरिएको हो।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page