top of page

अमेरिकाको न्यू जर्सी व्यावसायी एवं समाजसेवी उत्तमकुमार शर्माको ४९ वर्षको उमेरमा असामयिक निधन

Writer's picture: Nepalism.comNepalism.com

Tribute: न्यू जर्सी- जर्सी सिटी सहरका नेपालीहरू बिच अत्यन्त मिलनसार र सहयोगी व्यक्तित्वको रूपमा परिचित व्यावसायी एवं समाजसेवी ४९ वर्षीय उत्तमकुमार शर्माको दुर्घटनाबाट असामयिक निधन भएको छ। गत मार्च १६ तारिख मध्यरातपछि आफ्नो व्यावसायको ट्रेलर ट्रक पार्क गर्ने स्थानमा शर्मा मृत अवस्थामा प्रहरीले भेटेपछि उनका परिवारलाई जानकारी गराईएको थियो। मृत्यूको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ।


को हुन् उत्तमकुमार शर्मा ?


न्यू योर्क निवासी तर न्यू जर्सी राज्यमा विगत ८ वर्षदेखि ट्रान्सपोर्टेशन व्यावसायमा संलग्न उत्तमकुमार शर्माको नेपालमा चितवनको भरतपुर जन्मस्थल हो। उनको जन्म सन् १९७१ को अगष्ट १४ तारिख भएको हो।


सन् २०१२ मा अमेरिका आएका शर्माका तीन दिदीबहिनीहरू छन् भने उनी एक्लो छोरो हुन्। स्व. शर्माकी श्रीमति, छोरी र एक बहिनी नेपालमा छन् भने दुई छोराहरू अष्ट्रेलियामा अध्ययनरत छन्। उनका एक दिदी र एक बहिनी अमेरिकामा छन्।


उनका बाबा लोकनाथ शर्मा स्वर्गवासी भैसकेका छन् भने उनकी बयोबृद्ध ६८ वर्षीय आमा रन्जता शर्मा नेपालबाट दिवंगत छोराको कृयाक्रम गर्न सोमवार आउँदैछिन्। कठै, कस्तो विडम्बना ! उता, अष्ट्रेलियाबाट कान्छो छोरा पनि आफ्नो स्व. बाबाको कृयाक्रम संस्कार पुरा गर्न अमेरिका आउँदैछन्। पारिवारिक भेलापछि स्व. शर्माको अन्तिम संस्कार न्यू जर्सी राज्यमा गर्ने पारिवारिक स्रोतले नेपालिजमलाई जानकारी गराएकोछ। जर्सी सिटीका नेपाली समुदाय बिच प्रिय पात्र स्व. शर्माको श्रद्धांजली सभा कोरोना महामारीको कारण २५ जना मात्र उपस्थिति हुन सकिने नियम पालना गर्नु पर्ने भएकोले जुम लाईभ भिडियो कन्फेरेन्सबाट अन्य प्रियजनहरूले भाग लिन सकिने व्यवस्था गरिने बताईएकोछ।


स्व. शर्माकी दिदी सरिता पराजुली र बहिनी रेणु शर्मा सापकोटा जर्सी सिटी निवासी हुन्। रेणु शर्मा वुमन फर कज (डब्ल्यूएफसी) को संस्थापक सदस्य र दोश्रो पूर्व प्रेसिडेंट हुन् भने उदियमान ट्रान्सपोर्टेशन व्यावसायी हुन्। सरिता पराजुली डब्ल्यूएफसीको संस्थापक सदस्य र प्रथम कोषाध्यक्ष हुन्।


सर्बप्रिय


समाजसेवी उत्तमकुमार शर्माले जिवनपर्यन्त जर्सी सिटी नेपाली समाजलाई औधी माया गरी रहे।अझ नेपाली महिलाहरूको संस्था डब्ल्यूएफसी मार्फत थुप्रै नेपाली कार्यक्रमहरूलाई उनले दिल खोलेर सहप्रायोजन गरी रहे। खानाको परिकार बनाउन सौखिन शर्माले एउटा तीज पर्वमा डाकिएको नारी भेलामा आफू एक्लैले सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई आफ्नै हातले बनाएको स्वादिष्ट दर खुवाएका थिए। यस्ता मनकारी थिए उनी। समाजसेवी शर्माको असामयिक निधनको खवरले न्यू जर्सी नेपाली समुदाय स्तब्ध बनेकोछ। सबैका प्रियपात्र स्व. उत्तमकुमार शर्माको पार्थिव शरीर अब यो संसारमा नरहे पनि उनको सहृदयी मन र सहयोगको हात अघि बढाउन सदा तत्पर उनको गुण नेपाली समाजले कहिल्यै बिर्सने छैन। उनको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धांजली !

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page