top of page

नेपालकी पूर्व युवराज्ञी, फेसनिष्टा हिमानी शाह र उनको समाजसेवाको प्रभाव प्रवासमा पनि बढ्दो किन छ?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Nov 11, 2022


Updated: Exclusive: अमेरिकामा हिमानी ट्रष्ट युएसएको स्थापना यसै सालको जनवरीमा डेमोक्रेटिक पार्टीका डिसी क्षेत्रमा नाम कहलिएका नेपाली हरि शर्माको नेतृत्वमा भएको खवर धेरैलाई अपत्यारिलो लागे पनि न्यू योर्क सहरमा समेत हिमानी ट्रष्टको च्याप्टर नेपालीहरूको सकृयतामा खोलिएपछि नेपालकी पूर्व युवराज्ञी हिमानी शाहको क्रेज र उनको समाजसेवाको प्रवासमा समेत प्रभाव बढ्दो छ। च्यारिटीमा उनले बेलायती राजकुमारी लेडी डायनाको पदचाप पहिल्याउँदैछिन् । उसो त, नेपाली मिडियाले नेपालकी सबैभन्दा सुन्दरी नेपाली नारीकोरूपमा घोषित हिमानी सुन्दरता र फेसन सेन्सको लागि पनि उत्तिकै चर्चित छिन्। दोलखामा खानेपानी वितरण गर्न जाँदा उनको बेली बटन (नाईटो) मा देखिएको फेसन रिंगको फोटो होस् या मठमन्दिरमा दत्तचित्त भई पूजा गर्दै गरेको (कभर फोटो हेर्नुहोस्), या, तीन सन्तानकी आमा बनीसकेकी पूर्व युवराज्ञी हिमानी शाहलाई जनकपुरमा स्कूलका विद्यार्थीहरूसंगै बेन्चमा बसेर समाजसेवामा लागिपरेको देख्नेहरूले उनको सामाजिक कर्महरूमा शंका गर्ने ठाउँ नभएको बताउँछन्। तर विगत तेत्तिस वर्षदेखि बहुदलीय व्यवस्थाको स्वाद चाखेका नेताहरूले हिमानीको समाजसेवाको पछाडी पूर्व राजा ज्ञानेन्द्रको कुटिल चाल रहेको भनेर हिमानीको खुब बिरोध गर्दछन्। हिमानीको समाजसेवाको विरोधको कुनै तुक छैन।


सन् २०१० मा स्थापना भएको हिमानी कोषको च्यारिटीको प्रभावलाई विकिपिडियाले नेपाल सरकारले गर्न नसकेको सामाजिक कार्यहरू गरेको भनेको छ, “With the abolition of monarchy, the former crown princess has dedicated much of her time to social works through Himani Trust and is believed to have done more social work that the government.” स्रोतः https://en.wikipedia.org/wiki/Himani_Shah


हिमानी कोषको सामाजिक कार्यहरूको विवरण हेर्दा पूर्व युवराज्ञी हिमानीले डर्टी पोलिटिक्स गर्न या राजतन्त्र फर्काउने दाउपेचमा समाजसेवा गरीरहेको भनेर शंका गर्ने ठाउँ छैन। हेर्नुहोस्ः https://himanitrust.org.np/projects-2/


बरू सकिन्छ भने हिमानीले जसरी समाजसेवामा लाग्न सबै फेसनिष्टा र धनाड्यहरूलाई उक्साउने कि?

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page