top of page

नेपालको संसद विघटन: अप्रिलमा मध्यावधि निर्वाचन हुने, दुई तिहाईको सरकार अब काम चलाउ

Writer's picture: Nepalism.comNepalism.com


Exclusive: प्रधानमन्त्री केपि शर्मा ओलीको दुई तिहाई बहुमतको सरकार आफ्नै दल नेकपाभित्रको चरम गुटबन्दीको कारण धराशायी हुन पुगेको छ। यसैबिच, प्रम ओलीको बहुलट्ठीपनको कारण उनकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिना खास कारण नेपालको संसद विघटन भएको घोषणा गरेकिछिन्। यो विघटन पछि आगामी वर्ष सन् २०२१ को अप्रिलमा मध्यावधि निर्वाचन हुने भएको हो। ओली सरकारको दुई तिहाई बहुमतको सरकार अब काम चलाउ हुन पुग्नुलाई सन्१९९४ मा गिरिजाप्रशाद कोईरालाको पूर्ण बहुमतको सरकार हुँदाहुँदै विघटन हुँदाको अवस्थाको राजनैतिक अदूरदर्शिता, चलखेल, बिचलन र अबान्छित निर्वाचनमा राष्ट्रिय ढुकुटी र साधनस्रोतको चरम दुरूपयोगको रूपमा लिईएकोछ।


राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संसद विघटन गरेको घोषणा गर्दै उल्लेख गरिएको छ: “आज मिति २०७७ साल पुष ५ गते आईतवारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमवार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद् को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफ़ारिश भएकोले उक्त सिफ़ारिश बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमवार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएकोछ।”


नेपालको मध्यावधि निर्वाचन अंग्रेज़ी क्यालेण्डरअनुसार सन् २०२१ को ३० अप्रिल ३० तारिख पहिलो चरणमा र मे १० तारिख दोस्रो चरणमा सम्पन्न हुनेछ।


सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सन् २०१८ को मार्चमा सम्पन्न आम निर्वाचनमा ५९ सदस्यीय राष्ट्रिय सभामा ५० सिट जितेको थियो भने प्रतिनिधि सभाको २७५ सिटमा नेकपाले १७५ सिट जितेको थियो। नेकपाले दुईटै सदनका कूल ३३४ सिटमा २२५ सिट जितेको थियो जुन ६७.३७ प्रतिसत (दुई तिहाई हुन चाहिने ६६.६६% भन्दा बढी) सिट हो।


उता नेपाली काँग्रेस (नेका) का प्रधानमन्त्री गिरिजाप्रशाद कोईरालाले प्रतिनिधि सभाको २०५ सिटमा११० सिट आफ्नो दलको हुँदाहुँदै विघटन गरी सन् १९९४ को नोवेम्बरमा मध्यावधी निर्वाचनमा गएकाथिए। उक्त मध्यावधी निर्वाचनमा नेकाले ८३ सिट मात्र जित्न सकेको थियो भने संसदमा नेकाको ११० सिट हुँदा ६९ सिट मात्र भएको नेकपा एमालेले ८८ सिट ल्याएर संसदको सबैभन्दा ठूलो दल बनेकोथियो।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page