काठमाडौं- राष्ट्रकवि माधव घिमिरेकाे १०१ वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै निवासमा मंगलबार निधन भएकोछ। “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे”, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’, लाग्दछ मलाई रमाईलो मेरा पाखा पखेरो’, आजैमा राती के देखे सपना मै मरी गएको”, ‘उनको प्रिती पहिले हो कि मेरो प्रिति पहिले’ जस्ता सयौं राष्ट्रियता, गाउँले जनजीवन र सच्चा प्रेमको गीत र कविताहरूका सर्जक राष्ट्रकवि घिमिरेको जन्म लम्जुंग जिल्लाको बाहुनडाँडामा बिसं. १९७६ असोज ७ गते भएको थियो। नेपाल सरकारले बिसं. २०६० मा ‘राष्ट्रकवि’ उपाधीबाट सम्मान गरेको थियो।
नइ प्रकाशनको पहलमा नेपाल सरकारले वरिष्ठ साहित्यकार माधव घिमिरे ‘राष्ट्रकवि’ उपाधीबाट सम्मान गरेको हो।
नइ प्रकाशनद्वारा राष्ट्रकवि माधव घिमिरेको व्यक्त्तिव र रचनाकृतिबारे प्रस्तुत सङ्क्षिप्त परिचय:
छोराछोरी
छोरीहरू—शान्ति, कान्ति, मञ्जु, उषा, किरण र ज्योति छोराहरू— इन्दीवर र राजीव ।
दीक्षा गुरु
गौरीका हजुरबुबा शिवभक्त पोखरेल; (आफ्ना शिष्य माधव घिमिरेको प्रतिभासँग प्रभावित भएर शिवभक्त पोखरेलले आफ्नी नातिनी कन्यादान गरेका थिए ।)
प्रथम शिक्षा गुरु
बद्री सुवेदी
शिक्षा
शास्त्री (२००१ क्विन्स कलेज, वनारस, भारत
अनुभव
• लेखक, नेपाली भाषानुवाद परिषद् १९९९)
• सहसम्पादक, गोरखापत्र (२००२-२००४)
• प्रधानाध्यापक, यशोब्रह्मा आधार हाईस्कुल (लमजुङ : २००५-२००८)
• प्राध्यापक, कलेज अफ एजुकेसन (२००९-२०१४)
• अध्यक्ष, नेपाल भारत मैत्री सङ्घ (२०१०-२०१४)
• अध्यक्ष, नेपाली शिक्षा परिषद् (२०५५ सालदेखि) मनोनीत
• सदस्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०१४-२०१८; २०२६-२०३५)
• आजीवन सदस्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०२८)
• उपकुलपति, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०३६-२०४५)
• कुलपति, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०४६-२०४७)
• सदस्य, राजपरिषद् (२०५९-२०६३)
कृतिहरू
कविता
• नवमञ्जरी (कवितासङ्ग्र्रह : १९९४)
• नयाँ नेपाल (गीतिकाव्य : २०१३)
• गौरी (शोककाव्य : २०१५)
• राजेश्वरी (खण्डकाव्य : २०१७)
• पापिनी आमा (खण्डकाव्य : २०१७)
• राष्ट्रनिर्माता (खण्डकाव्य : २०२३)
• धर्तीमाता (खण्डकाव्य : २०३०)
• किन्नर किन्नरी (गीतसङ्ग्र्रह : २०३३)
• बोराको परदा (खण्डकाव्य : २०५७)
• इन्द्रकुमारी (खण्डकाव्य : २०५७)
• गौथली र गजधम्मे (खण्डकाव्य : २०५७)
• चैतवैशाख (कवितासङ्ग्र्रह : २०६०)
गीतिनाटक
• शकुन्तला (२०३७)
• मालती मङ्गले (२०३९)
• विषकन्या (२०५०)
• अश्वत्थामा (२०५३)
• हिमालपारि हिमालवारि (२०५४
• देउकी (२०५५)
• बालकुमारी (२०६१)
निबन्ध र प्रबन्ध
• आफ्नो बाँसुरी आफ्नै गीत (२०३०)
• चारु चर्चा (२०५८)
बालसाहित्य
• घामपानी (कवितासङ्ग्र्रह : २०१०)
• बाललहरी (कवितासङ्ग्र्रह : २०२६)
• सुनपङ्खी चरी (गीतसङ्ग्र्रह : २०५३)
• मनचिन्ते मुरली (कथासङ्ग्र्रह : २०५७)
• बिजुले र बिजुला (कवितासङ्ग्र्रह : २०६३)
सम्पादन
• माछाकाँडे सिउर (लोककाव्य : २०१३)
• पच्चिस वर्षका खण्डकाव्य (२०३९)
अनुवाद
• उषाचरित्र (चम्पूकाव्य : १९९८)
• नागानन्द (गीतिनाटक : २००२)
• दुर्गासप्तशती (काव्य : २०५८)
सम्पादक
• इन्द्रेणी (२०१३)
उपाधि
• राष्ट्रकवि (२०६०)
• मानार्थ विद्यावारिधि (त्रिभुवन विश्वविद्यालय : २०७३)
• मानार्थ सहायकरथी (२०७४)
विभूषण
• सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु (२०५६)
• वीरेन्द्र ऐश्वर्य सेवापदक (२०५८)
• महाउज्ज्वल राष्ट्रदीप (२०७५)
पुरस्कार
• सरस्वती काव्य पुरस्कार (२००४)
• राजकीय प्रज्ञा विशिष्ट पदक (२०२२)
• त्रिभुवन प्रज्ञा पुरस्कार (२०३३)
• सीताराम पुरस्कार (२०५०)
• आदिकवि भानुभक्त पुरस्कार (२०५२)
• भूपालमानसिंह कार्की प्रज्ञापुरस्कार (सार्कस्तरीय : २०५५)
• वसुन्धराश्री पुरस्कार (२०५७)
• साझा पुरस्कार (२०५४ र २०५८)
• राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार : २०५९)
• भानुभक्त पुरस्कार (नेपाल सरकार : २०७२)
• यात्री वाङ्मय पुरस्कार (२०७३)
• मनिराज वाङ्मय पुरस्कार (२०७४)
सम्मान
• सिलसिलाद्वारा रथयात्रा (२०५१)
• देवकोटा शताब्दी सम्मान (२०६६)
• पद्मश्री साधना सम्मान (२०६७)
स्रोत:
• नइ प्रकाशन
Comments