top of page

स्यावास्, न्यू योर्कका दिलैको राजा लिला राईको अर्को एक मानवीय उदाहरण! बैंकलाई फिर्ता गरे ८० हजार डलर!

Writer's picture: Nepalism.comNepalism.com

Updated: Oct 10, 2024

Updated: Exclusive:  अमेरिकाको न्यू योर्क सहर निवासी सच्चा नेपाली छोरो लिला राईले गरेका मानवीयताको अनेकौं उदाहरण छन्, चाहे कोरोना महामारीको बेलामा सित्तैमा हजारौं टायानल औसधी वितरण गर्दाको होस् या जन्मथलो भोजपुरमा विद्यालय भवन निर्माण होस् लिलाले निरन्तर मानवीयताको उदाहरण पेश गर्दै आएकाछन्। तर आज बुधवार अक्टोवर ९ तारिख घटेको एउटा अनौठो घटनाले उनको निःस्वार्थी मन, ईमानदारिता र मानवताको अर्को नमूना बनेकाछन्। लिलाले आफूले सन् २००० देखि ग्रोसरी स्टोर संचालन गर्दै आएको स्टोरको जग्गा साढे दुई मिलियन (पचिस लाख) डलरमा भर्खरै किनेका थिए। सोही मेसोमा उनलाई वीस हजार डलर तु चाहिएकोले न्यू योर्कको एल्मण्टस्थित बेथपेज फेडेरल क्रेडिट युनियन (बैंक) मा रहेको आफ्नो कम्पनीको खाताबाट वीस हजार डलर निकाल्न गएका थिए। तर बैंक म्यानेजरले एउटा पोकोमा वीस हजारको सट्टा एक लाख डलर दिएर पठाए। उनी हतारमा भएकाले घरमा आएर गन्दा असी हजार बढी पैसा आएको थाहा पाए। लिलाले तुरून्त बैंकमा गएर आफूलाई भूलबस दिईएको असी हजार डलर बैंक म्यानेजरलाई भेटेर फिर्ता दिए। ति बैंक म्यानेजरले के भनिन्? जवाफमा लिला राईले के जवाफ दिए? स्यावास्, सच्चा नेपाली छोरोलाई। लिला राई नेपालिजमको सन् २०२० को चुनिएका परिवर्तनका संवाहक (ChangeMaker) पनि हुन्। सविस्तार नेपालिजम डट कममा पढ्नुहोस्।

Lila Rai with Kristina Dawkins, Branch Manager (right) at Bethpage Federal Credit Union, Elmont, New York. Photo courtesy: Lila Rai


“तपाईले आज ईमानदारिता र मानवता अझै मरेको छैन भन्ने प्रमाणित गरिदिनु भो।”

-क्रिस्टिना डकिन्स, ब्रान्च म्यानेजर, बेथपेज फेडेरल क्रेडिट युनियन, एल्मन्ट, न्यू योर्क


लिला राईले फिर्दा दिएको पैसा लिंदै बेथपेज फेडेरल क्रेडिट युनियन, एल्मनकि ब्रान्च म्यानेजर क्रिस्टिना डकिन्सले धन्य हुँदै भनिन्- “तपाईले आज ईमानदारिता र मानवता अझै मरेको छैन भन्ने प्रमाणित गरिदिनु भो। तपाईले हामी कहाँ आएर नदिन पनि सक्नु हुन्थ्यो।तपाईले हाम्रो जागिरनै बचाईदिनु भो। म तपाईलाई डिनर खुवाउँछु, म तपाईले मागेका कुनै पनि कुरा दिन तयार छु।”

“मलाई अर्काको धन सित्तैमा एक सुका लिनु छैन।”

-समाजसेवी एवं व्यावसायी लिला राई


लिलाले नेपालिजमसंग भने- “मैले त्यो पैसा लिने कुरै थिएन। त्यो पैसाभन्दा बढी समाजको हीतको निम्ति डोनेसन गरियो होला। मलाई अर्काको धन सित्तैमा एक सुका लिनु छैन। म मिहिमेत गरेर खाने मान्छे हूँ। मेरो ग्रोसरी डेली स्टोरमा बस्ने कुर्सी हुँदैन। चौविस वर्ष मैले उभिएरै सामान बिक्री गरेको छू। जे कमाएकोछु, पौरख गरेर कमाएको छु।”


लिला राईले गरेको मानवीय सहयोगहरूबारे नेपालिजमको रिपोर्ट पढ्नुहोस्ः

कोरोना महामारीमा करूणा देखाउने न्यू योर्कका एक उदाहरणीय नेपाली छोरो


Exclusive: कोरोनाभाईरस महामारीले आक्रान्त न्यू योर्कवासी नेपाली समुदायलाई अमेरिकी डलर $३,२०० भन्दा बढी मूल्य बराबरको ६,७०० (६५ बक्स) टायनोल औषधी र दुई दर्जन थर्मोमिटर, सयौं मास्क र ह्याण्ड ग्लबस् सित्तैमा प्रदान गरी मानवीयताको उच्च उदाहरण देखाउने न्यू योर्कका नेपाली छोरो लिला राई (Lila Rai) को नाम न्यू योर्कका हजारौं नेपालीहरूले कहिल्यै बिर्सिनेछैनन्। उनले नेपालीजम डट कमलाई भने- “न्यू योर्कका सबै नेपालीसंग पैसा त थियो तर टायनोल पाउन जति पैसै तिरेपनि असम्भव थियो। मेरो ग्रोसरी स्टोर भएकोले सप्लाई चेनलाई कन्भिन्स गरेर टायनोलको कमी हुन दिईन र आए जति सबै नि:शुल्क बाँडी रहेकोछु।” अरूलाई सहयोग गर्न हरदम अघि बढिरहने व्यावसायी लिला राईले कोरोना महामारीको बेला गरेको सहयोगको जति प्रसंशा गरे पनि कमै हुन्छ।


को हुन् लिला राई?


बाँकी समाचारको लिंकमा पढ्नुहोस्।


Read परिवर्तनका संवाहक (ChangeMakers) 2020ः


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page