top of page

दुर्दशामा प्रेमको प्रतीक मानिने रानी महल: भिजिट नेपाल क्याम्पेनकै खिल्ली उडाउने अवस्था, हेर्ने हैन?

Writer's picture: Nepalism.comNepalism.com

Updated: Feb 29, 2020


-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको पाल्पा जिल्लामा पर्ने मनमोहक रानी महल दरवारको भ्रमण पछि त्यसको महत्ताबारे नेपालिजम डट कमको पहिलो रिपोर्टिंगमा उल्लेख गरिसकिएको छ। यो रिपोर्टिंगमा दरवार परिसरमा पुगेपछि आठ वर्ष अघि मात्र जिर्णोद्दार गरिएको भनिएको र दरवार परिसरमै राखिएको अस्थाई प्रहरी बिटकै आँखा सामुन्ने रानी महलको दुर्दशाबारे चर्चा गरिनेछ। रानी महल पुग्ने जो कोहीले दरवारको चरम दुर्दशा देख्न सक्छ। दरवार भित्र द्वार, कोठा र चोटाका भित्ता र भूईंमा समेत बिजुलीका नांगा लाईभ तार, फुटाईएको प्लग कनेक्सन यत्रतत्र देख्न सकिन्छ। नाँगो लाईभ तारको कारण जो कोही र विशेषगरी बालबालिका ईलेक्ट्रोक्युटेड हुन सक्ने संभावना छ। दरवार प्रवेश गर्ने पर्खाल र भित्ताहरूमा बहुलठ्ठी प्रेमी जोडीहरूले ग्राफिटी गर्दै आ-आफ्नो नामहरू कोरेर यति कुरूप बनाएका छन् कि रानी महललाई छिमेकी मुलुक भारतको विश्वकै आश्चर्य मानिने ताज महलसंग दाँज्नु भनेको नेपालका अन्य भव्य संपदाहरूको खिल्ली उडाउनु सरह हो।



दरवार प्रवेश अघिल्तिर नेपाली भाषामा मात्र लेखिएको सूचना साइनबोर्ड यति पुरानो भएकोछ कि उक्त बोर्डमा लेखिएको पढ्ननै सकिदैन। दरवारबारे अंग्रेजी भाषामा लेखिएको कुनै साईनवोर्ड, सुचनापाटी, पर्चा या बुकलेट कहीं भेटिदैन। यस्तो अवस्थामा नेपालको ताज महल भन्दै रानी महल घुमाउन बिदेशी पर्यटक लानु भनेको नेपालको बेईजत गर्नु हो। भिजिट नेपाल २०२० क्याम्पेनको अभियन्ता नेपाल सरकारले पर्यटन भित्रेयाउने सुपना देख्नु अघि पर्यटनका लागि पुर्वाधारहरू र पर्यटकले घुम्ने सम्पदाहरूको संरक्षणमा पहिलो प्राथमिकता दिनु जरूरी छ।



यद्यपि रानी महल प्रेमिल जोडीहरूले एक पटक गर्नै पर्ने पर्यटकीय स्थल हो। रानी महल नेपालको ताज महलको रूपमा बहुचर्चित राष्ट्रीय सम्पदा पनि हो। प्रेमको प्रतिक मानिने रानी महलले लामो समयसम्म आफ्नो महत्ता गुमाएको भए पनि केही वर्ष यता यो ऐतिहासिक सम्पदाले पुनर्जीवन र बहुचर्चा पाएकोछ। तान्सेन बजारदेखि १३ कि.मी. उत्तरतिर काली गण्डकी नदीको तिरमा दरवार अवस्थित रहेकोछ। दरवारको जिर्णोद्दार सन् २०१०/११ मा गरिएको हो।



