top of page

मगर संघ अमेरिकाको ८ औं महाधिवेशनद्वारा कुलदीप राना मगर पुन: अध्यक्ष निर्वाचित। ‘याँभू’ को प्रकाशन

Writer's picture: Nepalism.comNepalism.com

Updated: Exclusive: मगर संघ अमेरिकाको ८ औं महाधिवेशनद्वारा कुलदीप राना मगर केन्द्रीय अध्यक्षमा पुन: निर्वाचित भएकाछन्। न्यू जर्सी राज्यको सेवेल सहरमा जुलाई ३१ तारिख सम्पन्न महाधिवेशनमा सन् २००४ मा स्थापित संघले १७ वर्ष पुरा गरेको अवसरमा ‘याँभू’ मुखपत्रको दोश्रो अंकको प्रिन्ट र डिजिटल एप्स् संस्करण एकैसाथ प्रकाशन गरिएकोछ।

नव निर्वाचित केन्द्रीय कार्यसमिति निम्नानुसार रहेकोछ:


१.अध्यक्ष: कुलदीप राना मगर

२.वरिष्ठ उपाध्यक्ष: सुमन पुन मगर

३.उपाध्यक्ष (पूर्वि क्षेत्र): अनिल रोका मगर

४.उपाध्यक्ष (मध्य क्षेत्र) मिन दर्लामी मगर

५. उपाध्यक्ष (पश्चिम क्षेत्र): मनोनयन बाँकी

६. उपाध्यक्ष (भाषा): ईश्वरप्रशाद बुढा मगर

७. उपाध्यक्ष (महिला): जानकी थापा मगर

८.महासचिव: दीप सागर बुढा मगर

९.सचिव: पूर्णबहादुर पाईजा मगर

१०.कोषाध्यक्ष: विष्णु राना मगर

११.सह-कोषाध्यक्ष: विष्णु थापा मगर

१२.सदस्य: विदुर पुन मगर

१३. सदस्य: चन्द्रबहादुर गुरम्छान मगर

१४. सदस्य: ईमान थापा मगर

१५. सदस्य: कृष्ण राना मगर

१६. सदस्य: टेकबहादुर थापा मगर

१७.पदेन सदस्य: न्यू योर्क च्याप्टर अध्यक्ष

१८. पदेन सदस्य: न्यू जर्सी च्याप्टर अध्यक्ष

१९. पदेन सदस्य: डिएमभि च्याप्टर अध्यक्ष

२०. पदेन सदस्य: टेक्सास च्याप्टर अध्यक्ष

उक्त महाधिवेशनमा संघको मुखपत्र ‘याँभू’ को लोकार्पण संघका अध्यक्ष कुलदीप राना मगर र याँभूका प्रमुख सम्पादक एवं नेपालिजम डट कमका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले गरेका थिए। संघले यस अघि संघको स्थापना कालदेखिको दश वर्षलाई समेटेर ‘मगर संघ अमेरिका स्मारिका-२०१४’ र सन् २०११ मा याँभूको पहिलो अंक प्रकाशन गरी सकेकोछ।

मगर संघ अमेरिकाको हाल ५ राज्य च्याप्टरहरु छन्- न्यू योर्क, न्यू जर्सी, डिएमभि (डिसी/मेरील्याण्ड/भर्जिनिया), टेक्सास र सिकागो। यि बाहेक थप १० राज्यहरुमा सदस्यता वितरण गर्न सफल भएकोछ।

स्थापनाकालदेखि हालसम्म संघले ६ जना अध्यक्षहरूको नेतृत्व पाएकोछ: संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४-२००६); निलम गर्बुजा मगर (कार्यबाहक अध्यक्ष २००६-२००८); लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८-२०१२); क्या. दलबहादुर रोका मगर (२०१२-२०१५); रुद्र थापा आले मगर (२०१५-२०१८) र कुलदिप राना मगर (२०१८-२०२१ र २०२१-२०२३) रहेकाछन्।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page