top of page
Writer's pictureNepalism.com

एनजिओ CSW67 फोरममा एड्वानको महिला सशक्तिकरण अभियानको चर्चा

Updated: Mar 15, 2023

Updated: Special: एड्वान नेपालले दलित र सीमान्तकृत महिलाहरू र तिनका परिवारको निम्ति विगत पचीस वर्षदेखि सन्चालन गर्दै आएको महिला सशक्तिकरणअन्तर्गत आर्थिक सशक्तिकरण, जीविकोपार्जन र दीगो कृषि अभियानको परिचर्चा गर्न आयोजना गरेको एनजिओ सिएसडब्ल्यू ६७ भर्चुवल फोरममा प्यानेलिष्टहरूले एड्वानले गरेको सशक्तिकरणका अभियानको प्रशंसा गर्दै ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने चर्चा गरे।


एड्वानले आयोजना गरेको सो एनजिओ सिएसडब्ल्यू ६७ भर्चुवल फोरमको अध्यक्षता एड्वानकी संस्थापक अध्यक्ष डा. विष्णुमाया परियारले गरेकी थिईन् भने स्वागत मन्तव्य एड्वान नेपालकी अध्यक्ष विन्दु परियार थापाले गरेकी थिईन्। भर्चुवल फोरममा किनोट स्पिकरकोरूपमा नेपालबाट अमेरिका भ्रमणमा आउनु भएकी उपसभामुख ईन्दिरा राना मगरले सम्बोधन गर्दै ग्रामीण महिलाहरूको चौतर्फी सशक्तिकरण नभै नेपाली समाजको उत्थान नहुने साथै जलवायु परिवर्तनले महिलाहरूको जीविकोपार्जनमा प्रतिकूल असर पारेकोले सरकार र गैरसरकारीस्तरबाट सहजीकरण गर्नु पर्ने कुरामा जोड थिईन्।


उक्त भर्चुवल फोरमका प्यानेलिष्टहरूमा एनआरएनए आईसिसी अध्यक्ष डा. बद्री केसी, हिमालय टेलिभिजनको समाचार प्रमुख राजेन्द्र बानिया, प्रोफेसर डा. डायना फक्स र स्यान्डी हेकरले सम्वोधन गरेका थिए। प्यानेलिष्टहरूले एड्वानले गरेको सशक्तिकरणका अभियानको प्रशंसा गर्दै ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका थिए।


भर्चुवल फोरमको सहजकर्ता दिक्षा सुब्बाले गरेकी थिईन्।


एड्वान नेपालको हाल ८ वटा जिल्लाहरू गोर्खा, चितवन, कैलाली, रूपन्देही, पाल्पा, बाग्लुंग, गुल्मि र तनहूँका १६९ महिला समूहहरूमा ४ हजारभन्दा बढी दलित तथा सीमान्तकृत महिलाहरू आवद्ध रहेकाछन्। एड्वानले संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य २०३० (UN SDG 2030) पुरा गर्न सामाजिक, शैक्षिक र आर्थिक सशक्तिकरण, दीगो कृषि तालिमका साथै जातीय विभेदको न्यूनीकरण, निर्मूलन र विभेद विरूद्ध कानूनी कार्यान्वयनको प्रभावकारिताको निम्ति आत्मसम्मान र एड्भोकेसी कार्यक्रमहरू सन्चालन गर्दै आएकोछ।



Timeline and ADWAN Facts


1998: ADWAN established


* ADWAN Women's Groups


-Total Women's groups: 169 (currently active)

-Total Members: 4,000+

-Districts covered: Gorkha, Kailali, Chitwan, Rupandehi, Palpa, Baglung, Gulmi and Tanahu.


-Since 1998, ADWAN's funding has, so far, benefited more than 50 thousands Dalit and marginalized women and their families in Nepal while fostering more than 400 groups, 8 Districts (27 VDCs) and more than 35 schools.

* Women Empowerment


-Advocacy & Awareness

-Gender Awareness & Human Rights Advocacy Trainings

-Micro Credit & Cooperative

-Livelihood and Entrepreneurship Development Trainings

-Skill Development and Vocational Trainings

-Women Health, Hygiene and Reproductive Health Trainings


* Girls & Children


-Student Sponsorship Program

-Ambitious Girls Fund

-Sponsor A Child

-Blue Shirt Program

-Dollars for Change


* Ongoing Projects


-2022-2024: USAID Local Works: Gorkha and Chitwan - KOSHIS: Promotion of Women-led Economic Opportunity Project.


-2018-2022: Livelihood and Entrepreneurship Project jointly funded by The Karuna Trust UK and Friends of ADWAN Nepal (FAN) covering 38 women's groups in Chitwan, Nepal.


-2018-2021: South Asian Young Women Leadership & Mentorship Project. ADWAN partnered with CREA (India) and Global Fund for Women in Baglung and Chitwan Districts.


-2011: Started Women's Cooperative Bank Project by six ADWAN women's groups. The Chandi Women Saving & Credit cooperative bank currently has 195 women members with the running capital of Nepali rupees Rs. 5.4 millions.


-2022: Started The Day Care Center in Chitwan with the support of The Girls Foundation USA for girls (6-13 years) from the Dalit and the most disadvantaged groups who are in real deprivations in basic needs.


0 comments

Comments


bottom of page