top of page

न्यू योर्कमा नेपालको बहुचर्चित 'नेपथ्य' ब्याण्डको लाईभ कन्सर्ट अगष्ट ३० तारिख हुँदै, हेर्ने हैन?

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: न्यू योर्क- न्यू योर्क सहरमा नेपालको बहुचर्चित 'नेपथ्य' सांगितिक ब्याण्ड र त्यस ब्याण्डका संस्थापक एबं सुपरिचित गायक अमृत गुरुङको सांगितिक टोलीले अगष्ट ३० तारिख लाईभ कन्सर्ट आयोजना गर्ने भएकोछ। यस अघि सन् २०१६ सालमा नेपथ्यले न्यू योर्क सहरमा Music for Peace लाईभ कन्सर्ट गरेको थियो। नेपथ्यको नालीबेली के हो? सविस्तार नेपालिजम डट कममा पढ्नुहोस्।


नेपाली बहुचर्चित गीतहरु "छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले", "जोमसोमै बजारमा बार्‍ह बजे हावा सरर", "चरी मर्‍यो सिसैको गोलीले", "तालको पानी माछीले खानी पिरिम सित जानेकि नजाने", "खान्न म त लाम्पाते सुरती, लामकि नलामी जुग जाने पिरती", रेशम", "यो जिन्दगानी", "आँगनै भरी", "भेंडाको उन जस्तो" जस्ता दर्जनौं लोकपप गीतहरु नेपथ्यकै सृजना हुन्। अमृत नेपथ्यको मियो र मुटु हुन्।


नेपथ्यले सन् २०१३ को अगस्ट ३ तारिख बृटेनको विम्बले एरीनामा नेपालीहरुमा पहिलो पटक लाईभ कन्सर्ट गर्न सफल भएको थियो जहाँ ८ हजार भन्दा बेशी नेपाली श्रोताहरु गायक अमृत गुरुङका लोकप्रिय र सुमधुर गितहरु सुन्न भेला भएका थिए ।


नेपथ्य समूहको नालीबेली


नेपथ्य म्यूजिक ब्याण्डको स्थापना बिसं २०४७ सालमा भएको हो अर्थात २५ बर्श अघि । 'नेपथ्य' को नाम संगितकार दीपकजंग राणाले जुराएका हुन् । यो समूहका संस्थापक सदस्यहरुमा गायक, बेस गिटारिस्ट अमृत गुरुङ, लिड गिटारिस्ट भीम पुन मगर र रिदम गिटारिस्ट दीपक जंग राणा हुन् । त्यसको लगत्तै गायक रबिन श्रेष्ठ, किबोर्डिस्ट बुद्धी गुरुङ, ड्रमर सुरेश पुन मगर, रिदम गिटारिस्ट रत्नमान गुरुङ नेपथ्यको अभिन्न अङ्ंग बन्न पुगे । यो समूहमा केहि पछि लिड गिटारिस्ट असिम शेरचन, गायक गौतम गुरुङ र बेस गिटारिस्ट महेश (माईकल) पुन मगरले नेपथ्यको उर्जाशील टीम बनेर काम गरेका थिए । हाल नेपथ्य ब्याण्डमा अमृत गुरुङका अलावा दिनेश रेग्मी, ध्रुब लामा, सुबिन शाक्य, निरज गुरुङ र शान्तिबहादुर रायमाझी रहेकाछन् ।


गायक अमृत गुरुङको 'जोमसोमै बजारमा' गीत सुपर हिट बन्नु भन्दा अघि रबिन श्रेष्ठले गाएको 'छेक्यो छेक्यो देउराली डाँडा' नेपथ्य ब्याण्डको पहिलो सुपर हिट लोकपप हो । 'छेक्यो छेक्यो' गीत गीतकार स्वर्गीय सुक गुरुङले रचना गरेका थिए । दश बर्स अघी देखि देउसी भैलोमा यो गीत गाउँदै आए पनि यो गीतलाई नेपथ्यको दोश्रो एल्बम मात्र समेटिएको कुरा संगितकार भीम पुन मगरले यो पंक्तिकारलाई सन् १९९६ मा अन्तरवार्ता दिंदा खुलाशा गरेका थिए ।


अन्य ब्याण्ड सदस्यहरू पेशा छाडेर पलायन:

अमृत एक्लो बृहस्पती


नेपथ्यका स्थापना कालका प्राय: सबै जसो संगितकारहरुले आफ्नो पेशा छोडेर जापान, हङकङ, युके, जर्मनीतिर काम गर्न पलायन भएका थिए । अहिलेसम्म नेपथ्यलाई बचाई राखेका संस्थापक सदस्य एबं गायक अमृत गुरुङले सन् १९९६ मा यो पंक्तिकारसंगको भेटवार्तामा "गीत र संगितमा लागेर जिबिकोपार्जन गर्न त्यती सजिलो छैन । नेपाल जस्तो सानो मुलुकमा कति नै श्रोता होलान् र ? अर्कोतिर सरकारी तवरबाट पनि समुचित प्रोत्साहन मिलिरहेको छैन । यस्तो अवस्थामा आफ्नो केहि न केहि अर्को आय श्रोतको माध्यम त हुनै पर्दछ" भनेका थिए । तर अहिले १५ बर्स पछि नेपथ्यलाई फर्केर हेर्दा गायक गुरुङले संगितमा लागेरै देशलाई भरपूर चिनाए र आफ्नो मात्र हैन दर्जनौंको रोजिरोटीको सुनिच्चितता कायम गर्न सफल भएकाछन् । समाज शास्त्रामा एमए र फोटोग्राफीमा डिप्लोमा गरेका गायक अमृत नेपाली लोक गीत र संगीतलाई पप संगितमा समृश्रण गरेर पस्किन खप्पिस छन् ।


नेपथ्यले अहिलेसम्म प्रकासित एल्वमहरुमा नेपथ्य (१९९१), हिमाल चुचुरे (१९९३), मीन पचास मा (१९९५), श्रृंगार (१९९७), रेशम (२००१), भेडाको उन जस्तो (२००३), घटना (२००५), मेरो देश (२०१०) र ऐना झ्याल (२०१०)  छन् ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page