
Special: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा आज (फेब्रुवरी ९, आईतवार) अपरान्ह निःशुल्क कानूनी र आप्रवासी परामर्श सेवा प्रदान गरिने भएकोछ। ट्रम्प सरकारले वैधानिक कागजपत्र नभएकाहरूलाई धरपकड गर्ने र डिपोर्ट गर्न थालेदेखि नेपाली अमेरिकी र साउथ एसियन समुदायमा भय र अन्यौल सृजना भएको सन्दर्भमा यो निःशुल्क परामर्श गर्न लागिएको हो।
कार्यक्रममा वरिष्ठ नेपाली अमेरिकी अधिवक्ता केशवराज सेढाई र आप्रवासी सेवामा सकृय क्याथरिन तान्जेले निःशुल्क परामर्श दिने कुरा कार्यक्रमको मुख्य आयोजक संस्था हड्सन स्पिक्सकि कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारले जानकारी गराएकिछिन्।
कार्यक्रमको सहआयोजकहरूमा वुमन फर कज (डबल्यूएफसी), ट्रेनिंग, एक्सेस, प्रोग्रेस (ट्याप), बोलो बहन (स्पिक सिस्टर) र भोसेस सिन फ्रोन्टेरास (भ्वाईसेस विथआउट वोर्डर्स) रहेकाछन्।
Comments