top of page

अमेरिकी एनआरएन अगुवाहरूनै सामाजिक संजालमा अरूलाई बदनाम गर्ने गरिएको दाबी, राजिनामाको माग

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jan 23, 2020



Exclusive: न्यू जर्सी- एनआरएन अमेरिकामा अर्को दु:खद पटाक्षेप भएकोछ। सीधा कुरा नामक छद्मभेषी फेसबुक प्रोफाईल पेज बनाएर आफ्ना मन नपरेका र बिरोधीहरूको खोईरो खन्ने, बदनाम गर्ने र चरित्र हत्यासम्म गर्ने हर्कत गर्दै आएको गिरोहको अगुवाई एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराई र सल्लाहकार शिव मल्लले गरेको दाबी गरिएकोछ।


आईटीविज्ञ एवं एनआरएन अमेरिकाका सन् २०१५ र २०१९ का कोषाध्यक्षका उम्मेद्वार प्रसन्न संग्रौलाले गत बुधवार बेलुकी फेसबुक लाईभ आएर आफूले सीधा कुरा फेसबुक प्रोफाईल पेज ह्याक गरेको र उक्त गिरोहको डिजिटल फुटप्रिण्ट पत्ता लगाउन र उक्त पेजको मेसेजमा यि दुई महानुभाव लगायतको मिलोमतोमा उक्त पेजमा प्रकाशन गर्ने विषयबस्तु र लेखाईबारे दोहोरो सम्बाद भएको स्क्रिनसट प्रमाणकारूपमा प्रस्तुत गरेका थिए। यसैबिच, आरोपित मध्ये एक, एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराईले संग्रौलाको दाबीको खण्डन गर्दै आफ्नो फ़ेसबुक आईडी कसैले ह्याक गरी आफ्नो नामबाट अनेक लेखी बदनाम गराउन खोजेको जिकिर गर्दै यसको कानूनी उपचार खोज्ने बताएकाछन्। त्यसैगरी, एनआरएन अमेरिका सल्लाहकार शिव मल्लले पनि आफूले कुनै नक्कली फेसबुक आईडी नबनाएको दाबी गर्दै आफूसंग संग्रैलाले दाबी गरेको जस्तो कुनै पनि डिभाईस (फ़ोन) नभएको भन्दै कानूनी उपचार खोज्ने प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएकाछन्। (तल संग्रौलाको फेसबुक लाईभ भिडियो हेर्नुहोस् साथै भट्टराई र मल्लद्वारा जारी खण्डन प्रेस बिज्ञप्ती पढ्नुहोस्।) प्रवक्ता भट्टराई र सल्लाहकार मल्लले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग अमेरिकी नेपाली समुदायमा बढ्दो छ।अध्यक्ष सुनिल शाहसंगको सहकार्य र कृपाबाट प्रवक्ता र सल्लाहकार बनेका भट्टराई र मल्लको कारण शाहनेतृत्वले जनमानसबाट बँचेखुचेको विश्वास पनि गुमाएकोछ। बिगतका चुनावी धाँधली, अनियमितता, दण्डहीनता, टिके प्रथा, अपारदर्शी कामकार्यवाही र चरम राजनैतिक चलखेलको कारण जानिफकारहरू यतिखेर एनआरएन अमेरिकाकै औचित्य र अष्तित्व माथि नै प्रश्न चिन्ह आएको बताउँछन्।


तल संग्रौलाको फेसबुक लाईभ भिडियो हेर्नुहोस्:


भट्टराई र मल्लद्वारा जारी खण्डन प्रेस बिज्ञप्ती पढ्नुहोस्:


आदर्णीय साथीहरु नमस्कार ।

म ओम भट्टराई लाई व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आच आउने गरि, आफै नक्कली काम गर्नेव्यक्ति र समुहले फसाउने प्रयत्न गरे । यो साता मात्र मेरो फेसबुक आधा दर्जन पटक ह्याक गर्नेप्रयत्न गरे , नक्कली फेसबुक ID बनाउन माहिरहरुले मेरै फेक फेसबुक ID बनाई उनीहरुले नै बनाएको अर्को फेक ID संग दोहोरो कुराकानीको फेक सम्बाद समेत बनाउन भ्याए । यो माहिर ह्याकर समुह र नाइके प्रसन्न संग्रौलाको घृणित कार्य प्रति खेद प्रकट गर्दछु ।


यो नितान्त तल्लो स्तरको राजनैतिक घृणित खेल हो, निज संग्रौला लाइ गत NRNA NCC को निर्वाचनमा नसघाएको रिस साधेका हुन् र अर्को कुरा म NCC को प्रवक्ता मा मनोनयन भएको रिस गर्ने समुह पनि कसरि हुन्छ; डोमिनेसन गर्न चाहिरहेको अवस्था हो । हाम्रो टिमले निर्वाचन जितीसकेपछि मलाई निर्वाचित टीमले प्रवक्ता नियुक्ति गरेको हो ।


