top of page

एनआरएन नेपाली आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय महासंघ स्थापना

Writer's picture: Nepalism.comNepalism.com

Exclusive: अन्ततः प्रवासमा रहेका नेपाली आदिवासी जनजातिहरूको शक्तिशाली विश्व सन्जाल बनेकोछ। नेपालको राजनैतिक दलहरूका विदेशस्थित भातृ संगठनहरूको विश्व सन्जालहरूले प्रवासी नेपालीहरूको साझा संगठन ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ लाई आआफ्नो स्वार्थअनुरूप बन्धकी बनाउन सफल भएको संगिन घडीमा प्रवासमा रहेका नेपाली आदिवासी जनजातिहरूको विश्व सन्जाल ‘नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ’ को स्थापनापछि गैरराजनैतिक सामाजिक संस्था ‘एनआरएनए’ सबल हुने विश्वास गरिएकोछ।


नेपालको राजधानी काठमाण्डौंमा गत अक्टोबर २१ र २२ मा सम्पन्न प्रथम महाधिवेशनले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) पूर्व अध्यक्ष मानबहादुर राना मगर अध्यक्ष रहेको ५ सदस्यीय अन्तर्राष्ट्रिय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । सो समितिमा उपाध्यक्ष लोचन राई (दक्षिण कोरिया), महासचिव शिव भुजेल (कतार), सचिव हवलचन्द्र लामा (जापान) र कोषाध्यक्ष रश्मी थापा मगर (क्यानाडा) निर्विरोध निर्वाचित भएका छन् ।


महाधिवेशनको समापन समारोहमा नौ बुँदे ललितपुर घोषणा पत्र जारी गर्दै नेपाली आदिवासी जनजातिहरूको हकअधिकारहरूको सुनिश्चितताको निम्ति एक्यवद्दता र आवाज उठाईएकोछ।

यस अघि, विश्वका १७ देशहरूमा कृयाशील नेपाली आदिवासी जनजातिहरूको संस्थाहरु मिलेर सन् २०२० को जुलाईमा ११ सदस्यीय तदर्थ समितिको निर्माण भएको थियो।

Comentários


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page