top of page

मरेपछि के हुन्छ- फेसबुकलगायत सोसल मिडिया र डिजिटल एकाउण्ट? कसरी अजम्बरी (memorialize) राख्न सकिन्छ?

Writer's picture: Nepalism.comNepalism.com

-Pradeep Pariyar Thapa

Updated: Exclusive: मान्छे जन्मिदा एउटा कुरा मात्र ग्यारेण्टी हुन्छ त्यो हो- मृत्यू। हामीले वर्षौंदेखि हाम्रो जीवनका महत्वपूर्ण कुराहरू फेसबुक लगायत सोसल मिडिया र डिजिटल एकाउण्टहरूमा पोष्ट या अपलोड गर्दै आएका छौं। तर कथंकदाचित हाम्रो अकस्मात मृत्यू भयो भने ति एकाउण्टहरूलाई मृत्यूपछि पनि सदाको लागि के कसरी अजम्बरी (memorialize) गर्न सकिन्छ? खुशीको कुरा, फेसबुक, ईन्सटाग्राम, ट्वीटर लगायत सोसल मिडियामा ति एकाउण्ट र पोष्टहरूलाई अजम्बरी (memorialize) गर्न सकिने व्यवस्था छ।तर आफ्नो मृत्यूपछि कसले ति डिजिटल एकाउण्टहरू सन्चालन गर्न सक्छन् भन्ने कुरा हामी सबैले बेलैमा निर्णय गरी Legacy Contact संचालनकर्ता तोक्नु पर्ने हुन्छ। उत्तराधिकारीले गोप्य मासेजहरू हेर्न र लग ईन गर्न पाउँदैन, चिन्दा नलिनुस् ति गोप्यनै रहन्छन्। त्यसो गर्न ढिलाई नगरौं। यो प्रक्रियालाई आफ्नो सम्पत्तिको ईच्छापत्र (will paper) बनाएर उत्तराधिकारी तोके जस्तै ठानौं। आफ्नो डिजिटल यशकृति अजम्बरी बनाऔं।


सामयिक प्रसंग


पावरलिफ्टिंगमा विश्वकै शक्तिशाली खेलाडी बनेका नेपाली प्रतिभा ५१ वर्षीय रूप कार्कीको हृदयघातबाट असामयिक निधन भएपछि मृत्यूरूपी कालले जतिसुकै पहलमान, शक्तिशाली र स्वस्थ्य व्यक्तिलाई पनि छोड्दैन भन्ने पुन: प्रमाणित भएकोछ। स्व. कार्कीको निधनपछि उनको प्रोफेसनल खेलाडी जीवनको सबै कुराहरू पोष्ट भएको उनको फेसबुक एकाउण्ट अब के हुन्छ भन्ने प्रश्न उठ्नु स्वभाविक छ। उनले पनि हामी कयौंले जस्तै पक्कै पनि फेसबुक एकाउण्ट र पोष्टहरूलाई अजम्बरी (memorialize) गराउन Legacy Contact संचालनकर्ता तोकिसकेका छैनन्/थिएनन् होला।


लारी किंगको लिगेसी


भर्खरै (जनवरी २३) मा विश्व प्रसिद्ध अमेरिकी टेलिभिजन प्रस्तोता लारी किंगको ८७ वर्षको उमेरमा निधन भएकोछ। उनको भेरिफाईड फेसबुक एकाउण्ट/पेजमा ३ लाख, ५३ हजार, ९६३ बाट लाईक र फलो गरिएकोछ। उनको पोष्ट अपडेट गत वर्ष सन् २०२० को अक्टोवर २८ तारिख यता गरिएको छैन भने जनवरी २३ मा उनको निधनपछि उनको निधनबारे श्रद्धांजलि पोष्ट गरिएकोछ। त्यसैगरी उनको ट्वीटर एकाउण्टमा २.४ मिलियन (चौबीस लाख) फलोयर छ। उनी जिवित छँदै गत नोवेम्बर २६ मा Happy Thanksgiving ! भनेको ट्वीटपछि आज जनवरी २३ मा उनको निधनपछि उनको निधनको घोषणा गर्दै फोटो र उनको कम्पनीको प्रेस विज्ञप्ति प्रकासन गरिएकोछ। सम्भवत: उनको ट्वीटर एकाउण्ट र ट्वीट र फेसबुक एकाउण्टलाई अजम्बरी (memorialize) गराईन्छ होला।


फेसबुक एकाउण्ट अजम्बरी (memorialize) बनाउने तरिका


हामीले आफ्नो जीवनका सबै पक्ष पोष्ट्याउने लोकप्रिय सोसल मिडिया फेसबुकले हाम्रो फेसबुक एकाउण्टलाई हाम्रो निधनपछि पनि अजम्बरी (memorialize) गर्न सकिने व्यवस्था गरेकोछ। त्यो सुविधा प्रयोग गर्न निम्नानुसार प्रकृया अपनाउनु पर्ने हुन्छ:


(१) फेसबुकको सेटिंग्स एण्ड प्राईभेसी (Settings & Privacy) मा जाने।

(२) त्यसपछि सेटिंग्स (Settings) मा जाने।

(३) त्यसपछि Account Ownership and Control मा जाने।

(४) त्यसभित्र Memorialization Settings मा जाने।

(५) त्यभित्र Legacy Contact संचालनकर्ता १८ वर्ष उमेर पुगेको व्यक्ति चुन्ने।

(६) Legacy Contact संचालनकर्ताले व्यक्तिको निधनपछि भेरिफिकेसनपछि मात्र उसको एकाउण्ट संचालन मोडरेसन गर्न या सदाको लागि बन्द गर्ने प्रकिया अघि बढाउन सक्छ।