सामाजिक संजालमा कसले फेक फेसबुक ID चलाउछ नजिक बाट सबैले नियालीरहेका छन् ।म टेक्सासमा बस्दछु, बिभिन्न फेक ID बनाउने र आम जनताका Social ID, Bank, Phone आदि गोपनियता ह्याक गर्ने को हो कहाँ बस्छ, थाहा पाईनै सक्नु भयो । ह्याकर चिनीहाल्नु भयो , येस्ता धमिराहरुबाट सतर्क रहन समेत अपील गर्दछु । मैले कुनै पनि फेक ID नचलाएको र निज ह्याकरलेमेरो सहित बिभिन्न मान्छे र सस्थाको नाममा फेक ID बनाउदै र ह्याक गरेकोकुरा आफैले प्रमाणित कबुल गरेको समेत हुनाले निज सामाजिक अपराधीले तत्काल माफी नमागेको खण्डमा US Privacy Act 1974 र Social media privacy Law 2014 अनुसार निजको बिरुद्धमा अदालतमा जाने कुरा अवगत गराऊदछु ।

धन्यवाद ।


ओम भट्टराई


विज्ञप्ति

आदरणीय शुभचिन्तक मित्रहरू, एनआरएनए अभियन्ता र अग्रजहरूमा नमस्कार


मेरो नाम जोडेर हिजो साँझ फेसबुक लाइभमा गरिएको तमासा पछि अग्रज, शुभचिन्तक र मित्रहरूमा पर्न गएको अन्यौलता चिर्न यो विज्ञप्ति जारी गरेको छु । मेरो आफ्नै नाममा फेसबुक आइडी छ ।मैलै आजसम्म कुनै नक्कली फेसबुक आइडी बनाएको छैन । फेसबुक लाइभमा भनिए जस्ता कुनैपनि डिभाइस मसंग नरहेको र लाइभ कर्ताले भनेजस्तो कुनै कम्पनीको ईन्टरनेट नभएको जानकारी गराउन चाहन्छु । म यस्ता काममा संलग्न छैन । त्यहाँ लगाइएका सबै आरोपको खण्डन गर्न चाहन्छु ।हो बिगत केहि बर्ष देखि एनआरएनएको निर्वाचनमा खुलेर सकृय रुपमा कुनै पक्षको सपोर्टमा लागेको हुॅ । तर मर्यादा नाघेर कुनै पनि कृयाकलाप नगरेको ब्यहोरा दोहोर्याउन चाहन्छु ।


म एक सामाजिक अभियान्ता पनि हो ।यो कानुनी राज्य भएको मुलुकमा कसैको व्यक्तिगत जीबनलाई नै प्रभाब पार्ने गरी सामाजिक संजालमा लाईभ गर्नु आफैमा गैर कानुनी काम हो ।


मेरो नाम जोडेर बदनाम गराउन मात्र यो काम गरिएको हो । यसमा मेरो कुनै सम्लग्नता छैन भन्ने प्रष्टगरीसके । फेसबुक लाइभमा नै फेसबुकको प्राइभेसी पोलिसी र सुरक्षा संयन्त्रलाई नै चुनौती दिनुअमेरिकाको साइबर क्राइम भित्र पर्छ वा पर्दैन भन्ने एउटा गम्भिर सवाल सबै समक्ष खडा भएको छ ।आफ्नो दैनिकीलाई सहज बनाउन हिजो आज फेसबुक लगायतका सामाजिक सञ्जालमा नै आफ्नाबैक अकाउन्ट, आर्थिक कारोबार देखि नितान्त व्यक्तिगत र अति गोप्य सूचनाहरू राखिएको हुन्छ ।सोसल मिडिया फ्रेन्डली समाजमा जो कोहीको फेसबुक अकाउन्ट ह्याक गर्न सक्ने धम्की समेत दिइएको छ । यसको कानुनी उपचारको खोजी पनि गर्नु जरुरी छ ।


तपाइहरु धेरैलाई कौतुहलता जाग्न सक्छ किन यस्ता कुराहरू बाहिर आइरहेका छन् भनेर । त्योलाइभ तपाइहरुले राम्रोसँग सुन्नु भएको छ भने आफै बुझ्न सक्नुहुनेछ । मलाई सल्लाहकारमा मनोनित गरिएपछि नै छटपटाई रहेका थिए । मनोनित भएको केहीक्षणमा नै समवेदनाको प्रसंगजोडेर स्टाटस नै लेखे । कसरी समाजिक सञ्जाललाई दुरुपयोग गर्दै आजको फेसबुक लाइभसम्म आइपुगे भनेर तपाइहरु आफै बुझ्नु सक्नु हुन्छ ।


उनीहरूको इच्छा र चाहना विपरित आफ्ना बिचार र भावनाहरू राख्न कसैले पनि नसकून् भनेर मनोवैज्ञानिक त्रास सिर्जना गर्न पनि यो काम गरिएको हुनसक्छ ।


नक्कली काम गर्ने र यस्ता हर्कत गर्नेहरूलाई निरुत्साहित गर्न सबै प्रवासी नेपालीहरू सचेत भएर लाग्नु जरुरी छ ।

धन्यबाद ।


शिव मल्ल

सल्लाहकार, एनआरएनए अमेरिका

0 comments

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page