top of page
Writer's pictureNepalism.com

मगर संघ अमेरिकाको ८ औं महाधिवेशन जुलाई ३१ तारिख हुँदै, ‘याँभू’ को प्रिन्ट र डिजिटल प्रकाशन गरिने


Upcoming: मगर संघ अमेरिकाको ८ औं महाधिवेशन न्यू जर्सी राज्यको सेवेल सहरमा आयोजना हुने भएकोछ। सन् २००४ मा स्थापित संघले १७ वर्ष पुरा गरेको अवसरमा महाधिवेशनको उद्घाटनसत्रमा ‘याँभू’ मुखपत्रको दोश्रो अंकको प्रिन्ट र डिजिटल एप्स् संस्करण एकैसाथ प्रकाशन गर्ने जनाएकोछ।


याँभूको प्रमुख सम्पादक नेपालिजम डट कमका प्रधान सम्पादक प्रदीप परियार थापा रहेकाछन्। संघले यस अघि संघको स्थापना कालदेखिको दश वर्षलाई समेटेर ‘मगर संघ अमेरिका स्मारिका-२०१४’ र सन् २०११ मा याँभूको पहिलो अंक प्रकाशन गरी सकेकोछ।


मगर संघ अमेरिकाको हाल ५ राज्य च्याप्टरहरु छन्- न्यू योर्क, न्यू जर्सी, डिएमभि (डिसी/मेरील्याण्ड/भर्जिनिया), टेक्सास र सिकागो। यि बाहेक थप १० राज्यहरुमा सदस्यता वितरण गर्न सफल भएकोछ।


स्थापनाकालदेखि हालसम्म संघले ६ जना अध्यक्षहरूको नेतृत्व पाएकोछ: संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४-२००६); निलम थापा मगर (कार्यबाहक अध्यक्ष २००६-२००८); लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८-२०१२); क्या. दलबहादुर रोका मगर (२०१२-२०१५); रुद्र थापा आले मगर (२०१५-२०१८) र कुलदिप राना मगर (२०१८-२०२१) रहेकाछन्।

0 comments

Comments


bottom of page