top of page

मिथिला चित्रकलामा कोरोना महारोगको मनोदशा प्रतिबिम्बित, न्यू योर्कका नेपाली चित्रकार नेपाल पुगेपछि

Writer's picture: Nepalism.comNepalism.com


Exclusive: कोरोना महारोगले विश्वभर नै आक्रान्त बनाएकोछ। संसारका १८१ मुलुक र क्षेत्रका ११ लाख ३४ हजार जनता यो महारोगबाट संक्रमित भएकाछन् भने ६० हजारको ज्यान गएकोछ।विश्वचर्चित नेपाली मिथिला चित्रकार अजित शाहले नेपालिजम डट कमको आग्रहमा कोरोनाको मनोदशा प्रतिबिम्बित हुने मैथिली जनजीवन झल्किने मिथिला चित्रकलाको सृजना गरेकाछन्। उनले 18”x24” साईजको एसिड फ्रि कागजमा मिक्स मिडियम (वाटर कलर र एक्रेलिक) प्रयोग गरेर मैथिली समाजको कोरोना मनोदशा चित्र कोरेकाछन्। यो चित्रकलाको सन्देश के हो? अमेरिकामा १४ वटा र विश्वभर दुई दर्जन मिथिला कला प्रदर्शनी गरी सकेका विश्वचर्चित अजित शाह को हुन्?


मिथिलाको मनोदशा


यो मैथिली चित्रकलामा देखिएका घर बाहिरका सबै पात्रहरूले मास्क लगाएकाछन्। दुई बालिका घरभित्र खेलीरहेकाछन्। यसका साथै, मिथिला समाजको सुन्दर गाउँले परिवेश झल्काईएकोछ।


विश्वचर्चित अजित शाह को हुन्?


मिथिला चित्रकार अजित शाह अमेरिकामा १४ वटा र विश्वभर दुई दर्जन मिथिला कला प्रदर्शनी गरीसकेका विश्वचर्चित नेपाली चित्रकार हुन्। उनी अमेरिकाको न्यू योर्क शहरमा बसोबास गर्दछन् र नेपालमा आफ्नो पुर्ख्यौली घर धनुषा जिल्लाको जनकपुरधाम-४ मा पनि आउजाउ गरि रहन्छन्।यतिखेर उनी नेपाल पुगेकाछन्। अमेरिकामा कोरोना महामारीको लकडाउन हुनु केही दिन अघि उनी नेपाल पुगेका हुन्।


सन् १९९७ मा जनकपुरमा आयोजित मिथिला चित्रकला प्रदर्शनीमा प्रथम पुरस्कार बिजेता अजित शाहलाई एक दर्जन पुरस्कारहरूका अलावा नेपाल सरकारद्वारा सन् २०१६ मा मिथिला कलाकारलाई पहिलो पटक प्रदान गरिएको राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्ने सौभाग्य मिलेकोछ। कलाकार शाहले नेपालमा झण्डै २० वटा एकल चित्रकला प्रदर्शनी गरेकाछन् भने अमेरिकामा १४, सन्सं २०१९ मा युक्त राष्ट्र संघ (UN), जापानमा ५, ईण्डियामा ३, मेक्सिकोमा २, अल्ट्रेलिया, सिंगापुर र श्रीलंकामा १/१ वटा एकल चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेकाछन्। विगत ३४ वर्षदेखि मिथिला आर्ट गर्दै आएका शाहले यसअघि विभिन्न हिन्दू देवीहरूको मिथिला चित्रकलामा चित्रण गरेकाछन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page