(७) Legacy Contact संचालनकर्ताले उसको आफ्नै एकाउण्टबाट स्वर्गवासी व्यक्तिको एकाउण्ट संचालन गर्ने व्यवस्था छ।

(८) Legacy Contact संचालनकर्ताले स्वर्गवासी व्यक्तिको एकाउण्ट लग ईन (log in) गर्न र मेसेन्जरमा स्वर्गवासी व्यक्तिले आफ्नो जीवनकालमा गरेका अनेकानेक गोप्य मेसेजहरू हेर्न, पढ्न सक्नेछैन।

(९) Legacy Contact संचालनकर्ताले स्वर्गवासी व्यक्तिको एकाउण्टमा रहेका साथीहरू हटाउन र नयाँ फ्रेण्ड रिक्वेस्ट गर्न सक्नेछैन।

(१०) यदि आफ्नो निधनपछि व्यक्तिले एकाउण्ट सदाको लागि हटाउन (permanently delete) गर्न चाहन्छ भने Legacy Contact चुन्ने (assign) गर्ने पेजमा Delete Account After Death प्रकृया अपनाउन सकिने व्यवस्था छ।


डिजिटल स्वामित्व हस्तान्तरण (Digital inheritance)


यो कानूनी व्यवस्था अन्तर्गत डिजिटल रूपमा रहेका सम्पत्तिहरू (digital assets): उदाहरणको लागि बैंक एकाउण्ट र पासवर्ड, लेखन सामाग्री, डिजिटल फोटो, भिडियो, ईमेल एक्सेसलगायत व्यक्तिको मृत्यूपछि कानूनीरूपमा उत्तराधिकारी, हकवाला तोकिएको प्रमाणित व्यक्तिले एक्सेस प्राप्त गर्न सक्ने हुन्छ। यो प्रक्रिया डिजिटल जमानाका हामी जोकोही सबैले अपनाउनु जरूरी छ। भोली भनेर नपर्खियौं, जिन्दगीको भरोसा क्षणभंगुर छ। आजको अहिलेको पल मात्र हाम्रो हातमा छ, केहीबेरपछि आउने क्षण अभर छ, अनित्य छ। सविस्तार तलको लिंकहरूमा पढ्नुहोस्।


अनित्य जीवन


महामानव बुद्धले संसारमा सबै चिज अनित्य छ भनेर छब्बीस सय वर्ष अघि भने पनि हामी चैं कहिल्यै नमर्ने झैं गरी लोभ, लालच, ईर्श्या, डाह गर्छौं। उहिले आफ्ना बाउबाजे (आमाबजै) को श्रीसम्पत्ती, यशकृति पुस्तादरपुस्ताले संरक्षण गर्ने, बचाई राख्ने गरिन्थ्यो। अचेल सुखजिलो जीवन जिउने लालसामा नयाँ पुस्ताले आप्रवासी बनेर पुराकापुरा जिन्दगी प्रवासमा बिताउने र आफ्ना आमाबाबा, नातागोता र आफन्तीहरूसंग जीवनपर्यन्त भेट्न नसक्ने कटु यथार्थ भएको छ। त्यातिमात्र कहाँ हो र ! आफ्नो कमाई, श्रीसम्पत्तिको सम्पूर्ण रेकर्ड, डिजिटल एकाउण्ट, आफ्ना रचनाकृति, फोटो भिडियो सम्पूर्ण डिजिटली क्लाउड होस्टिंग सर्भरमै रहने डिजिटल जीवनपद्धती शुरू भैसक्यो। डिजिटल फोटोग्राफी र स्मार्टफोनको आमप्रचलनपछि मैले सन् २००७ यता कुनै पनि फोटो प्रिन्ट गरेको छैन। भनेपछि, प्रिन्ट फोटोहरूको एल्वम हुने कुरै भएन। मैले विगत १०-१२ वर्षमा खिचेका जति पनि हजारौं (लाखौं?) फोटो, भिडियोहरू कि एक्सटरनल हार्डड्राईभ, कि आईक्लाउड या गुगल ड्राईभ (गुगल फोटो) मा अटोमेटिक अपलोड सेटिंगबाट निरन्तर दैनिक र हरक्षण अपलोड गरिएकाछन्। हामीले दैनिक प्रयोग गर्ने क्रेडिट, डेबिट कार्ड र डिजिटल वालेटको यति आमप्रचलन भयोकि खल्तीमा दुईचार डलर नोट रकम बाहेक सय पचास डलरको नोट नबोकी हिडेको पनि वर्षौं भो। त्यसैले डिजिटल जीवनपद्धतिको अचेलको जमानामा आफ्नो डिजिटल श्रीसम्पत्ति, यशकृति र सोसल मिडिया एकाउण्टलाई आफू अकस्मात अपाहिज या निधन हुन गएको अवस्थामा के हुन्छ या के गर्ने विषयमा समयमै सचेत हुन जरूरी भएकोछ।


फेसबुकमा मृत्यूपछिको प्रकिया:


ट्वीटरमा मृत्यूपछिको प्रकिया:

ईन्सटाग्राममा मृत्यूपछिको प्रकिया:


Digital Property Frequqently Asked Questions


What will happen to my online accounts such as email, social media and digital music services when I die?


Digital Inheritance:

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page