top of page

नेपाली साहसी छोरी मुस्कान खातुन अमेरिकी सरकारको ‘अन्तर्राष्ट्रिय साहसी महिला’ पुरस्कारबाट सम्मानित

Writer's picture: Nepalism.comNepalism.com

Updated: Mar 5, 2021


Exclusive: एसिड आक्रमणबाट सख्त घाईते नेपालको वीरगन्ज नगरपालिकाकि साहसी छोरी १६ वर्षीय मुस्कान खातुनलाई अमेरिकी सरकारको ‘अन्तर्राष्ट्रिय साहसी महिला’ पुरस्कार International Women of Courage (IWOC) Award द्वारा सम्मानित गरिएको घोषणा गरिएकोछ। सन् २०१९ को सेप्टेम्बर ६ तारिख १५ वर्षीय खातुनलाई शमसद मिया र मजिद आलम (१६ र १४ वर्षीय) ले स्कूल जाँदै गर्दा बाटामा एसिड प्रहार गरी खातुनको अनुहार, छाती र हातमा गम्भीर घाईते बनाएका थिए। उक्त आक्रमणपछि खातुनको किर्तिपुर अस्पतालमा उपचार गरिएको थियो भने आक्रमणकारी शमसद र मजिदलाई सरकारले न्यायिक हिरासतमा लिई कार्यवाही शुरू गरेको थियो।


को हुन् मुस्कान खातुन?


एसिड आक्रमणबाट सख्त घाईते भएकी मुस्कान खातुन वीरगन्ज नगरपालिकाको छपकैया-३ कि निवासी हुन् भने घटनाका बेला बिराटनगरकै रेशमकोठीस्थित त्रिभुवन हनुमान विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिईन्। उनका माता-पिताहरू सहनाज र रसुल अली हुन्।

मुस्कान खातुनलाई शमसद मियाको प्रेम प्रस्तावलाई अस्विकार गरिदिएको कारण १६ वर्षीय शमसद मिया र १४ वर्षीय मजिद आलमले सन् २०१९ को सेप्टेम्बर ६ तारिख स्कूल जाँदै गर्दा वीरगन्जको गणेशमानचौकमा एसिड आक्रमण गरी खातुनको अनुहार, छाती र हातमा गम्भीर घाईते बनाई फरार भएका थिए। तर प्रहरीले पछि उनीहरूलाई गिरफ्तार गरी न्यायिक हिरासतमा राखेर कार्वाही अगाडी बढाएको थियो। आक्रमणकारीहरू खातुनकै छिमेकी र चिनेजानेकै व्यक्तिहरू रहेको जनाएको छ।


आक्रमणपछि खातुनको स्थानीय नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो भने उनको सख्तताको कारण किर्तिपुर अस्पतालमा रिफर गरी काठमाण्डू ल्याई उपचार शुरू गरिएको थियो। उनको दाहिने कान अपरेसन गरी हटाउनु परेको थियो भने उनको जलेको अनुहार, छाती र हातमा उनको साप्राको छाला निकालेर प्रत्यारोपण गर्नु परेको थियो।

पुरस्कार र मुस्कान खातुनबारे


नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले मुस्कान खातुनलाई प्रदान गरिएको पुरस्कारबारे घोषणा गर्दै आफ्नो ट्वीटर पेजमा भनेकाछन्:


“Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to announce tht Nepal’s Muskan Khatun will be receiving the @StateDept’s International Women of Courage Award for her work to end acid attacks. She’ll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021


त्यसैगरी, मुस्कान खातुनलाई उक्त ‘अन्तर्राष्ट्रिय साहसी महिला’ पुरस्कार International Women of Courage (IWOC) Award प्रदान गरिएको घोषणा गर्दै काठमांडूस्थित अमेरिकी राजदूतावासले आफ्नो फेसवुक पेजमा भनेकोछ:


“Drumroll, please!🥁 नेपालस्थित अमेरिकी मिशन मुस्कान खातुनलाई तेजाब आक्रमणकोअन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित छ। अमेरिकी प्रथम महिलाजिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्नुहुनेछ।


हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। आईडब्ल्यूओसी पुरस्कार समारोह हेर्नका लागि फागुन २४ गते सोमबारको राति ८:३० बजे हाम्रो फेसबुक पेज हेर्नुहोला।”#IWOC2021


“The US Mission in Nepal is pleased to announce Muskan Khatun will be awarded the prestigious International Women of Courage (IWOC) Award for her work to end acid attacks. First Lady Dr. Jill Biden and Secretary of State Tony Blinken will host a virtual event on March 8. Now in its 15th year, the IWOC Award recognizes women around the globe who have demonstrated exceptional courage and leadership in advocating for peace, justice, human rights, gender equality, and women’s empowerment, often at great personal risk and sacrifice.


To watch the IWOC Award Ceremony, tune into the U.S. Embassy Facebook page Monday, March 8, 8:30 pm.”


अमेरिकी राजदूतावासले आफ्नो अफिसियल वेबसाइटमा खातुनले पाएको पुरस्कारबारे समाचार प्रकासन गरेकोछ। https://np.usembassy.gov/rights-activist-muskan-khatun-wins-2021-international-women-of-courage-award/

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page