top of page

नेपालकी गर्विली छोरीले टेक्वान्डो खेलमा जितिन्- अमेरिकमा दुई स्वर्ण पदक

Nepali Taekwondo Sensation Nanda Bashyal Triumphs at Kukkiwon Cup USA Championships


Updated: Special: न्यू जर्सी- मातृभूमि नेपाललाई खेलकूदमा विश्वमा चिनाउने नेपाली प्रतिभाहरूको पछिल्लो लहरमा नेपालकी गर्विली छोरी नन्दा बस्यालले आफूलाई उभ्याउन सफल भएकिछिन्। उनले हालसालै गत जुन १ तारिख (२०२४) मा कुक्कीवन विश्व टाईक्वान्डो मुख्यालयद्वारा अमेरिकाको न्यू जर्सीमा आयोजित Kukkiwon Cup USA Championships 2024 मा दुईवटा स्वर्ण पदक जित्न सफल भएकी हुन्। उनी टेक्वान्डो खेलकी छैठौं डान (6th dan) बल्याकबेल्ट खेलाडी हुन्। साथै, उनी स्वदेश र अन्तर्राष्ट्रीय खेल प्रतियोगितामा झण्डै आधा दर्जन स्वर्ण पदक (Gold medal) विजेता नेपाली नारी खेलाडी हुन्।

टेक्वान्डो खेलाडी नन्दा बस्यालले न्यू जर्सीमा आयोजित उकित Kukkiwon Cup USA Championships 2024 मा ४०-५० वर्षको एकल पुम्सिया काता र काठको वोर्ड ब्रेकिंगमा गोल्ड मेडल जितेकी हुन्। उनले यहीं विधामा गत वर्ष (२०२३) मा कोरियामा सम्पन्न Seongnam World Taekwondo Hanmadang खेल प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिईन्।

उनी विश्वस्तरीय चम्किली खेलाडीका साथै हाल नेपाल सरकारको राष्ट्रीय खेलकूद परिषदको एक मात्र महिला प्रभावशाली कार्यकारी सदस्य पनि हुन्। नेपाली खेलकूदको विकास र खेलाडीहरूको स्तरोन्नतिको निम्ति निरन्तर लागि परेकी उनी टेक्वान्डो महिला सशक्तिकरण समितिकी अध्यक्ष र नेपाल खेलकूद महासंघकी केन्द्रीय उपाध्यक्ष पनि हुन्।

समाजसेवातर्फ सिस्टर (दिदीबहिनी) नेपालकी संस्थापक अध्यक्ष हुन् भने उनी सफल खेलाडीका अलावा उम्दा गीतकार, गायिका, टेलिसिरियलहरूकी नायिका, म्युजिक भिडियोकी चर्चित मोडल र सफल कोरियोग्राफर पनि हुन्। उनीले प्राप्त गरेको अनेकौं सफलताहरूको लागि हाम्रो हार्दिक वधाई छ।

0 comments

Comments


bottom of page