तत्कालिन राणा सरकारका प्रधानमन्त्री श्री ३ बिर शम्सेर जबराका भाई, कमान्डर ईन चिफबाट पदच्युत गरिएका खड्ग शम्सेरले आफ्नी परम् प्रिय रानी तेज कुमारीको स्मृतिमा पाँच वर्ष लगाएर सन् १८९७ मा निर्माण सम्पन्न गरेका थिए। यो तीन तल्ले दरवारमा २४ कोठाहरू, दरवार परिसरमा दुईवटा पोखरी, पशुपतिनाथको बाहन सहितको मन्दिर, सुन्दर बगैंचा, पाटी, घोंडा तबेला र भक्तिनीहरू बस्ने कोठा र चौका रहेकोछ। दरवारको मूल ढोकाबाट सोझै तल सिढीं हुँदै काली गण्डकी किनारामा पुग्न सकिने सिंढी छ तर अहिले सिंढी नदीसम्म पुगिदैन। दरवार प्रवेशद्वारबाट बाहिर निस्केपछि नदीमा स्नान गर्न जान सकिन्छ। धर्मशास्त्रका अनुसार नदी उत्तरतर्फ बगेको कारण यहाँ स्नान गर्दा या यहाँको पानी छोएमात्र पनि पवित्र भईन्छ भन्ने विश्वास गरिन्छ।


Rani Mahal, Palpa

Adventure: *****

Cultural: *****

Historical Heritage: *****

Preservation/condition: **

Accomodation/amenities: **

Number of Day trip: 2 days, 1 night

Camping area:*****

Scenic:*****

Camping available: up to 100+ trekkers


Lover’s paradise Rani Mahal (Palpa), a must see heritage

Nepal’s Top 100 Tourist Destinations-2:


सय पर्यटकीय गन्तव्य (नेपाल) यात्रा-२: प्रेमको चिनो ‘रानी महल’ (पाल्पा) को भ्रमण गर्ने हैन?

Read details news at: https://www.nepalism.com/post/nepal-top-100-tourist-destinations-rani-mahal-symbol-of-love


नयाँ १०० पर्यटकीय गन्तव्य (नेपाल) यात्रा-१: सत्यवती धार्मिक र साँस्कृतिक क्षेत्र (गुल्मी) भ्रमण गर्नेहैन?


नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू; घुम्न जाने हैन ?

-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरीबाह्य र आन्तरिक पर्यटनलाई बढावा दिन विभिन्न कार्यक्रमहरू सन्चालन गरेकोछ। घुम्न जाने हैन ? मचैं निस्किएँ है। नयाँ पर्यटकीय १०० गन्तव्यहरूको लागि ५० करोड बजेट छुट्याईसकेकोछ। प्रत्येकपर्यटकीय गन्तव्यमा कम्तिमा ४० लाख खर्च गरी गन्तव्य स्थलको संरक्षण, प्रवर्धन र प्रचार गरिनेछ।यो पंक्तिकारको गाउँ गुल्मि जिल्लाको सत्यवती गाउँपालिकाको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्रपनि सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्य स्थलहरू मध्ये परेकोछ। त्यसो तगुल्मि जिल्लाको रूरू क्षेत्र पनि उक्त लिष्टमा परेकोछ। तपाईको जिल्ला या गाउँ पनि परेकोछ कि ?

नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची तलको समाचार लिंकमा गएर पढ्नुहोस्:

https://www.nepalism.com/post/nepal-top-100-tourist-destinations-when-you-are-planning-visting

-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरीबाह्य र आन्तरिक पर्यटनलाई बढावा दिन विभिन्न कार्यक्रमहरू सन्चालन गरेकोछ। घुम्न जाने हैन ? मचैं निस्किएँ है। नयाँ पर्यटकीय १०० गन्तव्यहरूको लागि ५० करोड बजेट छुट्याईसकेकोछ। प्रत्येकपर्यटकीय गन्तव्यमा कम्तिमा ४० लाख खर्च गरी गन्तव्य स्थलको संरक्षण, प्रवर्धन र प्रचार गरिनेछ।यो पंक्तिकारको गाउँ गुल्मि जिल्लाको सत्यवती गाउँपालिकाको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्रपनि सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्य स्थलहरू मध्ये परेकोछ। त्यसो तगुल्मि जिल्लाको रूरू क्षेत्र पनि उक्त लिष्टमा परेकोछ। तपाईको जिल्ला या गाउँ पनि परेकोछ कि ?

नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची तलको समाचार लिंकमा गएर पढ्नुहोस्:

https://www.nepalism.com/post/nepal-top-100-tourist-destinations-when-you-are-planning-visting

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page