top of page

एनआरएनए अमेरिकाको उम्मेदवारी कति समावेशी? महिला १९.९ प्रतिशत, जनजाति १८.६, मधेसी४.८, युवापुस्ता खोई?

Writer's picture: Nepalism.comNepalism.com

-Pradeep Pariyar Thapa

Exclusive: एनआरएनए अमेरिका अर्थात गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अनलाईन पद्दतिद्वारा हुने निर्वाचन मे २९ र ३० तारिख हुँदैछ। निर्वाचनमा ४१२ उम्मेदवार रहेकाछन् भने २० हजार १३९ जना मतदाता रहेकाछन्। राष्ट्रिय अध्यक्ष पदमा ४ जना सबै पुरूष उम्मेदवारहरू रहेका छन्। नेपालिजम डट कमको विशेष रिपोर्टअनुसार यसपालीको निर्वाचनमा महिला ८२ जना (१९.९ प्रतिशत), जनजाति ७७ जना (१८.६%), मधेसी २० जना (४.८%) र अप्रेस्ड समुदायबाट ३ जना (०.७३%) रहेकाछन् । यि सबै क्याटेगोरी कूल ४१२ उम्मेदवारहरूको ४४.१७ प्रतिशत हो। समावेशिता खोई? नेपालमा संवैधानिक रूपमै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित छ तर अमेरिकी नेपाली पुरूषहरूले महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउने कुरा दिवास्वप्न भएकोछ। अझ निर्वाचनमा विजयी हुने महिलाहरू कति हुने हुन्? अमेरिकामा रहेका नेपाली आदिवासी जनजातिहरूको दर्जनौं प्रभावशाली संघसंस्थाहरू अस्तित्वमा रहे पनि एनआरएनएको मुलप्रवाहमा होमिन यि आदिवासी जनजातिहरूलाई जुगौं लाग्ने देखिन्छ। अर्को महत्वपूर्ण वर्ग युवापुस्ताहरूको प्रतिनिधित्व पनि न्यूनतम रहेकोछ। एनआरएनए आईसिसीको विधानत: चालिस वर्ष मुनिका अमेरिकी नेपाली युवाहरूको डाटा निर्वाचन आयोगसंग छैन। नेपालिजमलाई आफ्नो उमेर भेरीफाई गरेका जम्मा १६ जना युवाहरू चुनावी मैदानमा छन्। एनआरएनए अमेरिका नेपाली समाजको साँचो अर्थमा सबैको प्रतिनिधित्व गर्ने साझा संस्था बनाउने हो भने यि महिला, युवा, जनजाति, मधेसी र अप्रेस्ड समुदायका सबै उम्मेदवारहरूलाई खोजी खोजी, छानी छानी मत दिएर जिताउनु जरूरी छ। यि सबैलाई जिताए पनि हुनेखाने, टाठाबाठा अन्य ठूलाबडा पुरूषहरूको लागि ५५ प्रतिशत छँदैछ।

यसपाली कूल ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्बिरोध भैसकेकाछन् भने २६८ जनाको लागि विविध राष्ट्रिय र राज्य च्याप्टर पदहरूमा निर्वाचन हुनेछ। राष्ट्रिय अध्यक्ष पदका उम्मेदवारहरुमा वर्तमान राष्ट्रिय वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, वर्तमान राष्ट्रिय उपाध्यक्ष बुद्धि सुबेदी, वर्तमान राष्ट्रिय बोर्ड सदस्य तिलक के सी र सामाजिक अभियन्ता एवं पूर्व राष्ट्रिय बोर्ड सदस्य कृष्ण लामिछाने प्रतिस्पर्धामा रहेका छन्। राष्ट्रिय समन्वय परिषदको लागि कूल १०४ जना उम्मेद्वारहरु प्रतिस्पर्धामा रहेका छन्।


युवा पुस्ता किन ?


युवा पुस्ताका उमेदवारहरुलाई जिताउनु भनेको नयाँ बिचार र जोश जाँगरसंस्थामा भित्र्याउनु हो । हाम्रो अस्तित्व यिनै युवा पुस्ताको हातमा छ । नयाँ पुस्तामा नेपाली राजनितिको ढ्वाङढ्वाङी हुँदैन । अमेरिकामा रहेर नेपालको राजनीति र नेताहरुको इसारामा चल्ने लम्पसारवाद र पैसाको सौदाबाजी पनि हुँदैन । नयाँ पुस्तालाई केवल अमेरिकामा तरक्की गर्नु छ, उनीहरुको सुन्दर भविष्य निर्माण गर्नु छ । तर उनीहरुको प्रगति र उनीहरुले निर्माण गर्ने सुन्दर भविष्यले समग्र नेपाली अमेरिकन समाजलाई अमेरिकी समाजको मुलधारमा गर्विलो पहिचान कायम गराउने छ ।

त्यसैगरी, आईसिसी सदस्य अमेरिकाको कोटा ९ जनाको लागि २१ जना उम्मेद्वारहरु प्रतिस्पर्धी रहेका छन्।


एनआरएन अमेरिकाको र विश्वकै एनआरएन ईतिहासमा यो नै सबैभन्दा धेरै साधारण सदस्यता बनेको निर्वाचन अवधि हो। सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए ।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page