न्यू योर्कमा मगरले धुमधामसंग मनाए माघे संक्रान्ति पर्व
- Nepalism.com
- Jan 23, 2023
- 1 min read

Special (Video): न्यू योर्क- मगर संघ अमेरिका न्यू योर्क च्याप्टरले मगरहरूको राष्ट्रिय पर्व माघे संक्रान्ति धुमधामसंग मनाएकोछ। नेपाल सरकारको कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतमको प्रमुख आतिथ्यमा आयोजित साँस्कृतिक साँझमा उपस्थित सात सयभन्दा बढी पाहुनाहरूले परम्परागत मगर लोकगीतसंगीत र लोकनृत्यहरू सोरठी, कौडा/कौरा (चुट्का), झ्याउरे, टप्पा, सालैजो, स्यामु र पन्चे बाजाको प्रस्तुतिमा नेपालको झल्को पाए र खुव असेट मेटे।
मगर समुदायको माघे संक्रान्तिलाई नेपाल सरकारले बि.सं. २०६५ सालमा राष्ट्रिय चाडको रुपमा मान्यता प्रदान गरेको हो ।
माघे संक्रान्ति नेपालका अन्य समुदायले पनि धुमधामसंग मनाउने चलन छ।
Comments