top of page

चुनौं ChangeMakers (परिवर्तनका संवाहक) 2024 (USA & Canada): People Who Made a Difference

Nepalism .com's ChangeMakers recognize the trailblazers in our society. Nepalism .com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine.



Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२४ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2024 (USA & Canada): People Who Made a Difference चुन्ने छ । परिवर्तनका संवाहकबारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति डिसेम्वर २९ तारिख, २०२४ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2024 (USA & Canada) घोषणा गरिने छ।


नेपालीजम डट कमले सन् २०२३ को लागि चुनेको १६ ChangeMakers (परिवर्तनका संवाहक) हरू मध्ये १३ नारीहरूको ८१.२५% र ३ पुरूषहरूको १८.७५ प्रतिशत प्रतिनिधित्व भएकोछ भने ५ वटा संस्थाहरू चुनिएकाछन्। सन् २०२२ मा चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको छ। यसअघि, दोश्रो संस्करण सन् २०२१ को ChangeMakers लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो । हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालिजम परिवार यो कुरामा गर्व गर्दछ।


Nominate through our online form, or, please send your nomination at: nepalism.com@gmail.com



0 comments

Comments


bottom of page