top of page

अमेरिकामा पहिलो मिथिला संस्कृतिको विवाह पञ्चमी महोत्सव सम्पन्न

Writer's picture: Nepalism.comNepalism.com

न्यू योर्क- मिथिला सेन्टर अमेरिकाद्वारा अमेरिकामा पहिलो पटक मिथिला संस्कृतिको ऐतिहासिक विवाह पञ्चमी महोत्सव भर्चुवल समारोहका विच सफलतापूर्वक सम्पन्न गरिएको छ । हरेक वर्षभगवान राम र सीताको विवाहको स्मरणमा विवाह पञ्चमी जनकपुरधाममा विशेष रुपले मनाईन्छ।


हजारौं वर्ष अघि भगवान राम र देवी सीता बिच सम्पन्न विवाह समारोहको स्मरणमा मनाइने विवाह पञ्चमी उत्सवले जीवनमा धेरै कठिनाइ भोग्नु परे पनि अगाध मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइने प्रचलन छ। यस शुभ अवसरले जाति, धर्म, रंग, लिङ्गको पर्वाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवारिक सम्बन्ध प्रगाढ बनाउन प्रोत्साहन गर्ने मान्यता छ। भारतको अयोध्याका राजकुमार भगवान राम र नेपालको प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधामकी राजकुमारी देवी सीता बिचको अनन्त विवाहको स्मरणार्थले प्रेम, समर्पणर सामाजिक संस्कारको मूल्यलाई प्रवर्धन गर्ने विश्वास लिईन्छ। यो शुभ अवसरमा यूनेस्को विश्व सांस्कृतिक संपदा सूचिकृत जनकपुरधामको राम जानकी मन्दिरमा विश्वभरका सयौं हजारौं तिर्थालुहरू र विशेष गरी लाखौं भारतीयहरू तीर्थयात्रा गर्न आउँदछन् ।


युएनका पूर्व वरिष्ठ अधिकारी नवल यादवले सञ्चालन गरेको विशेष भर्चुवल कार्यक्रममा मिथिला सेन्टर अमेरिका संस्थापक एवम् आयोजक अमित साहले अमेरिकामा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाकोलागि समेत काम अगाडी बढि सकेको जानकारी गराए।


कोरोना महामारीको कारण आयोजित भर्चुवल समारोहमा सहभागी विशिष्ट अतिथि र वक्ताहरू, प्रदर्शनकर्ताहरू, स्वयंसेवकहरू, आयोजक टोलीका सदस्यहरू र सबै अन्य सरोकारवालाहरूप्रति ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन सहयोग र सहभागिताको लागि मिथिला सेन्टर अमेरिकालेहार्दिक आभार व्यक्त गरेको छ।

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page