top of page

न्यू योर्कको नेपाली परिवारका ३ सदस्यको हरिकेन आईडाको वर्षातले बेसमेन्ट कोठा डुब्दा मृत्यू

Writer's picture: Nepalism.comNepalism.com

Updated: Tribute! न्यू योर्क: अमेरिकामा न्यू योर्क सहरको कुईन्स उडसाईड ६४ स्ट्रिटमा रहेको घरको जमिनमुनिको बेसमेन्ट अपार्टमेंटमा बसोबास गर्ने एउटै नेपाली परिवारका तीन सदस्यहरूको हरिकेन आईडाको कारण आएको मुसलधारे पानीको डुबानमा परी सोही अपार्टमेंटमै कारूणिक र अकल्पनीय निधन भएकोछ। नेपालमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भएका ५० वर्षीय आङ गेलु लामा, उनकी ४८ वर्षीय श्रीमति मिङमार शेर्पा र उनीहरूको एक मात्र सन्तान, १९ महिनाको छोरो लोप्साङको गत बुधवार सेप्टेम्बर १ तारिख राति बेसमेन्ट अपार्टमेंटमा छिरेको पानीमा डुबेर मृत्यू भएको प्रहरीले जानकारी गराएकोछ।


युनाईटेड शेर्पा एशोसियसन न्यू योर्कका निवर्तमान अध्यक्ष उर्गेन शेर्पाका अनुसार उनको कार्यकाल सन् २०१७-२०१९ को कार्य समितिमा सदस्य रहेका दोमी लामा जो स्वर्गीय आङ गेलु लामाका दाई हुन्, उनी बुधवार विहान आफ्नो भाईको घर पुग्दा पुलिसले तीनै जनाको शब पोष्टमार्टमको लागि लगिसकेको र अहिलेसम्म (सेप्टेम्वर ३) सम्म मृत्यूको सर्टिफिकेट र रिपोर्ट प्राप्त भैनसकेको नेपालिजमलाई बताए।


उर्गेन शेर्पाका अनुसार, उडसाईड सहरको स्व. आङ गेलु लामाको परिवार बसेको घर चाईनिज अमेरिकनको रहेको, सो रात पानी पहिलो तल्लासम्म आएको र तेश्रो तल्लाको परिवारले स्व. लामाको परिवारलाई माथि आउन सुझाएको बताए। उनले त्यो घरको वरिपरी ठूलो साईजको एसयूभी कारनै डुब्ने गरी पानी जम्मा भएको र एक्कासी धेरै मात्रामा बाढीको पानी जमिनमुनि रहेको उक्त बेसमेन्ट कोठामा प्रवेश गरी बन्दाबन्दी भएको हुन सक्ने अनुमान लगाए।


यसैबिच, न्यू योर्क सहरवरीपरीका मात्र हैन अमेरिकाभरका नेपालीहरू यो दुःखद घटनामा परी असामयिक निधन भएका स्व. लामा र उनको परिवारको कारूणिक खबरले स्तब्ध र शोकाकुल बन्न पुगेकोछ।


न्यू योर्कमा कृयाशील प्रभावशाली नेपाली सामाजिक संस्था युनाईटेड शेर्पा एसोसियसनले एक प्रेस विज्ञप्ति जारी गरी उक्त घटनामा परी सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको भन्दै यस दुखद घडीमा दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको जनाएकोछ:


हार्दिक समवेदना !!!


सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्यु योर्कमा बसोबास गर्दै आउनुभएको आङ गेलु लामा उहाँका श्रीमती मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा सपरिवारको न्यु योर्कमा भएको बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ।


यस दुखत घडीमा दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति युनाईटेड शेर्पा एसोसियसन हार्दिक समवेदना प्रकट गर्दछ ।


युनाईटेड शेर्पा एसोसियसन

United Sherpa Associaiton


हरिकेन आईडाले अमेरिकाको ईतिहासमै छैठौं ठूलो (५० विलियन डलर बढी) आर्थिक क्षति पुर्याएकोछ भने लाखौं जनतालाई बिचल्ली पारेकोछ र ६० बढी ज्यान लिएर मर्मान्त पारेकोछ।

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page