top of page
Writer's pictureNepalism.com

अमेरिका निवासी किशोर पन्थी बने मानार्थ विद्यावारिधि (Hon. D.Litt.) सम्मानित पहिलो एनआरएन संचारकर्मी


Updated: Exclusive: अमेरिका निवासी चर्चित नेपाली संचारकर्मी किशोर पन्थी मानार्थ विद्यावारिधि डक्टर अफ फिलोसफी ह्युमन लेटर्स (Hon. D.Litt.) बाट सम्मानित हुने पहिलो एनआरएन (प्रवासी नेपाली) संचारकर्मी बनेकाछन्। किशोरावस्था (फोटो हेर्नुहोस्) बाटै संचारकर्ममा लागेका पत्रकार पन्थीले गुल्मि हुँदै रूकुम-रोल्पामा ग्रामिण रेडियो, बुटबल हुँदै नेपालको राजधानी काठमाण्डूसम्म टेलिभिजन समाचार सम्पादक/वाचक र विश्वकै राजधानी मानिने न्यू योर्कसम्म संचारकर्म बाहेक अन्य पेशा अपनाएकाछैनन् र त्यसै अथकित संचार निरन्तरताको कदरस्वरूप अमेरिकाको CICA International University & Seminary ले उनलाई मानार्थ (Honoris Causa) विद्यावारिधि Doctor of Philosophy Human Letters बाट सम्मानित गरेकोछ।


झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका किशोर पन्थी न्यू योर्क सहरबाट सन्चालित लोकप्रिय “खसोखास” अनलाईन मिडियाको प्रधान सम्पादक हुन्। उनी नेपालको महाभूकम्प सम्बन्धी कृति “कम्पन” का लेखक पनि हुन्।


बुबा तुल्सीराम पन्थीलाई असामयिकरूपमा गुमाई सकेका पत्रकार पन्थी आमा तुल्सी देवि पन्थीसंग न्यू योर्कमा बसोवास गर्दछन्। संचारकर्मी पन्थी नचिन्नेहरूसंग उत्ति खुल्दैनन् तर साथीभाईहरूसंग अत्यन्त मिजासिला स्वभावका छन्। अमेरिकी ईमिग्रेसन (आप्रवासन) सम्बन्धि समाचार निरन्तर रिपोर्टिंग गरी तीन लाख हाराहारीमा रहेका आप्रवासी नेपाली अमेरिकी समुदायलाई सुसुचित गर्ने कार्यमा अग्रणी भूमिका निभाएका पन्थीलई उनका साथीहरू “अनरेरी एटोर्नी एट ल” भनेर माया गरी खुब जिस्क्याउँछन्। हुन पनि, उनको आप्रवासी सम्बन्धि समाचारहरूको ठूलो पाठक फ्यान फलोविंग रहेकोछ।


वधाई छ सहकर्मी मित्रलाई !


-प्रदीप परियार थापा

सम्पादक

नेपालिजम कम




0 comments

Comments


bottom of page