top of page

न्यू योर्कमा नेपालका प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोध

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: विश्वकै राजधानी मानिने अमेरिकाको न्यू योर्क सहरमा नेपालका प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको संसदमा दुई तिहाई बहुमत हुँदाहुँदै संसद विघटन गरेको असंवैधानिक कदमको नेपाली अमेरिकनहरूले कडा विरोध गरेकाछन्।


न्यू योर्क सहरको कुईन्सस्थित ज्याक्सन हाईट्स डाईभरसिटी प्लाजामा आईतवार आयोजित विरोधसभामा नेपालमा संसद विघटनको विरोध गर्दै विभिन्न प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । नेपाली व्यवसायी तथा नेपाली समाज अमेरिकाको अध्यक्ष समीर महर्जनको संयोजनमा आयोजित समारोहमा प्रवासी नेपाली एकता मन्च अमेरिकाको अध्यक्ष टेक गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिव नरेन्द्र थापा मगर लगायतका सामाजिक अगुवाहरूले सम्बोधन गरेका थिए।प्रवासी नेपाली एकता मन्च अमेरिका महासचिव शंकर पन्तले समारोहको सन्चालन गरेका थिए ।


विरोध सभामा प्रदर्शित प्लेकार्डका मागहरू:


१. संघीय संसद पुनर्स्थापना गर

२. संविधान मिच्न पाईदैन, ओली सरकार चाहिदैन

३. संविधान मिच्नेहरुलाई कारवाही गर

४. प्रतिगमनको विरुद्ध व्रृहत नागरिक आन्दोलन

५. अपूर्ण संविधान संसोधन गर

६. Restore Parliament

७. जो रक्षक उहीं भक्षक

८. संविधान माथिको प्रहार ईतिहासको ठूलो अत्याचार

९. अधिनायकबाद स्वीकार्य छैन

१०.ओलीको संविधान माथि गरेको असंवैधानिक प्रहार, संविधानको रक्षा गर्ने तपाई हाम्रो अधिकार

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page