top of page

जर्सी सिटीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुँदै, सिकौं, बचौं र बचाऔं, विश्वमा पौने अर्व पीडित !

Exclusive: अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरमा हड्सन स्पिक्स र नेपाली संस्थाहरूको सहआयोजनामा भोली आईतवार जुन ३० तारिख निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएकोछ। यो महत्वपूर्ण शिविरमा भाग लिएर नेपाली अमेरिकन समाजमा बिकराल बन्दै गएको यो अदृश्य मनोरोगको पहिचान र निदानबारे सिकेर आफू, आफ्नो परिवार र सिंगो समाजलाई मानसिकरूपमा स्वस्थ राख्न सक्षम बनौं। हार्वार्ड विश्वविद्यालयको एक रिपोर्ट (२०२३) मा प्रस्तुत नेसनल इन्स्टिट्यूट अफ मेन्टल हेल्थको तथ्यांक अनुसार अमेरिकी कूल जनसंख्याको हरेक पाँच जना मध्ये एक जनामा मानसिक रोग हुने गरेको बताईएकोछ। अर्थात, ५८ मिलियन (पाँच करोड असी लाख) जनता मानसिक रोगबाट पीडित र प्रभावित छन्। अमेरिकी सरकारी दातृसंस्था यएसएडका अनुसार विश्वका ८० प्रतिसत मानसिक रोगबाट पीडितहरूलाई मानसिक रोगको उपचार अत्यन्त न्यून र छँदैछैन। संयुक्त राष्ट्र संघको विश्व स्वास्थ्य संगठनको सन् २०१९ को तथ्यांक अनुसार विश्वमा ९७० मिलियन (९७ करोड)  जनता मानसिक रोगबाट पीडित छन्।


“In 2019, 970 million people globally were living with a mental disorder, with anxiety and depression the most common.” Source: https://www.who.int/health-topics/mental-health#tab=tab_1


“An estimated 58 million American adults — more than one in five — live with a mental illness such as anxiety, depression, bipolar disorder, post-traumatic stress disorder, or obsessive-compulsive disorder, among others. And more women than men receive treatment such as medication or counseling for such an issue, according to the National Institute of Mental Health.” Source: https://www.health.harvard.edu/mind-and-mood/blasting-through-mental-health-misperceptions


“Worldwide, more than 80 percent of individuals with mental health conditions have little or no access to the care they require.” Source: https://www.usaid.gov/inclusivedevelopment/mental-health

0 comments
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page