top of page

न्यू योर्क सहरका मेयरद्वारा सेप्टेवर २० तारिख नेपालको झण्डा फहराईंदै

Writer's picture: Nepalism.comNepalism.com

Special: विश्वको राजधानी मानिने न्यू योर्क सहरका मेयर एरिक आदम्सले सेप्टेवर २० तारिख बिहान १० बजे नेपालको झण्डा फहराउने भएका छन्। नेपालको संविधान दिवस र गणतन्त्र दिवसको अवसर पारेर न्यू योर्क सहरको म्यानहटनस्थित बाउलिन ग्रिन पार्कमा नेपालको झण्डा फराउने झण्डोत्तोलन समारोह आयोजना गरिएको संयोजन संस्था माईनोरिटी ईम्पावरमेन्ट नेटवर्कका संस्थापक श्याम कार्कीले नेपालिजमलाई जानकारी गराए। अमेरिकामै सबैभन्दा बढी नेपाली समुदायको घनावस्ती रहेको न्यू योर्क सहरले पहिलो पटक आफ्नो सहरमा नेपाली झण्डा फहराउन लागेको हो।

अमेरिकामा नेपाली झण्डोत्तोलन


सन् २०१७ को जुन ३० तारिख अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहर आफ्नो सिटी भवनको ताज छानामा एक हप्तासम्म नेपालको झण्डा फहराउने अमेरिका र विश्वमै पहिलो अमेरिकि सहर बनेको थियो ।

जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो। जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) को आयोजना गरी नेपालको झण्डा फहराएका थिए। सन् २०२१ को सेप्टेम्वर २० तारिख सोही जर्सी सिटी सहरले दोश्रो ऐतिहासिक नेपाली झण्डोत्तोलन समारोह डा. परियारकै पहलमा आयोजना गरेको थियो।



Exclusive: अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) आयोजना गरिएकोछ। सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११:३० बजे आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटकासाथ सिटी हल भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा संगसंगै नेपाली झण्डा फहराईएको हो। उक्त ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी इमिसरी (विशेषदूत) र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो। अमेरिकी भूमिमा यसरी नेपाली झण्डाको झण्डोत्तोलन र नेपालको राष्ट्रगान संगसंगै खुल्ला आकासमा गुन्जिंदा उपस्थित नेपालीहरूले गुजबम्प महशुस गरेका थिए भने गर्वले छाती ढक्क फुलाउँदै शीर उँचो बनाएका थिए। यस अघि, सन् २०१७ को जुन ३० तारिख जर्सीसिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो।


The 2nd historic Nepal Flag Raising Ceremony hosted in Jersey City on September 20, 2021. Its history making step, The City of Jersey City became the first city in the world to unfurl the Nepal Flag on atop of its City Hall Building on June 30, 2017.


Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page