top of page

न्यू योर्कमा गुरुङ (तमु) जातिको महान् पर्व ल्होछार २०८० सम्पन्न

Writer's picture: Nepalism.comNepalism.com


Special: न्यू योर्क । दि गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०८० विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । यो वर्ष हि ल्हो अर्थात बिरालो वर्गको बिदाइ तथा मुप्री ल्हो अर्थात गरुड वर्गको शुरूवात भएकोछ। सन् २००१ मा न्यू योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी सोसाइटीले हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । न्यू योर्कमा ल्होछारको यो २४ औं संस्करण हो ।


सोसाइटीको आयोजनामा डिसेम्वर २३ तारिख विभिन्न साँस्कृतिक कार्यक्रमसाथ न्यू योर्कको टिबेटियन कम्युनिटी हलमा मुप्री ल्होछार मनाएको हो । जेष्ठ नागरिक ८७ बर्षिय चमनसिंङ घले, प्रमूख अतिथि कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम तथा अध्यक्ष ओमबहादुर गुरुङले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो ।



कार्यक्रममा प्रमूख अतिथि कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले नेपाल लगायत विदेशी भूमिमा पनि भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउनको लागि सोसाइटीले गरिरहेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। गुरुङहरुले समुदायको कुरा गर्दा नेपालको आदिमकालदेखि नेपाल निर्माणमा होस् वा विश्व शान्ति सेना स्थापनामा, गुरुङ समुदायका युवाहरुको महत्वपूर्ण भूमीका रहेको उल्लेख गर्दै विश्वमा नै नेपालको शिर उँचो पार्न गुरुङहरुले योगदान रहेको बताए । गुरुङहरु अत्यन्तै इमान्दार र साहसी हुने चर्चा गर्दै तमु ल्होछारको शुभकामना व्यक्त गर्दै आभार व्यक्त गरे ।


न्यू योर्क सिटी डिष्ट्रिक्ट २६ का काउन्सील मेम्बर जुली वोनले तमु ल्होछारको शुभकामना व्यक्त गर्दै सोसाइटीमा लामो समय स्वयंसेवक गरेका ११ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिन् ।


त्यस्तै, न्यू योर्क सिटी सहरका मेयर एरिक एडम्सका प्रतिनिधी सुकरानी तथा गिल्वर्ट होले सिटीमा भएका श्रोत र साधनको प्रयोग गर्नका लागि सिटीसँग सम्बन्ध राख्न अनुरोध गरे । साथै समाजमा लामो सयम योगदान गरेका १२ जना लाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।


न्यू योर्क सिटी डिष्ट्रिक्ट २६ का काउन्सिल मेम्बर जुली वोनले नियमिति स्वयंसेवक गर्ने बालिकाहरु फिनिक्स राना मगर, निमिका थापा मगर, ओजाश्री गुरुङ, रक्षा गुरुङ, शिला गुरुङ, इभा श्रेष्ठ, रितिशा गुरुङ, मेलिाशा गुरुङ, त्रिरत्न गुरुङ, सुष्मा गुरुङ, शेल्बी गुरुङलाई प्रमाण पत्र प्रदान गरेका थिए ।


त्यस्तै, न्यू योर्क सिटी सहरका मेयर एरिक एडम्स प्रतिनिधीहरु सुकरानी तथा गिल्वर्ट होले दि गुरुङ (तमु) सोसाइटी इंक युएसए संस्था तथा सोसाइटीमा आवद्ध रही संस्कार र संस्कृति संरक्षण गर्न र संवद्र्धन गर्न योगदान पुर्याएको उल्लेख गर्दै ११ जना स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । सम्मानितहरूमा अशोक गुरुङ, ओम बहादुर गुरुङ, अलिशा गुरुङ, अञ्जित गुरुङ, तुलसी प्रसाद गुरुङ, गौतम गुरुङ, विजय गुरुङ, विजय गुरुङ (बी), भक्त गुरुङ, लिल गुरुङ तथा मच्छेदेवी गुरुङलाई संयुक्त रुपमा प्रशंसापत्र प्रदान गरिएको थियो ।


डेमोक्रेटिक पार्टीको नेता तथा न्यू योर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले गुरुङहरुको संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएकोमा सोसाइटीको प्रशंसा र ल्होछारको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरे ।


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) का अध्यक्ष राज कुमार विष्टले ल्होछारको शुभकामना व्यक्त गर्दै ल्होछार मनाउने सबै समुदायले संयुक्त रुपमा एउटै दिन ल्होछार मनाउन सोसाइटीले पहल गर्नु पर्ने बताए । हाम्रो चाड पर्व, रितिरिवाज हाम्रो संस्कार र संस्कृतिलाई जोगाउने र संरक्षण गर्न युवा पुस्तालाई हस्तान्तरण गर्न जानकारीमुलक कार्यक्रम गरिनु पर्ने तर्क गरे । पहिचानको आन्दोलनमा आदिवासी जनजाति एक हुनु पर्ने अध्यक्ष विष्टको भनाइ छ ।


सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङले विदेशी भूमिमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरुको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको जानकारी दिए । अध्यक्ष गुरुङले आगामी दिनमा सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितको लागि काम गर्ने बताए ।


गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेना परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि गुरुङ सोसाइटीले ल्होछार वार्षिक रुपमा मनाउँदै आएको छ । कार्यक्रममा युवा बालबालिकाहरुको क्षमता अभिवृद्धि गदै जानका लागि तमु स्कुल युथ क्लब गठन गरेको जानकारी दिंदै बालकालिकाहरुलाई स्टेजमा प्रस्तुत गरेका थिए ।


क्लबका स्पीकर रितिशा गुरुङले ल्होछारको शुभकामना दिंदै क्लबका सदस्यहरुलाई परिचय गराएका थिए भने क्लबका संयोजक मेलिशा गुरुङले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेर्ना गर्न र बालबालिकाहरुबीच नेटवर्क विस्तार गर्दै विभिन्न शैक्षिक भ्रमण स्वरुप कलेज टुर गर्न, फुड ड्राइभ लगायत कार्यक्रम गर्ने जानकारी दिइन् ।


सोसाइटी सचिव मच्छेदेवी गुरुङले गुरुङहरुको जनसंख्या अनुसार राज्यका हरेक निकायमा गुरुङहरुको उपस्थिति हुनु पर्ने बताउँदै ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने आन्दोलनको रुपमा लिनु पर्ने बताइन् । विदेशी भूमिमा ल्होछार मनाउँदा, नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिदै सम्पूर्ण गुरुङ जातिलाई एक आपसमा आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरुलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको सचिव गुरुङको भनाइ छ ।


सोसाइटीका उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरे । ल्होछार कार्यक्रम २०८० का संयोजक तथा सोसाइटीका कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण सल्लाहकारहरु, बुबा आमा, दाजुभाइ, कार्यसिमिति सदस्यहरु, कलाकारहरु, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे ।


कार्यक्रममा न्यू योर्क, न्यू जर्सी, न्यू ह्याम्प्सायरका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, सोसाइटीले विभिन्न क्षेत्रमा पिएचडी (डक्टरेकट इन फिलोसोफी ) तथा एमडी गर्ने गुरुङहरुलाई सम्मान गरेको छ । गुरुङ समुदायबाट विभिन्न विश्व विद्यालयमा प्रोफेसर, डाक्टर तथा न्यायधिस बनेका गुरुङहरुलाई उहाँहरुको बिषय विज्ञताको कदरस्वरुप रिकग्निसन सम्मान गरेको हो । सम्भवत: अमेरिकामा दक्षिण एशियाकै पहिलो न्यायधिस रिना गुरुङ, डेन्डटल डा. सुलोचना गुरुङ, डा. सुखबहादुर गुरुङ (पिएचडी), डा. चन्दन गुरुङ, डा. महेशकुमार गुरुङ (पिएचडी), डा. रसकुमारी गुरुङ (पिएचडी), डा. सन्तोष गुरुङ (पिएचडी), डा. कुमार गुरुङ (पिएचडी), डा. प्रज्वल गुरुङ (पिएचडी), डा. सीताजी गुरुङ (एमडी., एमपीएच., पिएचडी), डा. सबिन गुरुङ (एमडी) लाई सम्मान गरेको हो । गुरुङ समुदायबाट पिएचडी गर्ने सबै सोसाइटीको गहना भएको र उहाँहरु युवा पुस्ताका लागि प्रेरणा भएकोले पनि उहाँहरुसँग सोसाइटीले सम्बन्ध विस्तार गर्दै जानुपर्ने सोसाइटीको विश्वास छ ।


कार्यक्रममा संस्थाको आजीवन सदस्यता लिएका १० जनालाई संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यस बर्ष अञ्जित गुरुङ तथा धनकाशी गुरुङ, बिन्दु गुरुङ, चुगा गुरुङ तथा अरानी गुरुङ, हिरालाल गुरुङ तथा दावा तामाङ गुरुङ, डिल्ली गुरुङ तथा स्मिता गुरुङ, राजेन्द्र कुमार गुरुङ तथा सुमित्रा गुरुङ, टिक माया गुरुङ, खड्क गुरुङ तथा मीना गुरुङ, र नविन गुरुङले सोसाइटीको आजीवन सदस्यता लिएका थिए ।


जुली वोनले स्वयंसेवक ११ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिन् । कार्यक्रममा गुरुङ सोसाइटी अफ न्यूह्याम्प्सायरका अध्यक्ष हितमान गुरुङ सहित २४ जना सहभागी थिए । त्यस्तै कार्यक्रममा राफल टिकट अन्तर्गत पहिलो, दोश्रो तथा तेश्रो विजेताले नगद पुरुस्कार प्राप्त गरेका थिए ।



कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय नाच मार्फत उपस्थित सबैलाई स्वागत गरिएको थियो । ल्होछार कार्यक्रमका लागि स्टेजलाई मौलिकपन झल्कने तथा गाउँघरमा जस्तै परम्परागत शैलीमा देखाउनका लागि पराल, आँखीझ्याल, डोको, मादल, झ्याली, ढोल, पेरांगो लगायतका सामग्री प्रयोग गरिएका थिए ।

कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेमा नायिका रञ्जिता गुरुङ र संस्थाका सकृय युवा कलाकार सागर गुरुङ, वरिष्ठ नृत्यांगना तथा मोडल गीता राई गुरुङ, र वसन्ती राईको नृत्य, मेरो भोइस कप सिजन २ का टप ७ सम्राट गुरुङ तथा नेपाली आधुनिक गीत संगीतका चर्चित गायक शिव परियारको प्रस्तुति विशेष आकर्षण बन्यो ।



नायिका रञ्जिता गुरुङ र संस्थाका सकृय युवा कलाकार सागर गुरुङले चर्चित गीत पिरतीको मिठो तिर्सनामा नृत्य प्रस्तुत गरेका थिए, साथमा कलाकारहरु, फिनिक्स राना मगर तथा निमिका थापा मगरले साथ दिएका थिए । स्थानिय कलाकारहरु, फिनिक्स राना मगर तथा निमिका थापा मगरको नेपाली आधुनिक गीतमा बेजोडको प्रस्तुति गरेका थिए । त्यस्तै, न्यू योर्कमा २५ बर्षदेखि निरन्तर रुपमा नृत्य प्रस्तुत गर्दै आएकी चर्चित नृत्यागंना वसन्ती राईले बेबी वसन्ती गीतको को प्रस्तुतिले हलमा उपस्थित दर्शक तथा माहोललाई तताएको थियो । गुरुङ कलाकार रुथमान गुरुङले कमेडी नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरु श्रुती गुरुङ, त्रिरत्न गुरुङ, सागर गुरुङ र सोमेस गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, वरिष्ठ कलाकार तथा मोडल गीता राई गुरुङले नेपाली मिक्स गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकको वान्स मोर वान्स मोर हुटहुटीले हलका दर्शकलाई थप तताएको थियो ।



त्यस्तै, बाल कलाकारहरु शीला गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले लौन यो मन बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, ङोलोसो राम रानी बोलको गीतमा श्रुती गुरुङ, सुष्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सोहाना तामाङ र त्रिरत्न गुरुङले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, डा. रस कुमारीको सौजन्य स्वरुप मनोज गुरुङ तथा चन्दा गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।


त्यस्तै, मगर संघ अमेरिका न्यू योर्क च्याप्टरले सौजन्य स्वरुप कौडा नृत्य प्रस्तुत गरेका थिए जसमा स्मृति बुढा मगर, रेञ्जु छन्त्याल, हाङछुमा कुलुङ, श्री मोक्तान, श्रृष्टि रोकाले नृत्य प्रस्तुत गरेका थिए ।


कार्यक्रममा आमा टोलीका गोरी गुरुङ र लक्ष्मी गुरुङले रिमै बोलको गीतमा नृत्य प्रस्तुत गरेमा थिए ।


कार्यक्रममा वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मी र नृत्य निर्देशक गोविन्द राई, शीला गुरुङ तथा गौरी लामाले कोरियोग्राफी गरेका थिए । यसैबीच, गिनिज वल्र्ड रेकर्ड राखिसकेका पार्कर दिनेश सुनारले पनि नृत्य प्रस्तुति गरेका थिए । साथै, सुरेखा गुरुङले तृष्णा गुरुङको गाइने बोलको गीत गाउँदा गौत गुरुङले गिटार बजाएर साथ दिएका थिए । साथै, मेरो भोइस कप सिजन २ का टप ७ सम्राट गुरुङले ४ वटा गीत प्रस्तुत गर्दा के युवा, के प्रौढ सबै दर्शक वान्स मोर वान्स मोर भन्दै गीतको तालमा नाँचिरहेका थिए । नेपाली आधुनिक गीतका चर्चित गायक शिव परियारले संगी, पिलायो साथीले लगायत गीत प्रस्तुत गर्दा ६ सयभन्दा बढी संख्यामा उपस्थित रहेका दर्शकको भीड बिहानको २ बजेसम्म रोमान्चित देखिन्थ्यो ।


गुरुङहरुले हरेक बर्ष पुष १५ लाई नयाँ बर्षको रुपमा मनाउने गर्छन् । विश्वभर रहेका गुरुङहरुले पुष १५ मा विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएका छन् । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ ।


आजका युवा भोलीका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ । गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यू योर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यू योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । न्यू योर्कमा ल्होछारको यो २४ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रिय स्तरमा चिनाउन पनि वर्षेनी तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ ।


कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । विगतमा सामूहिक रुपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउँदै गरिन्थ्यो । ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले दिदैं आएको सार्वजनिक विदा कटौती गरेको प्रति विश्वका सम्पूण गुरुङहरुले विरोध गर्दै सार्वजनिक विदा कायम गर्न माग गर्दै आएको छ । पुष १५ मा विश्वभरीका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएको छ । न्यू योर्क र न्यू जर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भर्चुवल रुपमा ल्होछार आयोजना गरिएको थियो ।


कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रम सुरेखा गुरुङ र केभिन गुरुङले सञ्चालन गरेका थिए ।


-Machchhe D. Gurung in New York

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page