top of page

नोवेल शान्ति पुरस्कार २०२१ निर्भिक र सत्य पत्रकारिताको निम्ति दुई संचारकर्मीहरूलाई प्रदान


Exclusive: विश्व प्रशिद्ध नोबेल शान्ति पुरस्कार २०२१ बाट निर्भिक र सत्य पत्रकारिताको निम्ति दुई संचारकर्मीहरू फिलिपिनो अमेरिकन ५८ वर्षीय मारिया रोसा र रसियन ५९ वर्षीय दिमित्री मुरातोभलाई सम्मानित गरिएकोछ। नोवेल पुरस्कार समितिले यि दुई पत्रकारहरूलाई पुरस्कार दिनुको कारण वाकस्वतन्त्रताको निम्ति आआफ्नो कार्य समर्पित गरेको उल्लेख गर्दै यो प्रजातन्त्र र दीगो शान्तिको निम्ति पहिलो सर्त रहेको बताएकोछः “for their efforts to safeguard freedom of expression, which is a precondition for democracy and lasting peace.”


नोबेल शान्ति पुरस्कार २०२१ विजेता मारिया रेसा फिलिपिनो अमेरिकन संचारकर्मी हुन्। राप्लर डट कम (Rapller.com) मिडियाको प्रमुख रेसाले आफ्नो मिडिया मार्फत वर्तमान फिलिपिनो राष्ट्रपति रोड्रिगो दुटेरेको भ्रष्ट सरकारको कामकारवाहीबारे निर्भिक र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएकिछिन् भने यस अघि उनी अमेरिकी टेलिभिजन CNN को मनिला र जकार्ताको व्यूरो प्रमुख रहेर अनुसन्धानमुलक रिपोर्टिंग गरेकिथिईन्।


रेसा यस अघि नेसनल डेमोक्रेटिक ईन्सटिच्यूटको Democracy Award (2017), वर्ल्ड एशोसियसन अफ न्यूज पब्लिसर्स को Golden Pen of Freedom Award (2018), कमिटि टु प्रोटेक्ट जर्नलिस्टस को International Gwen Ifill Press Freedom Award (2018), टाईम पत्रिकाको Person of the Year 2018, कोलम्बिया विश्वविद्यालयको Columbia Journalism Award (2019), बिबिसीको 100 Women (2019) र UNESCO/Guillermo Cano World Press Freedom Prize (2021) लगायत पुरस्कारहरूबाट सम्मानित भैसकेकिछिन्।


उता नोबेल शान्ति पुरस्कार २०२१ विजेता दिमित्री मुरातोभ रसियाको संचारकर्मी हुन्। उनी रसियन मिडिया Novaya Gazeta (Novayagazeta.ru) को प्रधान सम्पादक हुन्। उनी सम्भवतः एक मात्र प्रखर रसियाली पत्रकार हुन् जसले राष्ट्रपति भ्लादिमिर पुटिन शासनकालको बेथिति र अत्याचारको निर्भिकरूपमा निरन्तर समाचार प्रकाशन गर्दै आएकाछन्।


मुरातोभ यस अघि कमिटि टु प्रोटेक्ट जर्नलिस्टस को International Press Freedom Award (2007), फ्रान्स सरकारको उच्चतम नागरिक पुरस्कार Legion of Honor (2010), रूजबेल्टई न्स्टिच्यूटको Four Freedoms Award (2010) र वर्ल्ड एशोसियसन अफ न्यूज पब्लिसर्स को Golden Pen of Freedom Award (2016) बाट सम्मानित भैसकेकाछन्।


नोबेल कमिटीका अनुसार हालसम्म नोबेल शान्ति पुरस्कार सन् 1901–2021 बिच १०२ व्यक्तित्व र संघसंस्थाहरूलाई प्रदान गरिएकोछ जस मध्ये १८ महिलाहरू रहेकाछन्। भियतनामी नेता ले डक थोले सन् १९७३ मा प्रदान गरिएको नोबेल शान्ति पुरस्कार लिन आफूसंगै युद्धविराम सम्झौता गरेका अमेरिकी कुटनीतिज्ञ हेनरी किसिंगर जसले भियतनामा आक्रमण गर्न अमेरिकी सेनालाई खटाएको कारण किसिंगरलाई पनि पुरस्कार संयुक्तरूपमा दिने भनेपछि अश्विकार गरेका थिए।

Comentarios


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page