-Pradeep Pariyar Thapa
Update March 31, 2021: Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको आगामी मे महिनामा हुने निर्वाचनका लागि हालसम्म ४ अध्यक्षसहित ९९ जनाबाट उम्मेद्वारी घोषणा गरिएको छ । नेपालिजम डट कमले फेसबुक सामाजिक सन्जालमा सम्भावित उम्मेद्वारहरुले निर्वाचन प्रचारको लागि प्रकासित वेब डिजिटल ब्यानर/पोस्टरहरुको संकलन र बिभिन्न पदहरुको वर्गिकरण पछि यो तथ्याङ्ंक बाहिर आएको हो । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए भने यो सालको छैठौं अधिबेशन अघि २० हजारभन्दा बढीले साधारण सदस्यता लिएको जनाईएको छ । सदस्यताको आधिकारिक संख्या यसै महिनाको अन्त या अप्रिल महिनाको पहिलो साता सार्वजनिक गरिने सम्भावना छ ।
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा चार जना नेपाली अमेरिकन पुरुष महानुभावहरुले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अमेरिकामा अहिलेसम्म कुनै पनि महिला व्यक्तित्वले उम्मेद्वारी दिए पनि निर्वाचन जितेको रेकर्ड छैन ।
अध्यक्ष पदका उम्मेदवारहरुमा टेक्सासवाट कृष्ण लामिछाने र डा. अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गरेका छन् । डा. बन्जाडे एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष हुन् भने लामिछाने पूर्व कार्य समिती सदस्य एवं सुपरिचित सामाजिक अभियन्ता हुन् । त्यसैगरी, अध्यक्ष पदका अर्का दुई उम्मेदवारहरु विस्किन्सन निवासी बुद्धी सागर सुबेदी र तिलक केसी हुन्। सुबेदी वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने केसी कार्य समिति सदस्य हुन् ।
हालसम्म फेसबुकमा आ-आफ्नो डिजिटल ब्यानर/पोस्टर प्रकासन गरेर उम्मेदवारी घोषणा गरेका उम्मेद्वारहरुमा राष्ट्रिय समन्वय परिषद (एनसिसी) का लागि ४ अध्यक्ष सहित ७० जना; क्यालिफोर्निया च्याप्टरका लागि १२ जना; न्यू योर्क र मेरिल्याण्ड च्याप्टरका लागि ४ जना, टेक्सास च्याप्टरका लागि २ जना र मासाचुसेट्स र न्यू जर्सी र भर्जिनिया च्याप्टरका लागि १/१ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । ...अपडेट जारी छ ।
यो उम्मेद्वारी घोषणा अन्तिम भने होइन । प्रमुख निर्वाचन आयुक्त एवं न्यू जर्सी निवासी आईटी विशेषज्ञ विश्व बरालका अनुसार एनसिसीबाट मतदाताहरुको लिस्ट प्राप्त भएपछि अप्रिलको दोश्रो साता निर्वाचन कार्यतालिका सार्वजनिक गरिने र मे महिनको अन्त्यसम्म विधानत: निर्वाचन सम्पन्न गरिने जानकारी गराए ।
एनआरएन अमेरिकाको उम्मेद्वारहरुको अपडेटको लागि नेपालिजम डट कमको एनआरएन विशेष सेक्सन: https://www.nepalism.com/news/categories/nrn मा जानुहोस् र एनआरएन उम्मेद्वारहरुको अपडेटको लागि भर्खरै शुरु गरिएको फेसबुक पेज: https://www.facebook.com/nrncandidatesforum मा लाईक गर्नुहोस् ।
Comments