Exclusive: नेपालको प्रदेश नं.२ को प्रान्तीय सभाले प्रदेशको नाम “मधेश” नामकरण गर्ने दुई तिहाई बहुमतबाट सोमवार जनवरी १७ तारिख निर्णय गरेकोछ। अब नेपालका ७ मध्ये प्रदेश नं. १ को मात्र नामाकरण गर्न बाँकी रहेकोछ भने यस अघि प्रदेश नं. ३ को नाम “बागमति”, प्रदेश नं. ४ को नाम “गण्डकी”, प्रदेश नं. ५ को नाम “लुम्बिनी”, प्रदेश नं. ६ को नाम “कर्णाली” र प्रदेश नं. ७ को नाम “सुदुरपश्चिम” राख्ने निर्णय सम्वन्धित प्रान्तीय सभाहरूबाट भैसकेकोछ।
सन् २०१५ को सेप्टेम्वर १५ मा जारी नेपालको नयाँ संविधान २०१५ मा सात प्रदेशहरूको क्रमसंख्याको आधारमा १ देखि ७ नं. तोकेर व्यवस्था भएको हो भने सबैभन्दा पहिलो नामाकरण प्रदेश नं. ६ को “कर्णाली प्रदेश” सन् २०१८ को जनवरी १७ मा भएको हो।
त्यसैगरी, सन् २०१८ को जुलाई ६ मा प्रदेश नं. ४ को नामाकरण “गण्डकी”, प्रदेश नं. ७ को नामाकरण “सुदुरपश्चिम” सन् २०१८ को सेप्टेम्वर २८ मा, प्रदेश नं. ३ को नामाकरण “बागमति” सन् २०२० को जनवरी १२ मा र प्रदेश नं. ५ को नामाकरण “लुम्बिनी” सन् २०२० को अक्टोवर ६ मा निर्णय गरिएको हो।
त्यसैगरी, नेपालको नयाँ संविधानले साविकको ७५ जिल्लाबाट बढाएर ७७ जिल्ला निर्माण गरेकोछ। नवलपरासी जिल्लालाई विभाजित गरी परासी र नवलपुर जिल्ला बनाईएको हो भने रूकुम जिल्लालाई विभाजित गरी रूकुम पूर्व र रूकुम पश्चिम बनाईएको हो।
Names of Nepal’s 7 Provinces and Dates of Declaration
Province 1: Name Not Decided Yet
Date of declaration: N/A
Province 2: Madhesh
Date of declaration: January 17, 2021
Province 3: Bagmati
Date of declaration: January 12, 2020
Province 4: Gandaki
Date of declaration: July 6, 2018
Province 5: Lumbini
Date of declaration: October 6, 2020
Province 6: Karnali
Date of declaration: January 17, 2018
Province 7: Sudurpashchim
Date of declaration: September 28, 2018
Yorumlar