top of page

“कोशी” नाम प्रदेश नं.१ को नामाकरण, सातै प्रदेशले नाममा पूर्णता पायो तर पहिचान गुम्यो

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: अन्ततः नेपालको प्रदेश नं.१ को प्रान्तीय सभाले प्रदेशको नाम “कोशी” नामकरण गर्ने दुई तिहाई बहुमत पाएकोछ। बुधवार मार्च १ तारिख भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना र ६ जना अनुपस्थित रहेका थिए । कोशी नामसंगै प्रदेश नं. १ को नाम साँस्कृतिक, जातीयता पहिचान झल्किने किराँत, लिम्वुवान या विश्वको सर्वोच्च शिखर सगरमाथा राख्नु पर्छ भन्ने मागमा तुषारापात भएकोछ। “कोशी” नामको प्रस्तावक र समर्थकहरूमा तीन जना आदिवासी जनजाति साँसदहरूनै खडा गरिएकाछन्- नेकपा एमाले सांसद रामबहादुर राना मगर प्रस्तावक, एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहनु र जातीय पहिचानको राजनीति गरेर सत्तामा पुगेको माओवादीले कोशी नाममा मतदान गर्नुलाई संयोग मात्र मान्न सकिंदैन। पूर्वमा पहिचानको माग गर्नेहरूले विरोध प्रदर्शन गरेकाछन्।


यस अघि प्रदेश नं.२ को नाम “मधेश”, प्रदेश नं. ३ को नाम “बागमति”, प्रदेश नं. ४ को नाम “गण्डकी”, प्रदेश नं. ५ को नाम “लुम्बिनी”, प्रदेश नं. ६ को नाम “कर्णाली” र प्रदेश नं. ७ को नाम “सुदुरपश्चिम” राख्ने निर्णय सम्वन्धित प्रान्तीय सभाहरूबाट भैसकेकोछ।


सन् २०१५ को सेप्टेम्वर १५ मा जारी नेपालको नयाँ संविधान २०१५ मा सात प्रदेशहरूको क्रमसंख्याको आधारमा १ देखि ७ नं. तोकेर व्यवस्था भएको हो भने सबैभन्दा पहिलो नामाकरण प्रदेश नं. ६ को “कर्णाली प्रदेश” सन् २०१८ को जनवरी १७ मा भएको हो।


त्यसैगरी, सन् २०१८ को जुलाई ६ मा प्रदेश नं. ४ को नामाकरण “गण्डकी”, प्रदेश नं. ७ को नामाकरण “सुदुरपश्चिम” सन् २०१८ को सेप्टेम्वर २८ मा, प्रदेश नं. ३ को नामाकरण “बागमति” सन् २०२० को जनवरी १२ मा र प्रदेश नं. ५ को नामाकरण “लुम्बिनी” सन् २०२० को अक्टोवर ६ मा, प्रदेश नं. २ को नामाकरण “मधेस” प्रदेश सन् २०२२ को जनवरी १७ मा निर्णय गरिएको हो।


त्यसैगरी, नेपालको नयाँ संविधानले साविकको ७५ जिल्लाबाट बढाएर ७७ जिल्ला निर्माण गरेकोछ। नवरपरासी जिल्लालाई विभाजित गरी परासी र नवलपुर जिल्ला बनाईएको हो भने रूकुम जिल्लालाई विभाजित गरी रूकुम पूर्व र रूकुम पश्चिम बनाईएको हो।


Names of Nepal’s 7 Provinces and Date of Declaration


Province 1: Koshi

Date of declaration: March 1, 2023


Province 2: Madhesh

Date of declaration: January 17, 2021


Province 3: Bagmati

Date of declaration: January 12, 2020


Province 4: Gandaki

Date of declaration: July 6, 2018


Province 5: Lumbini

Date of declaration: October 6, 2020


Province 6: Karnali

Date of declaration: January 17, 2018


Province 7: Sudurpashchim

Date of declaration: September 28, 2018

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page