top of page

Love & Compassion Conquer all: Humanity of Megastar Singer Rajesh Payal Rai

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jan 3, 2022


Exclusive: Nepal’s megastar singer Rajesh Payal Rai, 46, who‘s sung more than 5 thousands songs, forgiven his fan who tried to rough-hug on stage on New Year’s Eve solo concert in his name sake in New York after the fan said sorry while presenting traditional khada as goodwill gesture. After all, love & compassion conquer.


Singer Rai while publishing a recorded video of meeting with Pasang Dawa Sherpa, illusional fan in his Facebook page says,


“मानिस हो मानिसबाटै गल्ति हुन्छ ।

गल्ति स्विकार्नु पनि महानता हो । र उहा थोरै बिरामी हुनुहुन्छ । उहाको सिघ्र स्वास्थ्य लाभको कामना।

अब ऊप्रान्त उहालाई गाली गलोज नगर्न आग्रह गर्दछु ।


यहाहरूकै

राजेशपायल राई (हाल) अमेरिका”


नेपालका बहुचर्चित गायक राजेश पायल राईले नयाँ वर्ष सन् २०२२ को स्वागत सन्ध्या साँझ अघि सन् २०१४ मा अमेरिकामा पहिलो पटक आफ्नो एकल सांगितिक यात्रामा न्यू योर्क, डिसि, टेनेसी, पेन्सेल्भानिया र नर्थ डाकोटा लगायतमा ११ वटा शोहरु गरेर रेकर्ड कायम गरेका थिए भने सन् २०१६ फेरी न्यू योर्कका नेपालीहरूलाई धितमरून्जेल नचाउन सफल भएका थिए।

‘फैलियो माया दुबो सरी', 'सागर सरी चोखो माया', 'दर्शन नमस्ते' जस्ता दर्जनौं लोकप्रिय गीतहरुका बहुचर्चित गायक राजेश पायल राईले झण्डै ५ हजार गीतहरु गाईसकेका छन् भने ५ सयभन्दा बेशी नेपाली चलचित्रहरुमा गाईसकेकाछन् । नेपाली चलचित्रको संख्या झण्डै ९ सय रहेको छ र गायक राईले झण्डै ६० प्रतिशत चलचित्रमा गाउन सफल भएकाछन्।


आधुनिक, लोक पप, फ्यूजनलगायत बिबिध गायन पक्षमा गीत गाउन सक्ने भर्साटाइल क्षमताकाकारण गायन क्षेत्रमा शिखर चुम्न सफल भएका गायक राईले नेपाली श्रोताहरुलाई आफ्नोसफलताको श्रेय दिन्छन्।


गिती एल्बमहरु


गायक राजेश पायल राईका हालसम्म १७ वटा गिती एल्बम प्रकाशित भैसकेकाछन् । उनको मुर्छना (१९९५), पूर्वमा रंग छाडेछ (१९९५), जस्ट फर यू (१९९७), निगाह (१९९७), लब लेटर (१९९८), बैगुनी रैछौ मायालु (१९९९), जदौ (२००४), कामना (२००६), जदौ-२ (२००८), दर्शन नमस्ते (२००९), राई इजकिङ्ं (२०१०), तिमी नहुँदा (२०१०), जदौ-३ (२०११), मेड इन नेपाल (२०११), मुर्छना-२ (२०११), आसेवारो (२०११), दर्शन नमस्ते-२ (२०१३) र कामना (२०१९) एल्बमहरु प्रकाशित छन् ।


पुरस्कार, सम्मानहरु


तेह्र वर्षको उमेरमै रेडियो नेपालको भ्वाइस टेस्ट पास गरेका प्रतिभाशाली गायक राईले सन् १९९५ मै रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए भने बिभिन्न रेडियो-एफएमहरुबाट ८ पटक उत्कृष्ट बर्ष गायक (Best Singer of the Year) उपाधी जित्न सफल भएकाछन् । उनी नारायण गोपाल युवा संगित पुरस्कार, छिन्नलता युवा संगित पुरस्कार जस्ता दर्जनौं पुरस्कारद्वारा सम्मानित युवा गायक पनि हुन् ।


गायक राजेश पायल राई को हुन् ?


सन् १९७५ को सेप्टेम्ब र ३० मा पूर्वी नेपालको खोटाङ जिल्ला, बुईपा गाउँमा जन्मेका गायक राई अविवाहितै छन्। सन् १९९२ देखि गायन क्षेत्रमा निरन्तरलागि परेकाछन् । बृटिस गोर्खाली (१/६जिआर) लाहुरे बुवा रत्न राई (७६) र आमा सन्तलखी राई (६६) का काईलो छोरो गायक राईका ३ दाजू, १ दिदी र १ भाई छन् । उनका बुवा-आमा अहिले युके (बेलायत) मा बसोबास गर्दछन् । उनकाबुवा खोटाङ जिल्लाका पूर्व जिल्ला बिकास समिती सभापति पनि हुन् ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page